Home Candidate मनऋषि धिताल

मनसँगै मत जित्ने पहिलो प्रयासमा मनऋषि

जुम्ला - १ उम्मेदवार

मनऋषि धिताल

प्रगतिशील लोकतान्त्रिक पार्टी
पुरुष , ४७ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार रहेका ४७ वर्षीय मनऋषि धिताल पूर्वपत्रकार तथा लेखक हुन् । उनी जुम्लाको सिञ्जा गाउँपालिकाको धिताललिही निवासी हुन् । स्थानीय स्तरमा शान्त र शालीन व्यक्तिका रूपमा चिनिन्छन् ।

तत्कालीन माओवादीले २०५२ सालदेखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धको रापताप र संकटपूर्ण समयमा ‘कलम’ लाई हतियार बनाएर परिवर्तनको पक्षमा उभिएका आवाजका रूपमा उनी परिचित छन् । जनयुद्ध ताका ‘जनादेश साप्ताहिक’का सम्पादक कृष्ण सेन इच्छुक बेपत्ता पारिए र पछि उनको हत्या भयो । त्यो अवस्थामा धितालले उक्त पत्रिकाको सम्पादकीय जिम्मेवारी सम्हालेका सम्हालेका थिए । सेना र प्रहरीको कडा निगरानीबीच भूमिगत शैलीमा पत्रिका प्रकाशन गर्नु आफैंमा चुनौती हुँदाहुँदै पनि उनले निरन्तरता दिए । 

धितालका अनुसार त्यसबेला उनी आफ्ना कतिपय लेख र रचनाहरू ‘गुफा प्रेस’ बाटै तयार पार्ने गर्थे । धितालले लेखेका जनयुद्धका कमान्डरहरू र छापामारहरूको यात्रालाई नजिकबाट नियाल्दै ‘गुफा प्रेसका चिठी’, ‘जलयात्रा’, ‘बेनी यात्रा’, ‘आधार यात्रा’, ‘राजमार्ग यात्रा’, ‘पिली यात्रा’ र ‘गण्डक यात्रा’ जस्ता करिब एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट राजनीति थालेका धिताल पछिल्लो समयमा नेकपा माओवादी र एकीकृत समाजवादी सहितको एकतामा सहभागी भएनन् । धिताल जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भए । 

२०७९ को प्रतिनिधिसभा निर्वाचनका तत्कालीन माओवादीका तर्फबट प्रतिनिधिसभा सदस्यको लागि धितालसहितका नेताहरू नरेश भण्डारी, डाक्टर कलबहादुर रोकाया, गोमा कुँवरको नाम सिफारिस भएको थियो । त्यसबेला गोमा कुँवरले टिकट पाइन् । कुँवरले चुनाव जित्न सकिनन् । 

यसपटक पार्टी फेरिएपछि धिताल उम्मेदवार भएका छन् । तत्कालीन माओवादीबाट बाहिरिएका धिताल जनार्दन शर्माको विश्वास पात्र पनि हुन् । अब उनलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध नहुनुको कारण चुनाजी नतिजाबाट जवाफ दिनुछ । विगतमा गरेका कार्य, लेखेका किताबाट जितेको मन मतमा बदलिने उनको विश्वास छ ।

व्यक्तिगत विवरण

नाम: मनऋषि धिताल

उमेर : ४७ वर्ष

स्थायी ठेगाना: सिञ्जा गाउँपालिकाको धिताललिही, जुम्ला

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • शान्त र शालीन व्यक्तिका रूपमा चिनिन्छन् ।
  • पूर्वपत्रकार समेत रहेका उनी नाम चलेका लेखक पनि हुन् ।
  • माओवादीको प्रभाव क्षेत्र हुनु र माओवादी नेतृत्वमा भएको सशस्त्र संघर्षमा उनी पनि सहभागी हुनुले त्यसको लिगेसी उनलाई पनि प्राप्त छ ।

प्रतिकूलता

  • पूर्वसहकर्मीहरूसँगै भिड्नुपर्ने अवस्था छ ।
  • पार्टी परिवर्तन गरेर अर्कै बाटो लागेकाले उनीमाथि प्रश्नहरू छन् ।
  • लामो समय जिल्ला बाहिरै रहेकाले जनस्तरसम्म प्रभाव कम देखिन्छ ।
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

मनऋषि धिताल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित