Home Candidate विष्णु प्रसाद खनाल

पत्रकारिता र शिक्षण छाडेर राजनीतिमा

अर्घाखाँची - १ उम्मेदवार

विष्णु प्रसाद खनाल

नेपाली कांग्रेस
पुरुष , ५६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

मालारानी गाउँपालिका वडा नम्वर ४, खनका विष्णुप्रसाद खनालको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसं)बाट शुरु भएको थियो ।

नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनलाई अर्घाखाँचीबाट उम्मेदवार बनाएको छ । कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री रहेका खनाल कांग्रेस अर्घाखाँचीका निर्तमान सभापति हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका उनी नेविसंका पूर्व जिल्ला अध्यक्ष हुन् । स्थायी शिक्षकको जागिर त्यागेर २०५४ सालको स्थानीय निर्वाचनमा खन गाविस अध्यक्षको उम्मेदवार बनेका थिए ।

राजनीतिसँगै केही समय जिल्लामा पत्रकारिता गरेका खनाल कांग्रेसको संगठन निर्माणमा गाउँदेखि प्रदेशसम्म सक्रिय रहे । उनीसँग मानवअधिकार तथा शान्ति समाजको अध्यक्ष, नेपाल पत्रकार महासंघ, अर्घाखाँचीको संस्थापक सदस्य, साप्ताहिक पत्रिकाको सम्पादक, पाणिनि बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष लगायत सामाजिक संघ–संस्थामा काम गरेको अनुभव छ ।

गाउँ, क्षेत्र र जिल्लाका विभिन्न जिम्मेवारी सम्हाल्दै सचिव, उपसभापति र सभापति हुँदै उनी अहिले प्रदेश सहमहामन्त्री रहेका छन् । २०७४ सालमा प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका खनाल हालका मुख्यमन्त्री चेतनारायण आचार्यसँग उक्त निर्वाचनमा पराजित भएका थिए ।

अखण्ड लुम्बिनीको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका मुस्कान जिल्लाका विभिन्न सरोकारका विषयमा राजनीतिक सहमति र सहकार्य मजबुत बनाउने नेताका रूपमा चिनिन्छन् ।

अर्घाखाँचीमा १ लाख ७१ हजार ६५२ जना मतदाता छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन स्वतन्त्र उम्मेदवार सहित १५ जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी छन् ।

एमालेबाट पीताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हरिप्रसाद भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झबिन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपतिनाथ ढकाल लगायतले उम्मेदवारी दिएका छन् ।

२०७९ मा प्रत्यक्षमा एमालेका टोपबहादुर रायमाझीले अहिलेका कांग्रेस उपसभापति पुष्पा भुसाललाई पराजित गरेको थियो । समानुपातिक तर्फ एमालेले ३७ हजार ४५०, कांग्रेसले २६ हजार ८६५, रास्वपाले आठ हजार ९५१, जनमोर्चाले ५ हजार ३२७, एकीकृत समाजवादीले १ हजार ६७ र राप्रपाले ९१२ भोट पाएको थियो ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

विष्णु प्रसाद खनाल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित