Home Candidate देवेन्द्र पौडेल

क्षेत्र परिवर्तन गरेका पौडेलको ह्याट्रिक गर्ने दाउ

नवलपरासी - २ उम्मेदवार

देवेन्द्र पौडेल

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ६१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासी–२ मा अनुभवी नेता देवेन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । नेकपाले बाग्लुङबाट दुई पटक प्रतिनिधिसभा चुनाव जितेका पौडेललाई अघि सारेको हो ।

२०७४ मा नेकपा (एमाले) र २०७९ मा नेपाली कांग्रेसको साथ पाएको नेकपा (माओवादी केन्द्र)बाट पौडेलले बाग्लुङ–२ बाट चुनाव जितेका थिए ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनका प्रमुख राजनीतिक सल्लाहकार थिए, पौडेल । तत्कालीन एकीकृत माओवादी छाडेर २०७२ असोजमा ‘नयाँ शक्ति’ गठन गर्दा डा. भट्टराईलाई पौडेलले साथ दिए । पछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीमै फर्किएका पौडेल पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुन् ।

२०२१ सालमा बाग्लुङ नगरपालिका–१२, अमलाचौरमा जन्मिएका उनी २०३७ सालबाट कम्युनिष्ट राजनीतिमा लागेका थिए । अखिल नेपाल युवक संघको विभिन्न जिल्लाको अध्यक्ष, अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष हुँदै तत्कालीन माओवादी केन्द्रको स्कूल विभाग प्रमुख र सचिव बनिसकेका पौडेल हाल नेकपाको सचिवालय सदस्य छन् ।

माओवादीले सशस्त्र विद्रोह शुरु गर्नुअघि २०५१ सालबाटै पौडेल गाउँ केन्द्रित भएर संगठनमा सक्रिय थिए । युद्धकालमा धौलागिरि, मधेश, बागमती लगायत क्षेत्रमा ब्युरो इन्चार्ज भएर काम गरे ।

राजनीतिशास्त्रमा स्नातकोत्तर पौडेलको राजतन्त्र र प्रजातन्त्र, किसान समस्या जस्ता वैचारिक राजनीतिक विषयका एक दर्जन पुस्तक प्रकाशित छन् । उनको हालको ठेगाना नवलपरासी, सुनवल–१२, जर्गाहा हो ।

पौडेलले उम्मेदवारी दिएको नवलपरासी–२ मा २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधानले जितेका थिए । त्यतिबेला माओवादी केन्द्र सहितको गठबन्धनबाट उठेका नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल दोस्रो स्थानमा आएका थिए ।
गत निर्वाचनको समानुपातिक मत हेर्दा माओवादी यो क्षेत्रमा  नवौं ठूलो शत्ति हो । राप्रपाले १८ हजार ३५, कांग्रेसले १५ हजार ६२५, रास्वपाले १० हजार ६७७, एमालेले १० हजार ६७१, जनता समाजवादी पार्टी (जसपा), नेपालले ६ हजार ४१७,

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ६ हजार ३१६, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ९५० र जनमत पार्टीले ४ हजार ९६२ मत ल्याउँदा माओवादी केन्द्रले २ हजार ८४० मत पाएको थियो । माओवादी केन्द्र र यो क्षेत्रमा २४५ मत पाएको एकीकृत समाजवादी मिलेर नेकपा बनेको हो ।

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

देवेन्द्र पौडेल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित