Home Candidate वलराम शर्मा खनाल

राप्रपाको प्रभाव क्षेत्र बनाउने प्रयास

चितवन - १ उम्मेदवार

वलराम शर्मा खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , ५६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

चितवन–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बलराम शर्मा खनाललाई उम्मेदवार बनाएको छ । २०२५ सालमा गोरखाको दुर्वुङमा जन्मिएका खनाल रत्ननगर नगरपालिका वडानम्बर १४ का स्थायी बासिन्दा हुन् ।

२०५३ सालमा राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक केन्द्रीय सदस्य बनेका थिए । राप्रपाको क्षेत्रीय अध्यक्ष भएर काम गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छन् ।

पूर्वी चितवनमा राप्रपाको संगठनलाई बलियो बनाउन उनले भूमिका खेल्दै आएका छन् । २०७० र २०७४ सालमा भएको संविधानसभा निर्वाचनमा निकै कमजोर बनेको राप्रपालाई उनले बलियो बनाउने प्रयास गरेका छन् ।

चितवन–१ मा २०७९ को निर्वाचनमा राप्रपाले समानुपातिक तर्फ ५ हजार ८२ र प्रत्यक्षतर्फका उम्मेदवारले २ हजार ७५१ मत पाएका थिए ।

२०७९ मा चितवन–१ (२) बाट प्रदेश सभा सदस्य उम्मेदवार बनेर ९ हजार ४३९ मत ल्याएर तेस्रो भएका थिए । खनालको प्रभाव रत्ननगर क्षेत्रमा बलियो छ । प्रदेश सभाको उम्मेदवार बन्दा पाएको भन्दा बढी मत ल्याउने उनको दाबी छ ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

वलराम शर्मा खनाल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित