Home Candidate हेमजङ्ग गुरुङ

लमजुङबाट कास्की–२ झरेका राप्रपा उपाध्यक्ष हेमजङ्ग

कास्की - २ उम्मेदवार

हेमजङ्ग गुरुङ

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , ६५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

सनातन हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डाले बोकेर मतदाताको घरदैलो पुगिरहेका छन्  हेमजङ्ग गुरुङ

०००

लमजुङमा राजनीति थालेर राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय उपाध्यक्षसम्म पुगेका हेमजङ्ग गुरुङ फागुन २१ गते हुने चुनावका कास्की–२ झरेर उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा चौथो बनेको राप्रपाबाट केन्द्रीय उपाध्यक्ष हेमजङ्गले राजसंस्था र हिन्दुराष्ट्रको नारा लगाउँदै मत मागिरहेका छन् ।

मर्स्याङ्दी गाउँपालिका घनपोखरामा जन्मिएका उनी २ कार्यकाल लमजुङको पार्टी अध्यक्ष भएका थिए । संघीय संरचनामा गएपछि गण्डकी पार्टी अध्यक्ष बनेका हेमजङ्ग केन्द्रीय समितिको विभिन्न तह पार गर्दै उपाध्यक्षसम्म पुगेका हुन् ।

केन्द्रीय संगठन विभाग प्रमुखसम्म भएका हेमजङ्गले स्पष्ट एजेण्डाका साथ चुनावी मैदानमा होमिने पार्टी नै राप्रपा भएको भन्दै भोट मागिरहेका छन् । इन्जिनियरिङका विद्यार्थी हेमजङ्ग २०६४ सालमै लमजुङबाट उम्मेदवार बनेका थिए, तर जित हासिल गर्न सकेनन् ।

जलविद्युतको क्षेत्रमा लगानी गरिरहेका हेमजङ्ग बुटवल पावर कम्पनीको सञ्चालक थिए भने राप्रपाबाट नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यसम्म भएका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा जिविस सभापतिसमेत बनेका हेमजङ्गले सनातन हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डाले आफ्नो पक्षमा मत तान्न खोजिरहेका छन् । तर, राप्रपा अघिल्लो पटकभन्दा पनि खस्किएको चुनावी माहोलले देखाएको छ । यसअघि यो क्षेत्रमा राप्रपाले ३ हजार मत ल्याएको थियो र यसपटक त्योभन्दा ठूलो मत आफ्नो पक्षमा आउने उनको दाबी छ ।

अनुकूलता :

व्यवस्था परिवर्तन पक्षधर मत तान्न सक्ने

जनप्रतिनिधि भएर काम गरेको अनुभव

विषय विज्ञ भएकाले मतदाताको विश्वास जित्न सक्ने

प्रतिकूलता :

लमजुङ छाडेर कास्की झरेका नयाँ उम्मेदवार

बलियो चुनावी एजेन्डाको अभाव

निरन्तर खस्कँदो जनमत

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

हेमजङ्ग गुरुङ को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित