Home Candidate डम्बरबहादुर सिंह

०६४ यता एमालेलाई जिताउने दायित्व डम्बरबहादुरको काँधमा

जाजरकोट - १ उम्मेदवार

डम्बरबहादुर सिंह

नेकपा एमाले
पुरुष , ६१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२९ मंसिर २०२१ मा जाजरकोटको बारेकोट गाउँपालिका ५ तोल्खामा जन्मिएका डम्बरबहादुर सिंह २०३७ सालदेखि राजनीतिमा क्रियाशील छन् । यसपटक उनलाई नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा जाजरकोटमा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ ।

यो उनको पहिलो प्रतिस्पर्धा भने होइन । यसअघि दुई निर्वाचनमा पराजय व्यहारेका डम्बरबहादुलाई एमालेले तेस्रोपटक उम्मेदवार बनाएको हो ।

अनेरास्ववियुमार्फत विद्यार्थी राजनीतिमा होमिएका उनी २०४६ मा नेपाल राष्ट्रिय शिक्षक संघको आजीवन सदस्य बने । २०३९ देखि २०५५ सम्म करिब १७ वर्ष शिक्षण पेसामा बिताएका डम्बरबहादुर शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिए । गाउँ, वडा, क्षेत्र, इलाका हुँदै एमाले जाजरकोट जिल्ला कमिटी सदस्य बने । २०५६ बाट २०६२ सम्म एमाले जिल्ला उपसचिव, २०६२ बाट जिल्ला सचिव भएका उनी २०६६ मा एमाले जाजरकोटको अध्यक्ष भए । 

२०७१ मा भेरी सञ्चलन सदस्य, २०७२ मा एमाले कर्णाली प्रदेश कमिटी सदस्य भएका सिंह २०७८ को १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । ११ औं राष्ट्रिय महाधिवेशनबाट पुन: केन्द्रीय सदस्य बनेका सिंह हाल केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इञ्चार्जको भूमिकामा छन् ।

२०५४ को छैटौं राष्ट्रिय महाधिवेशनमा स्वयंसेवक रहेका उनी, ८औंदेखि ११औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बने । २०५६ मा जिल्ला खेलकुद समिति जाजरकोटको अध्यक्ष र २०७१ मा सुकुम्वासी आयोगको जाजरकोट जिल्ला अध्यक्षको जिम्मेवारी पनि उनले पाएका थिए ।

२०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सिंह शक्तिबहादुर बस्नेतसँग पराजित भए । कांग्रेससहितको समर्थन पाएका माओवादीका शक्ति बस्नेतसँग यसअघि ९ हजार बढी मतान्तरले आचार्य पराजित भएका थिए । 

त्यसपछि उनी २०७९ मा प्रदेश सभातर्फ लागे । प्रदेश सभा सदस्य निर्वाचनमा जाजरकोट प्रदेश सभा क्षेत्र ‘१’ बाट उम्मेदवार भएका उनी यहाँ पनि जनअनुमोदित हुन सकेनन् । नेपाली कांग्रेसका बेदराज सिंहसँग उनी पराजित भए । 

२०६३ मा सरकारसँग शान्तिसम्झौतामा हस्ताक्षर भएपछि तत्कालीन विद्रोही नेकपा माओवादी राजनीतिको मूलधारमा आयो । त्यसयता जाजरकोटमा एमाले–कांग्रेसले कुनै पनि चुनाव जित्न सकेको छैन । यहाँ २०४८ देखि २०५६ को चुनावसम्म आउँदा एमाले—कांग्रेसबीच नै चुनावी प्रतिस्पर्धा हुने गरेको थियो ।

२०४८ सालदेखि ०७० सम्म जाजरकोटमा दुईवटा निर्वाचन क्षेत्र थिए । ०४८ मा क्षेत्र नम्बर १ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधानले चुनाव जित्दा क्षेत्र नम्बर २ मा एमालेका कृष्ण शाहीले जितेका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा क्षेत्र नम्बर १ मा कांग्रेसकै झलकनाथ वाग्लेले चुनाव जिते भने २ मा पनि कांग्रेसका दीपकजंग शाहले जितेका थिए । 

०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट माओवादीका कालीबहादुर मल्ल र २ बाट भक्तबहादुर शाहीले चुनाव जिते । ०७० मा १ बाट माओवादीका शक्ति बस्नेतले चुनाव जित्दा २ मा कांग्रेसबाट राजीवविक्रम शाहले चुनाव जिते । त्यसपछि जाजरकोट एउटै निर्वाचन क्षेत्र बन्यो भने लगातार माओवादीका शक्ति बस्नेतले चुनाव जित्दै आएका छन् । 

२१ फागुनमा हुने प्रतिनिधिसभाका लागि एमालेका डम्बरबहादुरसँग नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट शक्ति बस्नेत, कांग्रेसका खड्गबहादुर बुढा उम्मेदवार छन् । लगातारको पराजयलाई जितमा बदल्ने डम्मरबहादुर तल्लिन छन् ।

अनुकूलता :

पार्टीमा पकड भएका नेता हुन् । लामो समयदेखि एउटै पार्टीका उम्मेदवारले निरन्तर चुनाव जित्दै आएकाले मतदाताले मत फेर्न पनि सक्दछन् ।

प्रतिकूलता :

२०६४ सालदेखि नै नेकपा एमालेले चुनाव जित्न नसकेकाले संगठन कमजोर रहेको देखिन्छ । युवालाई मौका नदिएको गुनासो पनि सुनिएको छ ।

व्यक्तिगत विवरण

नाम : डम्बरबहादुर सिंह

जन्म : २०२१ साल मंसिर २९ गते

जन्मस्थान : जाजरकोट

स्थायी ठेगाना :  बारेकोट गाउँपालिका तोलखाना, जाजरकोट

शिक्षा : स्नातकोत्तर 

राजनीतिक टाइमलाइन 

२०३७ : अनेरास्ववियुको सदस्यता

२०४६ : राष्ट्रिय शिक्षक संघको आजीवन सदस्य

२०३९–२०५५ सम्म : शिक्षण

२०५६–२०६२ सम्म : एमाले जिल्ला उपसचिव

२०६२ : एमाले जिल्ला सचिव

२०६६ : एमाले जाजरकोटको अध्यक्ष

२०७१ : पार्टी भेरी सञ्चलन सदस्य

२०७२ : एमाले कर्णाली प्रदेश कमिटी सदस्य

२०७८ : पार्टीको केन्द्रीय सदस्य निर्वाचित

२०७० : संविधान सभा सदस्य उम्मेदवार

२०७९ : जाजरकोट प्रदेश सभा ‘२’ उम्मेदवार

२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

डम्बरबहादुर सिंह को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित