इमान्दार र अनुभवी चन्द्रवीर
नेपाली कम्युनिष्ट पार्टीले मोरङ–२ बाट पुराना र अनुभवी उम्मेदवार मैदानमा उतारेको छ ।
उमेरले ७० वर्ष पुगेका राईलाई नेकपाले इमान्दार र अनुभवी भएकैले चुनाव जित्ने विश्लेषण सहित टिकट दिएको छ । उनी आफैले भन्ने गरेका छन्, ‘राजनीतिमा लागेर सधै परिवारको गाली खाइयो, इमानले जित्यो भने जनताका कुरा उठाम्ला ।’
रतुमाईका स्थानीय राई सादगी नेताका रुपमा समेत चिनिन्छन् । नेकपा एमाले पृष्ठभूमिका राई मोरङ जिल्ला उपाध्यक्ष समेत भएका थिए ।
तरनिष्ठामा रहेकै कारण अवसरहरुबाट बञ्चित हुनुपरेको उनलाई चिन्नेहरु तर्क गर्छन् । एमालेमा हुँदा अवसर नपाएका राईले २०७८ मा पार्टी विभाजन हुँदा माधवकुमार नेपाललाई साथ दिदै नेकपा एकीकृत समाजवादी रोजे ।
एकीकृत समाजवादीको मोरङ अध्यक्ष भए । भर्खरै एकीकृत समाजवादी, माओवादी केन्द्र सहितका घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । र नेकपाले उनलाई उम्मेदवार बनाएको छ ।
राजनीतिक अनुभव र त्याग बाहेक समाजसेवी परिचय उनको अर्को बलियो पक्ष हो । सँगसँगै नेपाली कांग्रेस र एमाले जस्तो बलियो संगठन भएका उम्मेदवारहरु हराउनु उत्तिकै चुनौती हुनेछ । नयाँ दलहरुप्रति देखिएको आकर्षण त चुनौती छदैछ ।
अनुकूलता
- लामो राजनीतिक अनुभव । इमान्दार, सादगी र त्यागी नेताको बुझाइ ।
- स्थानीय राजनीतिमै केन्द्रीत रहेर गरेका काम ।
- समाजसेवी पृष्ठभूमि र कम्युनिष्ट एकताको समर्थन ।
प्रतिकूलता
- नयाँ र युवा मतदाताको मन जित्नुपर्ने चुनौती ।
- बलिया संगठन भएका कांग्रेस, एमाले जस्ता प्रतिश्पर्धी हुनु ।
- भर्खरै एकता भएर भएर बनेको पार्टीका उम्मेदवार हुनु ।
चन्द्र वीर राई को उम्मेदवारि कस्तो लागयो ?


