Home Candidate प्रदिप कुमार कटुवाल क्षेत्री (के सी)

अघिल्लो हारको बदला लिने लक्ष्यसहित मैदानमा

सिन्धुली - १ उम्मेदवार

प्रदिप कुमार कटुवाल क्षेत्री (के सी)

नेकपा एमाले
पुरुष , ६३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

यसअघि प्रतिनिधिसभाको उम्मेदवार बनेका कटुवाल कांग्रेसका श्याम घिमिरेसँग पराजित भएका थिए । उनी अहिले अघिल्लो निर्वाचनको पराजयलाई जितमा बदल्ने लक्ष्य लिएर मैदानमा छन् ।

०००

नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् प्रदीप कटुवाल ।

२०१९ सालमा जन्मिएका कटुवाल फिक्कल गाउँपालिकाको माथिल्लो चनौटेमा हुर्किए । उनी रत्नबहादुर कटुवाल क्षेत्रीका छोरा हुन् ।

औपचारिक शिक्षाको हकमा उनले स्नातकोत्तर (एमकम) सम्म अध्ययन गरेका छन् । उनले कमला माध्यमिक विद्यालय तथा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरबाट शिक्षा हासिल गरेका हुन् । कटुवाल शिक्षण, व्यावसायिक कार्य तथा सामाजिक क्रियाकलापमा सक्रिय छन् ।

यसबाहेक उनले गाउँपालिका अध्यक्ष, जिल्ला समन्वय समिति सदस्य तथा प्रदेश मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सामाजिक रूपमा समुदायसँग निकट रहँदै विभिन्न शैक्षिक, सामुदायिक तथा सामाजिक कार्यक्रममा सक्रिय सहभागी हुने गरेको उनको दाबी छ । यसले जनताका वास्तविक समस्या बुझ्ने अवसर प्रदान गरेको उनले बताएका छन् ।

कटुवाले अहले सिन्धुली क्षेत्र नम्बर १ बाट एमालेको प्रतिनिधिसभा उम्मेदवारको रूपमा चुनावी अभियानमा छन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसका उज्जवल बराल, रास्वपाका धनेन्द्र कार्की र नेकपाका डेकेन्द्र सुवेदी उनीसँग प्रतिस्पर्धामा छन् ।

यसअघि पनि प्रतिनिधिसभाका उम्मेदवार बनेका कटुवाल तत्कालीन सांसद श्याम घिमिरेसँग पराजित भएका थिए । उनी अघिल्लो निर्वाचनको पराजयलाई जितमा बदल्ने लक्ष्य लिएर मैदानमा छन् । तर, यसपटक पनि उनलाई अन्य दलको चुनौती भने छ ।

अनुकूलता

  • स्थानीय प्रशासन र विकास प्रक्रियामा राम्रो पकड
  • शिक्षा र बहुआयामिक सक्रियता
  • पार्टी संगठन र अभियान क्षमता

प्रतिकूलता

  • मतदातामा विश्वास पुनर्स्थापित गर्न थप मिहिनेत गर्नुपर्ने
  • कडा बहुदलीय प्रतिस्पर्धा
  • घोषणा र डेलिभरीबीचको अन्तर चुनौती बन्न सक्ने

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

प्रदिप कुमार कटुवाल क्षेत्री (के सी) को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित