Home Candidate बुद्ध लामा

कुशल संगठक लामा प्रतिनिधिसभाका उम्मेदवार

मकवानपुर - २ उम्मेदवार

बुद्ध लामा

नेपाली कांग्रेस
पुरुष , ५८ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

संगठन निर्माणआन्तरिक व्यवस्थापन  कार्यकर्ता परिचालनमा केन्द्रित रहँदै उनले जिल्लामा कांग्रेसको संरचना जोगाइराख्ने जिम्मेवारी सम्हाल्दै आएका छन् 

०००

मकवानपुर निर्वाचन क्षेत्र नम्बर  मा नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् 

संसदीय निर्वाचनमा उनी पहिलो पटक उम्मेदवार बनेका हुन् । ५८ वर्षीय लामा मकवानपुरको राक्सिराङ गाउँपालिकाका स्थायी बासिन्दा हुन् 

त्रिभुवन विश्वविद्यालयबाट स्नातक (.अध्ययन पूरा गरेका उनी लामो समयदेखि कांग्रेस संगठन भित्र सक्रिय रहँदै आएका नेता हुन् 

संगठन निर्माणआन्तरिक व्यवस्थापन  कार्यकर्ता परिचालनमा केन्द्रित रहँदै उनले जिल्लामा कांग्रेसको संरचना जोगाइराख्ने जिम्मेवारी सम्हाल्दै आएका छन् 

उनले बागमती प्रदेशका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारको भूमिकासमेत निर्वाह गरेका छन्  जसले उनलाई प्रदेशस्तरीय राजनीतिक समन्वय  निर्णय प्रक्रियाको अनुभव दिलाएको  

कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने शैली भए पनि विगतमा सीमित भूगोलमै केन्द्रित रहँदा व्यापक मतदाता तहमा उनको परिचय विस्तार हुन नसकेको आलोचना पनि  

जिल्ला सभापतिको हैसियतप्रदेशस्तरीय राजनीतिक अनुभव  पार्टी संगठनको समर्थन बुद्ध लामाका सबल पक्ष हुन् 

तर, पहिलो पटकको संसदीय प्रतिस्पर्धामा उनलाई आफ्नो संगठनात्मक पहिचानलाई मतदाताको विश्वासमा रूपान्तरण गर्ने चुनौती  

 

अनुकूलता

·         जिल्ला सभापतिको अनुभव

·         प्रदेशस्तरीय राजनीतिक अनुभव

·         संगठनसँग प्रत्यक्ष सम्पर्क

 

प्रतिकूलता

·         संसदीय चुनावमा पहिलो पटकको उम्मेदवारी

·         सीमित भौगोलिक परिचय

·         संगठनात्मक पहिचानलाई मतदातामा रूपान्तरण गर्ने चुनौती

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

बुद्ध लामा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित