Home Candidate प्रदिप यादव

ह्याट्रिकको प्रयासमा प्रदीप यादव

पर्सा - १ उम्मेदवार

प्रदिप यादव

नेकपा एमाले
पुरुष , ५० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

५० वर्षीय यादव लगातार तेस्रो पटक निर्वाचन जित्ने (ह्याट्रिक) रणनीतिसहित चुनावी मैदानमा छन्। उनी यसअघि पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी राजनीतिज्ञ हुन्। स्वास्थ्य तथा जनसंख्या, खानेपानी तथा वन तथा वातावरण मन्त्रालयको नेतृत्व उनले गरिसकेका छन्।

०००

प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । हालै जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका यादव यसपटक सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धामा उत्रिएका हुन्।

५० वर्षीय यादव लगातार तेस्रो पटक निर्वाचन जित्ने (ह्याट्रिक) रणनीतिसहित चुनावी मैदानमा छन्। उनी यसअघि पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी राजनीतिज्ञ हुन्। स्वास्थ्य तथा जनसंख्या, खानेपानी तथा वन तथा वातावरण मन्त्रालयको नेतृत्व उनले गरिसकेका छन्।

स्नातक तहसम्म अध्ययन गरेका यादव वीरगन्ज मनियारीका स्थानीय बासिन्दा हुन्। २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले पर्सा–१ बाटै जसपाको तर्फबाट ढल्केको छाता चुनाव चिह्न प्रयोग गर्दै विजयी भएका थिए।

२०७९ सालको निर्वाचनमा यादवले २२ हजार ५३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीले २० हजार ९१७ मत ल्याएका थिए ।

त्यस्तै, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले २१ हजार १३२ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रुंगटालाई पराजित गरेका थिए, जसले १६ हजार ४८१ मत प्राप्त गरेका थिए।

पर्सा–१ बाट निरन्तर विजयी हुँदै आएका यादव एमाले प्रवेश गरेपछि पार्टीले उनलाई यही क्षेत्रबाट उम्मेदवार बनाएको हो। यद्यपि, पटक–पटक पार्टी परिवर्तन गरेको विषयले यस निर्वाचनमा केही प्रभाव पार्ला कि उनले इतिहास दोहोर्‍याउलान् चुनावले भन्नेछ ।

यसपटक उनका मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका अनिलकुमार रुंगटा र जसपाका रामनरेश यादवलाई हेरिएको छ।

अनुकूलता

  • लगातार दुई निर्वाचन जितेको अनुभव
  • पटक-पटक मन्त्री बनेर कार्य गरेको अनुभव । 
  • वीरगञ्ज क्षेत्रमै लामो समयदेखि राजनीतिमा सक्रिय ।

प्रतिकूलता

  • पार्टी परिवर्तनको असर, जसपा छाडेर एमाले प्रवेश गर्दा मतदाता आधारमा प्रभाव पर्न सक्ने सम्भावना।
  • बलियो प्रतिस्पर्धा कांग्रेस, जसपा र अन्य उम्मेदवारसँग कडा चुनावी प्रतिस्पर्धा।
  • लगातार तेस्रो जितका कारण अपेक्षा र राजनीतिक दबाब उच्च।
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

प्रदिप यादव को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित