Home Candidate भीम बहादुर थापा क्षेत्री

मेयर हुँदा सेवा-सुविधा नलिएका उम्मेदवार

नवलपरासी - २ उम्मेदवार

भीम बहादुर थापा क्षेत्री

नेपाली कांग्रेस
पुरुष , ५४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नवलपरासी–२ का लागि नेपाली कांग्रेसका भीमबहादुर थापा क्षेत्री र देवेन्द्रराज कँडेलले पार्टीबाट टिकट लिएर आएका थिए । पूर्व गृह राज्यमन्त्री कँडेललाई पछि पार्दै थापाको उम्मेदवारी कायम भयो ।

सुनवल नगरपालिकाका पूर्व मेयर थापा २०२८ सालमा जन्मिएका हुन् । २०४६ सालबाट राजनीतिमा लागेका उनी २०४८ मा सुनवलको नेविसंघ इकाइ सभापति र २०५१ मा क्षेत्रीय उपसभापति बनेका थिए ।

२०७४ सालमा पार्टी जिल्ला सदस्यको जिम्मेवारी पाएका उनी कांग्रेसको तेह्रौं र चौधौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहे ।

सामाजिक क्षेत्रमा समेत त्रियाशील थापा २०७४ को स्थानीय तह निर्वाचनमा सुनवलको मेयरमा निर्वाचित भएका थिए । एमालेले जित्दै आएको सुनवल नगरपालिकामा थापाले एमालेकी विमला अर्याललाई ५२५ मतले पराजित गर्दै मेयरमा निर्वाचित भएका थिए ।

मेयर हुँदा उनले आफूले पाउने कुनै पनि सेवा–सुविधा लिएनन् । कार्यकाल अवधिभर उनले पाएको २७ लाख भन्दा बढी रुपैयाँ मध्ये ८ लाख सामाजिक काममा लगाए । बाँकी १९ लाख बढी नगरपालिकाको सञ्चित कोषमा जम्मा गरिदिए ।

थापाको उद्योगी व्यवसायीको पनि परिचय छ । उद्योग वाणिज्य संघको जिल्लादेखि केन्द्रीय समितिमा रहेर जिल्लाको उद्योग र व्यवसाय क्षेत्रमा महत्वपूर्ण योगदान दिए । २०६९ मा नवलपरासी उवासंघको जिल्ला उपाध्यक्ष हुँदै २०७२ मा जिल्ला अध्यक्ष बने । २०७० मा उवासंघ केन्द्रीय सदस्य चयन भए ।

सामाजिक र विकास निर्माणको योगदानसँगै सधैं कांग्रेसबाट टिकट ल्याएर उम्मेदवार बन्दै आएका पूर्व गृह राज्यमन्त्री कँडेलको उम्मेदवारीलाई रोकेका थिए ।

राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित भएको २०७९ को निर्वाचनमा समानुपातिकतर्फ राप्रपाले १८ हजार ३५ मत पाउँदा कांग्रेसले १५ हजार ६२५ मत ल्याएको थियो ।

रास्वपाले १० हजार ६७७, एमाले १० हजार ६७१, जनता समाजवादी पार्टी (जसपा) नेपालले ६ हजार ४१७ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ६ हजार ३१७ भोट पाएको थियो ।

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

भीम बहादुर थापा क्षेत्री को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित