पार्टी एकीकरणको लाभ
रामग्राम नगरपालिका वडा नम्बर १६, तोनवाका ३६ वर्षीय देवेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा), नेपालबाट उम्मेदवारी दिएका छन् । २०६३ सालमा मधेशी जनअधिकार फोरमबाट राजनीतिमा प्रवेश गरेका उनी पछिल्लो पटक जेनजी आन्दोलनपछि राजनीतिमा सक्रिय भएका हुन् ।
आईएस्सी उत्तीर्ण यादव जसपा नेपालको हकुई गाउँ कमिटी अध्यक्षको जिम्मेवारीमा छन् । उनले २०६८ सालदेखि रूपन्देहीको धकधईमा आफ्नै निजी विद्यालय सञ्चालन गर्दै आएका छन् ।
२०७९ मा राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित भएको नवलपरासी–२ मा समानुपातिकतर्फ ६ हजार ४१७ मत सहित जसपा नेपाल पाँचौं ठूलो पार्टी थियो । जसपा नेपालमा ६ हजार ३१६ मत भएको लोकतान्त्रिक समाजवादी पार्टी र ११९ मत भएको जनता प्रगतिशील पार्टी एकीकृत भएको छ ।
यादव पार्टी एकीकरणको लाभ उठाउँदै युवा मतदाता रिझाउने योजनामा छन् ।
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव
देवेन्द्र यादव को उम्मेदवारि कस्तो लागयो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित



