संगठन अनुभवसहित सुशासन र युवामैत्री एजेन्डा बोकेर मैदानमा
पौडेलको राजनीतिक यात्रा २०५५ सालमा अनेरास्ववियुबाट सुरु भएको हो । २०६० मा पार्टीको संगठित सदस्यता प्राप्त गरेपछि उनी निरन्तर संगठन निर्माणमा सक्रिय होमिए । युवा संघ नेपालको विभिन्न जिम्मेवारी सम्हाल्दै उनी काठमाडौं जिल्ला अध्यक्ष, सचिव, प्रदेश उपप्रमुख, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्य बने ।
०००
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि नितेश पौडेल उम्मेदवार बनेका छन् । कम्युनिस्ट आन्दोलन, पार्टी संगठन र राज्य सञ्चालनको अनुभव बोकेका पौडेललाई नेकपाले उम्मेदवार बनाएको हो ।
काठमाडौं महानगरपालिका-३२, कोटेश्वर बालकुमारीस्थित फूलबारी टोलमा बस्दै आएका पौडेल २०४४ माघ १५ मा जन्मिएका हुन् । स्नातक तह उत्तीर्ण गरेका पौडेल हाल नेकपाको केन्द्रीय समिति सदस्य छन् ।
नितेश पौडेलले २०६० सालदेखि तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपालको सचिवालयमा रहेर काम गरेका थिए ।
२०६६ जेठ ११ देखि २०६७ माघसम्म उनले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको सचिवालयमा काम गरे । ‘त्यो समयमा उनले राज्य सञ्चालन, नीति निर्माण र प्रशासनिक प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर पाएँ,’ उनले भने ।
पौडेलको राजनीतिक यात्रा २०५५ सालमा अनेरास्ववियुबाट सुरु भएको हो । २०६० सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेपछि उनी निरन्तर संगठन निर्माणमा सक्रिय होमिए । युवा संघ नेपालको विभिन्न जिम्मेवारी सम्हाल्दै उनी काठमाडौं जिल्ला अध्यक्ष, सचिव, प्रदेश उपप्रमुख, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्य बने ।
२०७३ सालमा युवा संघ नेपालको प्रदेश नं. ३ को उपप्रमुख बनेका पौडेल २०७५ सालमा नेकपा गठनपश्चात् राष्ट्रिय युवा संघ नेपालको एकता वार्ता कमिटी सदस्यमा थिए ।
पार्टी विभाजनपछि २०७८ सालमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद् सदस्य, युवा संघ नेपालको उपाध्यक्ष बने । २०७८ बागमती प्रदेश कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नं. २ का इञ्चार्ज रहेका पौडेल २०८० सालमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी सदस्य मा निर्वाचित भए । त्यसपछि उनी काठमाडौं जिल्ला कमिटी सह–इञ्चार्ज, निर्वाचन क्षेत्र नं. २ का इञ्चार्ज, युवा संघ नेपालको केन्द्रीय संयोजक तथा पार्टी महाधिवेशन प्रतिनिधिसमेत बने ।
२०८२ कात्तिक १९ गते पार्टी एकता पश्चात उनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति सदस्य बने । पौडेल काठमाडौं–२ का मतदातासामु सुशासन, सामाजिक न्याय, रोजगारी र युवामैत्री नीतिलाई प्रमुख एजेन्डा बनाएका छन् ।
काठमाडौं-२ मा एमालेका मणिराम फुयाल, काग्रेसका कबिर शर्मा, रास्वपाका सुनिल केसी, राप्रपाकी कुन्तीदेवी पोखरेल लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा ८८ हजार ७०८ मतदाता छन् ।
२०७९ सालको चुनावमा काठमाडौं-२ बाट रास्वपाकी सोविता गौतमले १५ हजार २३८ मत लयार विजयी भएकी थिइन् । एमालेका मणिराम फुँयालले ११ हजार ५६६, राप्रपाकी कुन्ती पोखरेलले ११ हजार २४ र तत्कालीन माओवादी केन्द्रकी ओनसरी घर्तीले ९ हजार ४५९ मत ल्याएकी थिइन् ।
अनुकूलता:
- विद्यार्थी राजनीतिदेखि केन्द्रीय समितिसम्मको संगठन अनुभव
- प्रधानमन्त्री तथा महासचिवको सचिवालयमा काम गरेको अनुभव
- युवा र समकालीन एजेन्डामा केन्द्रित
प्रतिकूलता
- कडा प्रतिस्पर्धा –एमाले, कांग्रेस, रास्वपाले जितेको ठाउँ
- गत निर्वाचनको नतिजाको दबाब
- पार्टी विभाजन र एकतापछिको प्रभाव
नितेश पौडेल को उम्मेदवारि कस्तो लागयो ?



