बर्षमान पुन माओवादी केन्द्र, रोल्पा - १ पुरुष , ५१ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

१९ कात्तिक, रोल्पा । वर्षमान पुन दोस्रो पटक रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा आफ्नै पूर्व सहकर्मीलाई प्रतिस्पर्धीको रूपमा पाएका छन् । जित दोहोर्‍याउने उनको चाहनामा कुनै बाधा छ भने एमालेका उम्मेदवार बनेका माओवादीकै पूर्व लडाकू पूर्ण बुढा हुन् ।

हुनत २०६४ पछिको सबै चुनावमा रोल्पाबाट माओवादी उम्मेदवार मात्र निर्वाचित भएका छन् । तर वर्षमान भने २०७४ सालदेखि मात्र रोल्पा गए । २०६४ को पहिलो संविधानसभा चुनाव ललितपुर–१ बाट जितेका वर्षमान २०७० सालमा भने मोरङ–९ बाट पराजित भएका थिए ।

माओवादीभित्र छोटो समयमा धेरै अवसर पाउने नेताका रूपमा चिनिन्छन् पुन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र मानिने पुन पटक–पटक सरकारमा पनि पुगेका छन् ।

२०६७ सालमा झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका पुनले २०६८ मै बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थ मन्त्रालय सम्हाल्ने अवसर पाए । त्यसपछि २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भएर काम गरे ।

हालको रोल्पा नगरपालिका–७ का बासिन्दा वर्षमान निम्न मध्यमवर्गीय परिवारमा १८ जेठ २०२८ मा जन्मिएका थिए ।

आफैंलाई पढाएका शिक्षक कृष्णबहादुर महराको प्रेरणाले २०४२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका पुन २०४८ सालदेखि तत्कालीन नेकपा एकता केन्द्र र त्यसको वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालको पूर्णकालीन कार्यकर्ता बने ।

रोल्पाको सदरमुकाम लिवाङको बालकल्याण माविबाट २०४५ सालमा एसएलसी दिएका पुनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् । राजनीतिमा सक्रिय हुनुअघि उनले केही समय वकालत पनि गरेका थिए ।

माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि रोल्पामा सञ्चालन गरेको ग्रामीण वर्ग संघर्षमा उनी सक्रिय सहभागी भएका थिए । सशस्त्र युद्ध सुरु हुनुअघि नै प्रशासनले दर्जनौं मुद्दा लगाएपछि उनी भूमिगत भएका थिए ।

२०५५ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बनेका पुन त्यसपछि लामो समय पार्टीको स्थायी समिति सदस्य तथा सचिवालय सदस्य भए । सशस्त्र युद्धमा तत्कालीन माओवादीले गठन गरेको ७ वटा सैन्य डिभिजनमध्ये वर्षमान पूर्वी क्षेत्रको कमाण्डर थिए । हाल उनी नेकपा माओवादी केन्द्रको उपमहासचिव छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले रोल्पाका १० मध्ये ७ स्थानीय तहको अध्यक्ष–उपाध्यक्ष जितेको छ । उक्त निर्वाचनमा नेपाली कांग्रेसले २ अध्यक्ष र ३ उपाध्यक्ष जित्दा नेकपा एमालेले १ अध्यक्ष जितेको थियो । ७२ वडामध्ये नेकपा माओवादी केन्द्रले ४८, नेपाली कांग्रेसले १४, नेकपा एमालेले ८, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले १/१ वडाअध्यक्ष जितेका छन् ।

उक्त निर्वाचनमा वडाअध्यक्षले पाएको मत हिसाब गर्दा नेकपा माओवादी केन्द्रले ४० हजार ७९१, नेपाली कांग्रेसले २४ हजार ६६४, नेकपा एमालेले १५ हजार ३०१, राप्रपाले १ हजार २१८ र नेकपा एकीकृत समाजवादीले ९५० मत प्राप्त गरेका थिए ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थन पाएका पुनको प्रतिस्पर्धी तेस्रो स्थानमा रहेको एमाले उम्मेदवार हुन् । ‘यस पटक निकै सहज तरिकाले र फराकिलो मतान्तरका साथ मेरो जित हुन्छ’ पुनले भने, ‘औपचारिकताका लागि मात्रै मतदान गर्नुपर्ने अवस्था हो ।’

[ok18_read_this post_id="1213477"]

Full Read

रोल्पा - १ का उम्मेदवारहरु

२०७९ २०७४
पूर्ण बुढामगर
रोल्पा, रोल्पा - १
बर्ष: ३६, पुरुष
गठबन्धन: एमाले गठबन्धन
१६४८५
बर्षमान पुन
रोल्पा, रोल्पा - १
बर्ष: ५१, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ४१७१४
लीला रावल
रोल्पा, रोल्पा - १
बर्ष: ३८, महिला
गठबन्धन:
२५५६
नाती भाइ ह्‍योम्बा
रोल्पा, रोल्पा - १
बर्ष: ५६, पुरुष
गठबन्धन:
१५२
राम बहादुर वली क्षेत्री
रोल्पा, रोल्पा - १
बर्ष: ६४, पुरुष
गठबन्धन:
८०३
बर्षमान पुन
रोल्पा , रोल्पा - १
बर्ष: ४६ , पुरुष
गठबन्धन:
माओवादी केन्द्र
विजयी ४२०८४ मत
अमर सिह पुन
रोल्पा , रोल्पा - १
बर्ष: ४८ , पुरुष
गठबन्धन:
साउने बुढा
रोल्पा , रोल्पा - १
बर्ष: ४१ , पुरुष
गठबन्धन:
पुजा परियार
रोल्पा , रोल्पा - १
बर्ष: २६ , महिला
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >