Home Candidate रहबर अन्सारी

नीति–केन्द्रित युवा नेता

बारा - ४ उम्मेदवार

रहबर अन्सारी

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ३९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

१५ वर्षभन्दा बढी समयदेखि राजनीतिक संगठन, सरकारी जिम्मेवारी, स्वास्थ्य प्रशासन र अन्तर्राष्ट्रिय विकास कार्यक्रममा संलग्न अन्सारीलाई नीति–केन्द्रित नेताका रूपमा हेरिने गरिएको छ ।

०००

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ ।

मधेश प्रदेशको समकालीन राजनीतिमा सार्वजनिक नीति, शासन र संस्थागत नेतृत्वमा अनुभव बटुलेका अन्सारीले पुस २४ गते मात्रै तत्कालीन नेकपा परित्याग गरेका थिए ।

२०४३ साल वैशाख १५ गते काठमाडौंमा जन्मिएका अन्सारीले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । 

मधेश प्रदेश सभाका सदस्य रहेका अन्सारी पूर्व उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीसमेत बने । १५ वर्षभन्दा बढी समयदेखि राजनीतिक संगठन, सरकारी जिम्मेवारी, स्वास्थ्य प्रशासन र अन्तर्राष्ट्रिय विकास कार्यक्रममा संलग्न अन्सारीलाई नीति–केन्द्रित नेताका रूपमा हेरिने गरिएको छ ।

उनी २०७९ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टी एकता भएर नेकपा बनेपछि उनले राजीनामा दिएका थिए ।

प्रदेशसभामा निर्वाचित भएपछि अन्सारीले मधेश प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । मन्त्री पदमा रहँदा औद्योगिक विकास, पर्यटन प्रबर्द्धन र वन क्षेत्रको व्यवस्थापनसम्बन्धी नीतिगत काममा उनको संलग्नता रहेको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य, विरगञ्ज नगर कमिटी अध्यक्षका रूपमा पार्टी संगठन सुदृढीकरणमा भूमिका निर्वाह गरेका थिए । हाल उनी राजर्षि जनक विश्वविद्यालयको सिनेट सदस्यसमेत छन् ।

राजनीतिसँगै अन्सारीसँग निजी क्षेत्रको कार्यकारी अनुभव पनि छ । उनले सन् २००९ देखि २०१६ सम्म गण्डक अस्पताल प्रालि, वीरगञ्जको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । सो अवधिमा स्वास्थ्य सेवा व्यवस्थापन र संस्थागत सुधारमा उनी सक्रिय रहेका थिए ।

साथै, उनले रोटरी क्लब वीरगञ्जको निर्देशक, सचिव तथा जनसम्पर्क निर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए ।

अन्सारी अन्तर्राष्ट्रिय विकास कार्यक्रम र युवा नेतृत्व गतिविधिमा पनि संलग्न रहँदै आएका छन् ।

अनुकूलता

  • प्रदेशसभा सदस्य, मन्त्री पद, पार्टी संगठनमा नेतृत्व र विश्वविद्यालय सिनेट सदस्य
  • नीति–केन्द्रित दृष्टिकोण
  • अन्तर्राष्ट्रिय र सामुदायिक संलग्नता

प्रतिकूलता

  • राजनीतिक बदलावले सिर्जना गरेको चुनौती
  • अत्यधिक नीति–केन्द्रित दृष्टिकोण
  • कहिलेकाहीँ व्यावहारिक कार्यान्वयन पक्षमा ढिला हुने सम्भावना
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रहबर अन्सारी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित