Home Candidate पीताम्बर भुसाल

२५ वर्षमा गाविस अध्यक्ष, ५४ मा सांसद्मा भिड्दै

अर्घाखाँची - १ उम्मेदवार

पीताम्बर भुसाल

नेकपा एमाले
पुरुष , ५४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पीताम्बर भुसाल २०५४ सालमा अर्घाखाँचीको बाँगी गाविस अध्यक्ष निर्वाचित भएका थिए । त्यतिबेला उनी २५ वर्षका थिए ।

२०४८ सालमा एमालेको सदस्यता प्राप्त गरेका उनी २०५४ सालमै जिल्ला कमिटीमा संगठित भएका थिए । एमाले अर्घाखाँचीको अध्यक्षमा उनको दोस्रो कार्यकाल चलिरहेको छ । एमाले वृत्तमा उनी कुशल संगठकका रूपमा चिनिन्छन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका भुसाल पाणिनि बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य तथा शान्ति मावि, बाँगीको विद्यालय व्यवस्थापन समितिका प्र्वू अध्यक्ष हुन् ।

२०७९ मा एमाले सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पराजित गरेका थिए । रायमाझीले ४२ हजार ६७५ प्राप्त गरेका थिए । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको साथ पाएकी कांग्रेस उम्मेदवारले ४० हजार ९४५ मत पाएकी थिइन् ।

त्यतिबेला समानुपातिकमा कांग्रेसले २६ हजार ८६५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८ हजार ९५१, माओवादी केन्द्रले ७ हजार ३४२, जनमोर्चाले ५ हजार ३२७ र एकीकृत समाजवादीले १ हजार ३७ मत पाएको थियो ।

एमालेको समानुपातिक मत ३७ हजार ४५० थियो । त्यतिबेला एमाले अर्घाखाँचीको कमाण्ड भुसालले नै सम्हालेका थिए ।

२१ फागुनको निर्वाचनमा भुसालले कांग्रेसका विष्णुप्रसाद खनाल, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहान, रास्वपाका हरिप्रसाद भुसाल, जनमोर्चाका पशुपतिनाथ ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका झविन्द्र फुल्लेल लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।  

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

पीताम्बर भुसाल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित