Home Candidate रुपेश कुमार पाण्डेय

व्यवसायबाट राजनीतिक यात्रामा पाण्डेय

पर्सा - ३ उम्मेदवार

रुपेश कुमार पाण्डेय

नेकपा एमाले
पुरुष , ४९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेकपा एमालेले यसपटक पर्सा क्षेत्र–३ बाट रुपेशकुमार पाण्डेय लाई उम्मेदवार बनाएको छ। ४९ वर्षका पाण्डेय व्यवसायिक पृष्ठभूमि भएका नेता हुन् र काठमाडौंस्थित आरपी ग्रुप अफ का प्रबन्ध निर्देशक हुन्। उनी दर्जनौं अन्तर्राष्ट्रिय ब्रान्डका कपडा, जुत्ता, र एक्सेसरीज नेपाल भित्र्याउने काममा संलग्न छन्।

राजनीतिक दृष्टिले पाण्डेय पहिलो पटक संघीय निर्वाचनमा उम्मेदवार बनेका हुन्। यसअघि उनी क्षेत्रीय राजनीति र पार्टी संगठनमा सक्रिय थिए। उनका परिवारका सदस्य पनि राजनीतिमा संलग्न छन् । उनका पिता वृजमोहन पाण्डे २०७४ मा कांग्रेसबाट पकहामैनपुर गाउँपालिका–२ का वडाअध्यक्ष निर्वाचित भएका थिए।

उनी यस पटक पर्सा–३ लाई नमुना क्षेत्र बनाउने र युवा नेतृत्वको दृष्टिकोणबाट परिवर्तनको आशा बोकेर मैदानमा छन्। अघिल्लो निर्वाचनमा एमालेको विजय पंक्ति (राजकुमार गुप्ता) भ्रष्टाचार मुद्दामा कारागार गएपछि पाण्डेयले टिकट पाएका हुन्।

अनुकूलता

  • बलियो पार्टी पंक्ति र संगठनात्मक समर्थन
  • व्यवसायिक सफलता र नेतृत्व अनुभव
  • युवा, परिवर्तनमुखी छवि

प्रतिकूलता

  • राजनीतिक अनुभव कम
  • प्रतिस्पर्धी क्षेत्रीय र राष्ट्रिय नेता
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रुपेश कुमार पाण्डेय को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित