Home Candidate मोहन राज रेग्मी

राजनीतिलाई शुद्ध र रूपान्तरण गर्न आएका उम्मेदवार

काठमाडौं - १ उम्मेदवार

मोहन राज रेग्मी

नेकपा एमाले
पुरुष , ५६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

राजनीतिलाई शुद्ध र रूपान्तरण गर्न आफूले उम्मेदवारी दिएको उनी बताउँछन् ।

०००

काठमाडौं क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहनराज रेग्मी रहेका छन् । रेग्मी काठमाडौं महानगरपालिका–गणेशमार्गका स्थायी बासिन्दा हुन् । उनको जन्म २०२६ सालमा काठमाडौंमै भएको हो । उनका बुबाको नाम ऋषि राज रेग्मी र पत्नीको नाम पवित्रा अधिकारी रेग्मी हो ।

नेकपा (एमाले) ले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गर्ने क्रममा क्षेत्र नम्बर १ मा मोहनराज रेग्मीलाई उम्मेदवार बनाएको हो । पार्टीको काठमाडौं जिल्ला कमिटीको सिफारिसपछि केन्द्रीय तहबाट उनको उम्मेदवारी टुंगो लागेको हो ।

काठमाडौं–१ मा यसपटक बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा राप्रपाका रविन्द्र मिश्रदेखि नेपाली कांग्रेसका प्रबल थापासम्मका उम्मेदवार चुनावी मैदानमा छन् । यस्तो प्रतिस्पर्धाबीच एमाले उम्मेदवार रेग्मीले विकास र परिवर्तनका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी अभियान सञ्चालन गरिरहेको बताएका छन् ।

मनोनयन दर्ताका क्रममा उनले सिंहदरबारमा आगलागी भएको घटनालाई सन्दर्भ गर्दै पुनर्निर्माण, सुशासन र राष्ट्रिय एकताको पक्षमा आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

एमालेका मोहनराज रेग्मी पार्टीको लेखा आयोगका सदस्यसमेत हुन् । उम्मेदवारीको उद्देश्यबारे उनी भन्छन्, 'राजनीतिलाई शुद्ध र रूपान्तरण गर्न म उम्मेदवारी दिएर आएको हुँ । यस क्षेत्रमा बुद्धिजीवीदेखि भूमिहीन नागरिकसम्म बसोबास गर्छन् । सबैका समस्या थाहा छ । नवीन सोचका साथ अघि बढ्ने एजेन्डा मेरो छ ।'

अनुकूलता

  • एमालेको संगठनात्मक समर्थन र पार्टी अनुभव
  • काठमाडौं–१ को भौगोलिक र सामाजिक विविधताबारे बुझाइ
  • ‘राजनीति शुद्धीकरण’ र विकास–परिवर्तनजस्ता स्पष्ट एजेन्डा

प्रतिकूलता

  • बहुपक्षीय र कडा प्रतिस्पर्धाका कारण मत विभाजनको सम्भावना
  • काठमाडौं–१ मा स्वतन्त्र र वैकल्पिक राजनीतिक धार बलियो हुनु
  • मतदातामाझ नयाँपन र व्यक्तिगत राजनीतिक पहिचान अझ प्रष्ट स्थापित गर्नुपर्ने चुनौती

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

मोहन राज रेग्मी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित