प्रदीप पौडेल नेपाली कांग्रेस, काठमाडौं - ५ पुरुष , ४७ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

१ चैत २०३२ मा शुक्ला–८, तनहुँमा जन्मिएका प्रदीप पौडेलको बसोबास हाल काठमाडौंको बानियाँटारमा छ । सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल)बाट स्नातक र त्रिविबाट स्नातकोत्तर तह पूरा गरेका उनी नेपालका अन्य धेरै नेताजस्तै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् ।

पौडेल २०५३ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए । २०५९ देखि २०६३ सालसम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक रहेका उनले राजद्रोहको मुद्दा पनि खेपे ।

पौडेल लोकतन्त्र, शान्ति, सुशासन र मानवअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि आबद्ध छन् । एक विद्यालय, एक पुस्तकालय; सार्वजनिक विद्यालय सुधार, हरेक विद्यालय इन्टरनेट एवं ई–लाइब्रेरी अभियानमा लागेर उल्लेख्य संख्यामा गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति र शैक्षिक सामग्री जुटाएको उनी बताउँछन् ।

संविधानलेखनमा भएको ढिलाइविरुद्ध भएको मेची–महाकाली अभियान, महाभूकम्पपछिको उद्धार तथा पुनस्र्थापना अभियान, युवा उद्यमशीलता अभियान, नेपाली कांग्रेसलाई प्रविधिमैत्री बनाउन डिजिटल एप र कोरोना संक्रमितका लागि प्लाज्मा एप बनाउनेमा नेतृत्वदायी भूमिका खेलेको पौडेलको दाबी छ ।

यसपटक संघीय संसदको निर्वाचनमा काठमाडौं–५ बाट गठबन्धनको साझा उम्मेदवार रहेका पौडेलले आप्mनो योगदानहरू फेहरिस्तसँगै ‘बीसीडी मोडेल’ (‘ब्रेन ड्रेन’, ‘करप्सन’ र ‘डेभलपमेन्ट’) नामको चुनावी प्रतिबद्धता÷अवधारणा सार्वजनिक गरेका छन् ।

२०६७ बाट लगातार तेस्रो कार्यकाल केन्द्रीय सदस्य रहेका पौडेल कांग्रेसको चौधौं महाधिवेशनमा महासचिवको प्रत्यासी बनेर हारे । उनी २०७० सालको निर्वाचनमा तनहुँबाट प्रदेश सभा सदस्यमा ६ मतले पराजित भएका थिए ।

राम्रो छवि बनाएका नेपालका युवा नेताहरूमध्येका एक प्रदीप पौडेललाई आसन्न चुनावमा आफूप्रतिको समर्थनलाई मतमा बदल्ने चुनौती छ । गत वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं–५ मा पार्टीगत रूपमा वडाअध्यक्षहरूले पाएको मतमा नेकपा (एमाले) सबभन्दा अगाडि छ ।

उक्त निर्वाचनमा एमालेले १९ हजार २२९, कांग्रेसले १४ हजार ५३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ७३९, नेकपा (एकीकृत समाजवादी)ले १ हजार ५५३ र नेकपा (माओवादी केन्द्र)ले १ हजार १३९ मत पाएका थिए । यस हिसाबले हेर्दा पौडेलको लागि चुनावी अंकगणित त्यति सहज देखिन्न ।

काठमाडौं–५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रणय राणा र रञ्जु दर्शनासहितका स्वतन्त्र उम्मेदवार छन् । एमालेको बलियो संगठन र प्रमुख दलहरू बाहिरका उम्मेदवारहरूप्रतिको आकर्षण पौडेलका प्रतिकूलता हुन् । आफैं लोकप्रिय रहेका उनले एमालेका प्रत्यासीले जस्तो स्वतन्त्र मत भने नगुमाउन सक्छन् ।

लामो समय सत्तामा रहेका, कोरोना महामारीमा कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्र (सीसीएमसी)को अक्षम नेतृत्वको कारण आलोचित भएका ईश्वर पोखरेलको उम्मेदवारीलाई भने प्रदीप पौडेलको अनुकूलताको रूपमा हेरिएको छ । पोखरेलले राप्रपासँग तालमेल गर्न सक्नुलाई भने पौडेलको प्रतिकूलता मानिएको छ ।

Full Read

काठमाडौं - ५ का उम्मेदवारहरु

२०७९ २०७४
प्रदीप पौडेल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४७, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी १५२६९
ईश्वर पोखरेल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ६८, पुरुष
गठबन्धन: एमाले गठबन्धन
१०१९०
डा.प्रणय शम्शेर राणा
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३८, पुरुष
गठबन्धन:
५४७७
राम प्रसाद उप्रेती
काठमाडौं, काठमाडौं - ५
बर्ष: ६४, पुरुष
गठबन्धन:
३१६२
भिमबहादुर मगर
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४६, पुरुष
गठबन्धन:
१३१
दानिन्द्र जोशी
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४६, पुरुष
गठबन्धन:
३७
शैलेश डंगोल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४०, पुरुष
गठबन्धन:
११२२
मधु सुदन पाठक
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३४, पुरुष
गठबन्धन:
३६४
राम कृष्ण परियार
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५२, पुरुष
गठबन्धन:
३८
सागर ख्रडका
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३७, पुरुष
गठबन्धन:
११०
लवली थापा
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३८, महिला
गठबन्धन:
२९
राजु विष्ट
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५४, पुरुष
गठबन्धन:
४८
श्रीराम गुरुङ
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३९, पुरुष
गठबन्धन:
२७६१
विनिता अर्याल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३१, महिला
गठबन्धन:
२५
बाबु राम पोखरेल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४५, पुरुष
गठबन्धन:
१२
गोपीलाल न्यौपाने
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५७, पुरुष
गठबन्धन:
९३
सुशान्त श्रेष्ठ
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३३, पुरुष
गठबन्धन:
१९८
कृष्ण राज श्रेष्ठ
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४६, पुरुष
गठबन्धन:
बिजय कंडेल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३८, पुरुष
गठबन्धन:
१६७
शान्तिराम पाण्डे
काठमाडौं, काठमाडौं - ५
बर्ष: ६१, पुरुष
गठबन्धन:
२०
कुमार कोइराला
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५३, पुरुष
गठबन्धन:
नारायण प्रसाद दाहाल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ६०, पुरुष
गठबन्धन:
रन्‍जु दर्शना
काठमाडौं, काठमाडौं - ५
बर्ष: २७, महिला
गठबन्धन:
शैलेन्द्र बस्नेत
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४०, पुरुष
गठबन्धन:
८२
हेमराज थापा
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३०, पुरुष
गठबन्धन:
२४४६
रमेश केसी
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४४, पुरुष
गठबन्धन:
२१६
टिक माया गुरुङ्ग
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५७, महिला
गठबन्धन:
८५
दिपक सिंह
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४६, पुरुष
गठबन्धन:
३९
इश्वर पोखरेल
काठमाडौं , काठमाडौं - ५
बर्ष: ६३ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी २३०२९ मत
प्रकाश शरण महत
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५८ , पुरुष
गठबन्धन:
उज्वल बहादुर थापा
काठमाडौं , काठमाडौं - ५
बर्ष: ४० , पुरुष
गठबन्धन:
शारदा मल्ल राजभण्डारी
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५७ , महिला
गठबन्धन:
लक्ष्मी राई
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५० , महिला
गठबन्धन:
रमा विष्‍ट
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५२ , महिला
गठबन्धन:
गीता भट्टराई
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५३ , महिला
गठबन्धन:
भरत कुमार राई
काठमाडौं , काठमाडौं - ५
बर्ष: ३२ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >