जित निकाल्ने दोस्रो प्रयास
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका उनी अर्घाखाँचीमा रास्वपाको जिल्ला समिति र मातहतका समिति बनाउन लागिपरेका थिए ।
लेखक तथा मिडिया सञ्चालक ३७ वर्षीय भुसालले सन्धिखर्कमा आर्टस् व्यवसाय सञ्चालन गरेका छन् । लायन्स क्लब अर्घाखाँचीको संस्थापक अध्यक्ष रहेका भुसाल, अर्घाखाँची चेम्बर अफ कमर्शका महासचिव हुन् ।
२०७९ सालको निर्वाचनमा उनले प्रतिनिधिसभा सदस्यमै उम्मेदवारी दिएका थिए । त्यतिबेला उनले ३ हजार २०० मत पाएका थिए ।
समानुपातिकतर्फ रास्वपाले ८ हजार ९५१ मत ल्याएको थियो । समानुपातिकमा एमालेको मत ३७ हजार ४५० र कांग्रेसको मत २६ हजार ८६५ थियो ।
प्रत्यक्षमा एमालेका टोपबहादुर रायमाझी निर्वाचित हुँदा कांग्रेसकी पुष्पा भुसाल दोस्रो स्थानमा आएकी थिइन् ।
यसपटक कांग्रेसबाट विष्णुप्रसाद खनाल, एमालेबाट पीताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान, जनमोर्चाबाट पशुपतिनाथ ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल लगायतले उम्मेदवारी दिएका छन् ।
गत निर्वाचनमा पहिलो र दोस्रो स्थानमा आएको पार्टीको भन्दा मत अन्तर निकै कम भए पनि त्यतिबेलाको तुलनामा रास्वपाको संगठन विस्तार भएको छ । अन्य दलका उम्मेदवारले गठबन्धन नगर्नु भुसालका लागि अनुकूलता हुनसक्दछ ।
हरिप्रसाद भुसाल को उम्मेदवारि कस्तो लागयो ?


