अन्तिममा आएको अवसर
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नवलपरासी–२ मा लेखनाथ खरेललाई उम्मेदवार बनाएको छ । सुनवल–२, भुमही स्थायी बसोबास भएका खरेलको जन्म २०३१ सालमा भएको हो ।
प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका उनले २०४६ सालदेखि नेकपा (माले)बाट राजनीति शुरु गरेका हुन् । २०४७ मा अनेरास्ववियूको जिल्ला कमिटी सदस्य हुँदै युवा संघको लुम्बिनी प्रदेश कमिटी सचिव बनेका उनले २०६५ मा एमाले जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए । २०७३ देखि पार्टी जिल्ला सचिवालय सदस्य थिए ।
२०७९ सालमा तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेर सुनवल नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिए । आफ्नै पूर्व सहकर्मी सूर्य दुबेसँग ४ हजार ९०८ मतले पराजित भए ।
खरेल मोतीलाल बहुमुखी क्याम्पसको अध्यक्ष तथा सुनवल उद्योग वाणिज्य संघको उपाध्यक्ष समेत हुन् ।
२१ फागुनको निर्वाचनका लागि जिल्ला कमिटीले खरेलको नाम सिफारिश गरेको थिएन । सिफारिशमा नाम परेका जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदलले टिकट पाएका थिए । तर अन्तिम समयमा भगौतीले उम्मेदवारी नदिने भए । मनोनयन दर्ताको अघिल्लो दिन खरेलको उम्मेदवारी पक्का भयो ।
२०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ एमालेका दीपेन्द्रकुमार अधिकारी १४ हजार ५०२ मत सहित तेस्रो स्थानमा आएका थिए । समानुपातिकमा एमालेले १९ हजार ६७१ मत ल्याएको थियो ।
खरेलले राप्रपाका ध्रुवबहादुर प्रधान, कांग्रेसका भीमबहादुर थापा क्षेत्री, जसपा नेपालका देवेन्द्र यादव, नेपाली कम्युनिष्ट पार्टीका देवेन्द्र पौडेल, रास्वपाका नरेन्द्रकुमार गुप्ता लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।
लेखनाथ खरेल को उम्मेदवारि कस्तो लागयो ?


