Home Candidate राजेन्द्र कुमार राई

भूइँतहका रैथाने नेता

धनकुटा - १ उम्मेदवार

राजेन्द्र कुमार राई

नेकपा एमाले
पुरुष , ५९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०७४ सालको स्थानीय तह निर्वाचनमा धनकुटाका सातवटै स्थानीय तह आफ्नो पार्टीलाई जिताउन सफल भएपछि राईले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट ‘म्यान अफ द इलेक्शन’ को उपाधि प्राप्त गरेका थिए । सोही वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका राईले सुनिलबहादुर थापालाई १० हजार ४५९ मतान्तरले पराजित गरेका थिए ।

०००

विद्यालय तहमा अध्ययन गर्दादेखि नै राजनीतिमा सक्रिय राजेन्द्रकुमार राई चौथो पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । राईको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भई संघीय सरकारका दुई महत्त्वपूर्ण मन्त्रालयको नेतृत्वसम्म आइपुगेको छ ।

धनकुटाको तत्कालीन मुगा गाउँ पञ्चायतमा २०२२ साल भदौ २९ गते बुबा तेजबहादुर राई र आमा मोतीमाया राईका सुपुत्रका रूपमा जन्मिएका राई २०४९ सालमा पहिलो पटक जनप्रतिनिधिका रूपमा तत्कालीन जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका थिए ।

धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयमा अध्ययन गर्ने क्रममा उनी अनेरास्ववियुमा संगठित भएका थिए । कक्षा ८ मा अध्ययनरत रहँदा २०३६ सालमा काठमाडौंमा सम्पन्न अनेरास्ववियुको एकताको पाँचौँ राष्ट्रिय सम्मेलनमा देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रूपमा सहभागी भएका थिए ।

२०४२ सालमा गोकुण्डेश्वर माविबाट एसएलसी उत्तीर्ण गरेलगत्तै पूर्णकालीन राजनीतिमा लागेका राई २०४७ सालमा अनेरास्ववियु धनकुटाको जिल्ला अध्यक्ष बनेका थिए । उनले एमालेको युवा संगठनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए ।

२०४९ सालमा जिल्ला विकास समितिको सदस्यबाट जनप्रतिनिधि बनेका राई २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएका थिए ।

यसपछि उनले जिल्ला पार्टी सचिवालय सदस्य, किसान महासंघको केन्द्रीय सदस्य तथा राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्षको जिम्मेवारी समेत सम्हाले ।

२०६६ साल असारमा सम्पन्न जिल्ला अधिवेशनबाट एमाले धनकुटाको जिल्ला अध्यक्षमा निर्वाचित भएका राईले पार्टीको जिल्ला नेतृत्व दुई कार्यकाल सम्हालेका थिए ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका राई तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा हाल कांग्रेस नेता सुनिलबहादुर थापासँग ४ सय ५४ मतान्तरले पराजित भएका थिए । उक्त निर्वाचनमा राईले ९ हजार ६ सय ३६ मत प्राप्त गर्दा थापाले १० हजार ९३ मत ल्याएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा धनकुटाका सातवटै स्थानीय तह आफ्नो पार्टीलाई जिताउन सफल भएपछि राईले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट ‘म्यान अफ द इलेक्शन’ को उपाधि प्राप्त गरेका थिए । सोही वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका राईले सुनिलबहादुर थापालाई १० हजार ४५९ मतान्तरले पराजित गरेका थिए । राईले ३७ हजार ३ सय ३३ मत प्राप्त गर्दा थापाले २६ हजार ८ सय ७४ मत पाएका थिए ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धनकुटा अध्यक्ष बनेका राई केपी ओली नेतृत्वको समूहमा सक्रिय रहे । अदालतको आदेशपछि पार्टी एकता भंग भएपछि उनी पुनः एमाले धनकुटाको अध्यक्ष बने ।

२०७८ मंसिरमा सम्पन्न एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका राई एमाले धनकुटाको इन्चार्ज बनेका थिए ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राईले पुनः कांग्रेस नेता सुनिलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गरे । उक्त निर्वाचनमा राईले ३० हजार १ सय १ मत प्राप्त गर्दा थापाले २८ हजार ७ सय ४ मत पाएका थिए । सो निर्वाचनमा राई एमालेका उम्मेदवार थिए भने थापालाई कांग्रेससहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

२०७९ सालमा सांसदमा निर्वाचित भएपछि राई दुई पटक संघीय मन्त्री बने । उनी २०७९ माघमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा २०८० फागुनमा खानेपानी मन्त्रीमा नियुक्त भएका थिए ।

२०८२ पुसमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका राई हाल एमाले धनकुटाको इन्चार्जको जिम्मेवारीमा रहेका छन् ।

 

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • विद्यार्थी आन्दोलनदेखि निरन्तर राजनीतिमा सक्रिय
  • धनकुटामा संगठन निर्माण र निर्वाचन जितको प्रमाणित क्षमता
  • संघीय सरकारमा दुई पटक मन्त्री बनेर कार्यकारी अनुभव हासिल

प्रतिकूलता

  • लामो समयदेखि सत्तारूढ राजनीतिमा रहेकाले सरकारविरोधी असन्तुष्टि खेप्नुपर्ने अवस्था
  • नयाँ लहरलाई चिर्नुपर्ने दबाब
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

राजेन्द्र कुमार राई को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित