Home Candidate रामचन्द्र यादव

सांसद बन्ने तेस्रो दौड

सिराहा - २ उम्मेदवार

रामचन्द्र यादव

नेपाली कांग्रेस
पुरुष , ५४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर-२ बाट नेपाली कांग्रेसले रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ । सिरहामा २०२८ सालमा जन्मेका यादव २०४६ सालको जनआन्दोलनपछि राजनीतिमा सक्रिय भए ।

२०४९ र २०५४ साल उनी गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पहिलो पटक गाविस अध्यक्ष हुँदा उनी २१ वर्षका थिए ।

कांग्रेस जिल्ला सभापति समेत रहेका यादवको संसदीय राजनीतिक यात्रा भने २०७० सालदेखि सुरु भएको हो । २०७० सालको संविधानसभा निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०७४ सालमा चुनाव लडेर तेस्रा भए । नेकपा (माओवादी केन्द्र)का सुरेशचन्द्र दास विजयी बनेकाे त्याे चुनावमा यादवले  १५ हजार ५९७ मत पाए।

२०७९ सालमा उनी धनगढीमाई नगरपालिका मेयरमा चुनाव लडे । मेयरमा उनी झिनो मतले एमालेका शिवशंकर महतोसँग पराजित भए । महतोले सात हजार ५६ मत ल्याउँदा यादवले ६ हजार ९०१ मत प्राप्त गरे ।

गत निर्वाचनमा प्रत्यक्षबाट जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादव निर्वाचित हुँदा कांग्रेस उम्मेदवार एक हजार १५० मतले पराजित भएको थियो । समानुपातिक तर्फ तेस्रो स्थानको कांग्रेसले १२ हजार ३७८ भोट ल्याएको थियो ।

यादवले यो क्षेत्रमा जसपा नेपालका संजीवकुमार यादव, एमालेका नवीनकुमार यादव, नेपाली कम्युनिष्ट पार्टीका मुक्तिनारायण सिंह, जनमत पार्टीका विनोदकुमार यादव लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रामचन्द्र यादव को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित