Home Candidate अजय कुमार चौरसिया

जित-हारको मिश्रित इतिहास बोकेर मैदानमा

पर्सा - २ उम्मेदवार

अजय कुमार चौरसिया

नेपाली कांग्रेस
पुरुष , ६१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

६० वर्षीय अजय चौरसिया पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–अमरपट्टीका स्थानीय बासिन्दा हुन्। उनी यसपटकको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार बनेका छन्। यसअघि उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी राजनीतिज्ञ हुन्।

त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकसम्म अध्ययन गरेका चौरसिया २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्सा–२ बाट नेपाली कांग्रेसका तर्फबाट विजयी भएका थिए। उक्त निर्वाचनमा उनले २८ हजार ४५१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत ल्याएका थिए।

यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने उनी पराजित भएका थिए। सो निर्वाचनमा संघीय समाजवादी फोरमका बिमलप्रसाद श्रीवास्तवले २१ हजार १६९ मत ल्याएर विजयी हुँदा चौरसियाले १९ हजार ७०४ मत प्राप्त गरेका थिए।

चौरसियाको राजनीतिक यात्रा लामो र उतार–चढावपूर्ण छ। २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनले तत्कालीन सद्भावना पार्टीमा प्रवेश गरी चुनाव लडेका थिए। उक्त निर्वाचनमा पराजित भएपछि उनी पुनः नेपाली कांग्रेसमै फर्किएका थिए।


चौरसियाको राजनीतिक यात्रा लामो र उतार–चढावपूर्ण छ। २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनले तत्कालीन सद्भावना पार्टीमा प्रवेश गरी चुनाव लडेका थिए। उक्त निर्वाचनमा पराजित भएपछि उनी पुनः नेपाली कांग्रेसमै फर्किएका थिए।

पार्टी संगठनमा पनि उनी निरन्तर सक्रिय रहँदै आएका छन्। २०५२ सालमा कांग्रेसको ९औं महाधिवेशनबाट महाधिवेशन महासमिति सदस्य तथा जिल्ला कार्यसमिति सदस्य बनेका उनी २०६६ सालको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। त्यसपछि १३औं र १४औं महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्यमा पुनः निर्वाचित भएका थिए।

उनको संसदीय यात्रा २०५६ सालबाट सुरु भएको हो। सो वर्ष पर्सा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका चौरसिया २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रालयको सहायक मन्त्री बनेका थिए।

२०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा उनले पर्सा क्षेत्र नम्बर ३ बाट विजय हासिल गरे। यद्यपि, २०७० र २०७४ सालका निर्वाचन उनका लागि अनुकूल रहेनन्। लोकतान्त्रिक आन्दोलनमा सक्रिय चौरसिया २०६२/६३ को आन्दोलनका क्रममा करिब पौने चार महिना जेलसमेत परेका थिए।

सांसदका रूपमा उनले विकास निर्माण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसर सिर्जनासम्बन्धी विषयमा निरन्तर आवाज उठाउँदै आएको बताइन्छ।

अनुकूलता
• सांसद, संविधानसभा सदस्य र मन्त्रीको रूपमा लामो अनुभव
• पार्टी संगठनमा बलियो पकड– कांग्रेस केन्द्रीय सदस्यका रूपमा निरन्तर निर्वाचित
• स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा निरन्तर पहल 

प्रतिकूलता
• निर्वाचनहरूमा हारको इतिहास पनि
• लामो समयदेखि राजनीतिमा रहेकाले ‘पुरानो अनुहार’
• क्षेत्रमा कडा प्रतिस्पर्धा – पर्सा–२ मा विभिन्न दलका बलिया उम्मेदवारसँग प्रतिस्पर्धा

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

अजय कुमार चौरसिया को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित