Home Candidate रिमाकुमारी यादव

एमालेकी कान्छी उम्मेदवार

पर्सा - २ उम्मेदवार

रिमाकुमारी यादव

नेकपा एमाले
महिला , २९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेकपा एमालेले पर्सा क्षेत्र–२ बाट यस पटक रिमा कुमारी यादव लाई उम्मेदवार बनाएको छ। २९ वर्षिय रिमा देशभरकै सबैभन्दा कान्छी एमाले उम्मेदवार हुन्। उनी पर्सा, वीरगन्ज उपमहानगरपालिकाकी स्थानीय हुन् र हरिखेतान बुहमुखी क्याम्पसबाट बीएड अध्ययन गरेकी छिन्।

सामाजिक काममा सक्रिय रिमाले स्थानीय शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक विकासका विषयमा समुदायसँग नजिकबाट काम गरेकी छिन् । उनको चुनावी अभियानमा 'नयाँ पुस्ताको प्रतिनिधि' भन्ने छवि प्रमुख आधार हो।

उनको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक रूपमा बलियो छ । उनका ससुरा रामायण राउत अहिर एमालेका पुराना नेता हुन् र २०५६ सालदेखि सो क्षेत्रमा सक्रिय छन्। यही कारणले पनि रिमाले टिकट पाउन सहज भएको हो ।

पर्सा–२ मा एमालेले २०६४ सालमा बिचारीप्रसाद यादवलाई उठाएको थियो, तर कांग्रेसका अजयकुमार द्विवेदीसँग पराजित भएको थियो । त्यसपछि २०७० मा एमालेका उम्मेदवार यस क्षेत्रमा विजयी भए । २०७४ र २०७९ मा भने एमाले–जसपा गठबन्धनका कारण आफ्ना उम्मेदवार उठाउन सकेन ।

यस निर्वाचनमा रिमाले कांग्रेसका अजय चौरसिया र अन्य दलका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दै एमालेलाई फर्काउने कोसिस गर्दैछिन् ।

अनुकूलता
• युवा र ऊर्जाशील नेता
• स्थानीय पहुँच र शिक्षित पृष्ठभूमि

प्रतिकूलता
• राजनीतिक अनुभव कम
• गठबन्धन–केन्द्रित निर्वाचन इतिहास
• सशक्त प्रतिस्पर्धी

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रिमाकुमारी यादव को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित