स्थानीय नेतृत्वबाट संसद् यात्राको तयारी
राजेश शाक्य नेकपा (एमाले) बाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्। उनी लामो समयदेखि काठमाडौं–८ क्षेत्रमा सक्रिय राजनीतिज्ञका रूपमा परिचित छन्।
शाक्यले वि.सं. २०५४ सालमा काठमाडौं महानगरपालिका–१९ को वडा सदस्यका रूपमा निर्वाचित भएर जनप्रतिनिधिको यात्रा सुरु गरेका थिए ।
त्यसपछि वि.सं. २०७४ सालमा बागमती प्रदेशसभा सदस्य बनेका उनी वि.सं. २०७९ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार राज्यलक्ष्मी श्रेष्ठलाई १,७७४ मतको अन्तरले पराजित गर्दै विजयी भएका थिए।
प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गरेपछि शाक्यले क्षेत्रका दीर्घकालीन समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफू उठ्न नसकेका जनआवाजहरूको प्रतिनिधित्व गर्दै संसद्मा पुग्ने प्रयासमा रहेको उनले बताएका छन्।
वि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण कार्यमा शाक्य सक्रिय रूपमा संलग्न हुँदै आएका थिए। स्थानीयस्तरमै जनतासँग प्रत्यक्ष रूपमा काम गरेको अनुभवका आधारमा आफूले यसपटकको निर्वाचनमा सफलता हासिल गर्ने दाबी उनको छ।
तर काठमाडौं–८ मा प्रतिस्पर्धा कडा देखिएको छ। यस क्षेत्रमा नेपाली कांग्रेसकी सपना राजभण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का सुमन सायमीलगायत २२ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा कुल ५७ हजार ८११ मतदाता रहेका छन्।
प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गरेपछि शाक्यले क्षेत्रका दीर्घकालीन समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफू उठ्न नसकेका जनआवाजहरूको प्रतिनिधित्व गर्दै संसद्मा पुग्ने प्रयासमा रहेको उनले बताएका छन्।
वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १०,११२ मतसहित विजय हासिल गरेका थिए।
त्यस्तै, हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६,१७९ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए भने एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ ४,८८१ मतसहित तेस्रो स्थानमा रहेका थिए।
अनुकूलता
• वडा सदस्यदेखि प्रदेशसभा सदस्यसम्मको अनुभव
• काठमाडौं–८ मै लामो समय सक्रिय रहेकाले क्षेत्रका समस्या र आवश्यकतासँग परिचित
• भूकम्पपछिको पुनर्निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको छवि
प्रतिकूलता
• गत निर्वाचनमा पराजयको पृष्ठभूमि
• २२ जना उम्मेदवार मैदानमा हुँदा मत विभाजन र प्रतिस्पर्धा जटिल बन्ने सम्भावना।
• नयाँ दलप्रतिको मतदाता आकर्षण
राजेश शाक्य को उम्मेदवारि कस्तो लागयो ?

