पत्रकारिताबाट राजनीतिमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं–६ मा उद्धवराज भेटुवाललाई उम्मेदवार बनाएको छ । तारकेश्वर–१, सांग्लाका ३६ वर्षीय भेटुवाल पत्रकारिताबाट राजनीतिमा आएका हुन् । आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गरेका उनले विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका छन् ।
स्वास्थ्य बिटमा पत्रकारिता गरेका भेटुवाल स्वास्थ्य पत्रकार मञ्चको संस्थापक सदस्य हुन् । उनी तारकेश्वर नगरस्तरीय पत्रकारहरूको संस्था तारकेश्वर पत्रकार मञ्चका संस्थापक वरिष्ठ उपाध्यक्ष हुन् ।
विवेकशील साझा पार्टीमा आवद्ध भएका उनी रवीन्द्र मिश्रको समूहबाट राप्रपामा प्रवेश गरेका हुन् । अहिले राप्रपाको केन्द्रीय सदस्य एवं सूचना तथा प्रविधि विभागका प्रमुखको जिम्मेवारीमा छन् ।
२०७९ को निर्वाचनमा काठमाडौं–६ मा राप्रपाले प्रत्यक्षतर्फ चौथो र समानुपातिकमा तेस्रो बढी मत प्राप्त गरेको थियो । भेटुवालले अघिल्लो पटकका विजेता राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, कांग्रेसका कृष्ण बानियाँ क्षेत्री, नेपाली कम्युनिष्ट पार्टीका हिमाल शर्मा लगायतसँग प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा ६७ हजार १४१ मतदाता छन् ।
उद्धव राज भेटुवाल को उम्मेदवारि कस्तो लागयो ?



