Home Candidate खड्क बहादुर बुढा

जितको खोजीमा खड्क बहादुर

जाजरकोट - १ उम्मेदवार

खड्क बहादुर बुढा

नेपाली कांग्रेस
पुरुष , ४० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०४२ साल मंसिर २० गते जाजरकोटको शिवालय गाउँपालिका–९, नाहाडामा जन्मिएका खडकबहादुर बुढा पहिलोपटक संसदीय चुनावमा होमिएका छन् ।

वीरेन्द्र उच्चमावि जुंगाथापाचौर जाजरकोटमा अध्ययन गर्दै गर्दा २०५३ सालमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर खड्का विद्यार्थी राजनीतिमा जोडिएका थिए । १० वर्षपछि २०६३ मा उनी नेविसंघ जाजरकोट जिल्ला सचिव भए । २०६४ मा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको स्ववियु सभापति भए ।

२०६७ मा नेपाली कांग्रेसको १२औं महाधिवेशन प्रतिनिधिबनेका उनी त्यसबेला खुल्लातर्फ देशकै कान्छो प्रतिनिधि थिए । २०७३ मा १३औं महाधिवेशनबाट नेपाली कांग्रेस जाजरकोटको जिल्ला सचिव भएका उनी २०७८ मा भएको १४औं महाधिवेशनबाट जिल्ला उप–सभापतिमा निर्वाचित भए । २०७९ देखि हालसम्म नेपाली कांग्रेस जाजरकोटको कार्यवाहक सभापतिका रूपमा उनी कार्यरत छन् । 

२०७४ को स्थानीय तह निर्वाचनमा खडकबहादुर शिवालय गाउँपालिकाको अध्यक्षमा उम्मेदवार थिए । तर, चुनाव जित्न सकेनन् । यसपटक प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार छन् ।

खडकबहादुरले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी जिल्लामा युवाहरूमाझ परिचित नेता हुन् । यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा नेकपामा शक्तिबहादुर बस्नेत विजयी भएका थिए । शक्तिबहादुर यसपटक पनि उम्मेदवार छन् ।

२०७९ को प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ शक्तिले जिते पनि समानुपातिक मत हेर्दा माओवादीको पोजिसन तेस्रोमा सीमित छ । त्यसबेला सबैभन्दा धेरै समानुपातिक मत २२ हजार ९३४ कांग्रेसले पाएको थियो । दोस्रोमा रहेको एमालेले १९ हजार ७४९ पाउँदा तेस्रोमा रहेको माओवादीले १४ हजार ४१२ मत पाएको थियो । 

कांग्रेसको समर्थन पाएका माओवादीका बस्नेतले प्रत्यक्षतर्फ ३४ हजार १५१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका नीरज आचार्यले २५ हजार १२० मत ल्याएका थिए । 

अनुकूलता :

युवा नेता हुन् । स्थानीयस्तरमा परिचित अनुहार हुन् । अघिल्लो निर्वाचनमा पार्टीले जिल्लामा समानुपातिकतर्फ सबै भन्दा बढी मत ल्याएको थियो ।

प्रतिकूलता :

पटक–पटक चुनाव जितेकाहरू अन्य पार्टीबाट उम्मेदवार छन् । आफैंमा पहिलो पटक संसदीय निर्वाचन लड्दै गरेकाले अनुभव कम छ ।

व्यक्तिगत विवरण

नाम : खडकबहादुर बुढा

जन्म : २०४२ साल मंसिर २० गते

जन्मस्थान : जाजरकोट

स्थायी ठेगाना : शिवालय गाउँपालिका–९, नाहाडा, जाजरकोट

शिक्षा : स्नातकोत्तर 

राजनीतिक टाइमलाइन

२०५३ : कांग्रेसको विद्यार्थी सँगठन नेविसंघको साधारण सदस्यता प्राप्त

२०६३ : जाजरकोट जिल्ला सचिव

२०६४ : भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको स्ववियु सभापति

२०६७ : कांग्रेसको १२ औँ महाधिवेशन प्रतिनिधि चयन

२०७३ : १३ औँ महाधिवेशनबाट कांग्रेस जाजरकोटको जिल्ला सचिव

२०७८ : १४ औँ महाधिवेशनबाट जिल्ला उप–सभापतिमा निर्वाचित

२०७९ देखि हालसम्म : कांग्रेस जाजरकोटको कार्यवाहक सभापति

२०७४ : शिवालय गाउँपालिकाको अध्यक्षमा उम्मेदवार

२०८२ : प्रतिनिधि सभा सदस्यको उम्मेदवार

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

खड्क बहादुर बुढा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित