शंकर पोख्रेल नेकपा एमाले, दाङ - २ पुरुष , ५९ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२०१९ फागुनमा दाङको बिजौरी, हाडिमेमा जन्मिएका शंकर पोखरेल तुलसीपुरको महेन्द्र हाईस्कुल पढ्दा नेविसंघसँग दैनिक झडप हुनथाल्यो । उनको अभिभावकले छोरो कम्युनिष्ट विद्यार्थी बनेपछि अध्ययनका लागि बनारस पुर्याए ।

त्यहाँ पनि उनी विद्यार्थी राजनीतिमा सल्किहाले । हेर्दाहेर्दै उनी अखिल भारतीय नेपाली स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष बने ।

नेपाल फर्किएपछि पोखरेल अनेरास्ववियूको केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष र अध्यक्ष भए । त्यसपछि त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति भए, जहाँबाट उनले व्यवस्थापन विषयमा स्नातकोत्तर गरे ।

केन्द्रमै सदस्य नै नभएको समयमा पोखरेलले पार्टीको प्रचार विभाग प्रमुख र मुखपत्र ‘नवयुग’को प्रधान सम्पादकको जिम्मेवारी पाए । माओवादी सशस्त्र द्वन्द्वको बेला २०५७ मा उनले राप्तीमा शान्ति पदयात्रा अभियान चलाए । 

३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित भए पोखरेल । नेकपा (एमाले)भित्र वैचारिक नेताको छवि बनाएका उनी त्यसपछि भने सबै राष्ट्रिय निर्वाचनमा पराजित भए ।

२०५६ मा दाङ–२ मा नेपाली कांग्रेसका कृष्णकिशोर घिमिरेसँग हारेका पोखरेल २०७० सालको दोस्रो संविधानसभा दाङ–४ मा कांग्रेसकै बुद्धिराम भण्डारीसँग पराजित भए । २०६४ सालको पहिलो संविधानसभामा भने उनी समानुपातिकबाट सभासद थिए । त्यसबेला उनी सूचना तथा सञ्चारमन्त्री पनि बने ।

२०७४ को आम निर्वाचनमा पोखरेल प्रदेशमै अडिए । त्यो चुनावमा एमाले र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भएपछि दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र माओवादीका कृष्णबहादुर महरालाई ठाउँ छोडेर उनी प्रदेश सभाको उम्मेदवार बने ।

वाम गठबन्धनको बलमा कांग्रेसका कमलकिशोर घिमिरेलाई हराएर लुम्बिनी प्रदेश सभा पसेका पोखरेल ३ फागुन २०७४ देखि २७ साउन २०७८ सम्म मुख्यमन्त्री बने ।

आफ्नो निर्वाचन क्षेत्रमा जित र हारको सरावरी अनुभव बटुलेका पोखरेल एमालेभित्रको राजनीतिमा प्रभावशाली छन् । प्रदेशमा रहेर पनि एमालेभित्र राष्ट्रिय एजेण्डामा बहस गराउने नेतामा दरिएका छन् उनी ।

एक समय एमालेका महासचिव स्वर्गीय मदन भण्डारीनिकट रहेर काम गरेका पोखरेल २०५० सालमा जनताको बहुदलीय जनवाद (जबज)को प्रस्तावक आफू भएको दाबी गर्छन् ।

२०७८ मंसिरमा भएको एमालेको १०औं महाधिवेशनबाट पार्टी महासचिव चुनिएका पोखरेल आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा दाङ–२ बाट उठेका छन् । उनीविरुद्ध सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ तथा पूर्वमन्त्री रेखा शर्मा चुनावी मैदानमा छिन् ।

सत्ता गठबन्धन विरुद्ध एक्लै लडेर चुनावी जित निकाल्न एमाले महासचिव तथा पूर्व मुख्यमन्त्री पोखरेललाई सहज भने छैन ।

दाङ–२ मा १ लाख ३३ हजार मतदाता छन् । गत वैशाख ३० गते भएको स्थानीय तहको मत (वडाअध्यक्षहरूले पाएको)मा एमालेभन्दा सत्ता गठबन्धन अगाडि छ । गठबन्धनका दलहरूको कुल मत ३६ हजार ७२१ छ भने एमालेको ३३ हजार ५९३ ।

जितका लागि पोखरेलले गठबन्धनका दलहरूको मत तान्न सक्नुपर्ने देखिन्छ । एमालेका महासचिव भएकाले पनि पोखरेललाई यो निर्वाचन जित्नैपर्ने दबाव छ । पोखरेलले २८ वर्षपछि प्रत्यक्ष निर्वाचित भएर संघीय संसद जाने चाहना देखाएका छन् । यही पटक उनलाई पाँचदलीय गठबन्धनको चुनौती आइलागेको छ ।

Full Read

दाङ - २ का उम्मेदवारहरु

२०७९ २०७४
शंकर पोख्रेल
दाङ, दाङ - २
बर्ष: ५९, पुरुष
गठबन्धन: एमाले गठबन्धन
२६६८७
रेखा शर्मा
दाङ, दाङ - २
बर्ष: ५३, महिला
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २६८८०
बिशाल अधिकारी
दाङ, दाङ - २
बर्ष: २९, पुरुष
गठबन्धन:
१४२१५
भोलानाथ योगी
दाङ, दाङ - २
बर्ष: ६१, पुरुष
गठबन्धन:
२२७३
रेशम चौधरी
दाङ, दाङ - २
बर्ष: ४१, पुरुष
गठबन्धन:
४८२
आसा राम वैद्य
दाङ, दाङ - २
बर्ष: ५५, पुरुष
गठबन्धन:
२४
बर्ष: ६४, पुरुष
गठबन्धन:
९१
शसीराम चौधरी
दाङ, दाङ - २
बर्ष: ४७, पुरुष
गठबन्धन:
२७१
बर्ष: ३७, पुरुष
गठबन्धन:
४८४
बर्ष: ३६, पुरुष
गठबन्धन:
५२
बर्ष: ५९, पुरुष
गठबन्धन:
९६७
गीता रावत
दाङ, दाङ - २
बर्ष: ४६, महिला
गठबन्धन:
१९७
यमलाल जि.सी.
दाङ, दाङ - २
बर्ष: ४३, पुरुष
गठबन्धन:
८८
भुपनाथ अर्जेल
दाङ, दाङ - २
बर्ष: ४२, पुरुष
गठबन्धन:
१५
बर्ष: ४९, पुरुष
गठबन्धन:
१५८
बर्ष: ५८ , पुरुष
गठबन्धन:
माओवादी केन्द्र
विजयी ४००४२ मत
राजु खनाल
दाङ , दाङ - २
बर्ष: ५१ , पुरुष
गठबन्धन:
गगन शाह
दाङ , दाङ - २
बर्ष: २७ , पुरुष
गठबन्धन:
ठाकुर रोका
दाङ , दाङ - २
बर्ष: ४० , पुरुष
गठबन्धन:
बालाराम पौडेल
दाङ , दाङ - २
बर्ष: ३५ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >