Home Candidate प्रकाश शाही

बुलेटबाट ब्यालेटतर्फ

दाङ - १ उम्मेदवार

प्रकाश शाही

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
पुरुष , ४० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)बाट दाङ–१ मा प्रकाश शाहीले उम्मेदवारी दिएका छन् । २०४२ सालमा राप्ती गाउँपालिकाको नयाँबस्तीमा जन्मेका शाही माओवादी केन्द्रीय सदस्य हुन् ।

२०५८ सालमा अखिल क्रान्तिकारीको श्री मावि मौरीघाट इकाइ कमिटीको अध्यक्षबाट राजनीति शुरू गरेका शाही २०६३ मा जिल्ला सदस्य बनेका थिए । २०६९ मा मोहन वैद्यको नेतृत्वमा माओवादी विभाजित भयो ।

उनी वैद्य पक्षीय विद्यार्थी संगठनको जिल्ला उपाध्यक्ष र २०७० मा जिल्ला अध्यक्ष बने । त्यही वर्ष नेत्रविक्रम नेतृत्वको नेकपामा प्रवेश गरे । त्यही पार्टीको विद्यार्थी संगठनमा २०७४ मा महासचिव बने । त्यसको चार वर्षपछि विद्यार्थी संगठनको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा पुुगे । 

दाङको महेन्द्र बहुुमुुखी क्याम्पसबाट स्नातकोत्तर उत्तीर्ण उनी त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्दैछन् । 

सशस्त्र विद्रोहको अनुभवलाई उनी संसद्मा प्रयोग गर्न चाहन्छन् । त्यसैले त उनी दाङ–१ मा गुलाफको फूल चिह्न लिएर आएका छन् ।

पहिलो पटक संसदीय राजनीतिमा आएका शाहीले एमालेका रेवतीरमण शर्मा, कांग्रेसका योगेन्द्र चौधरी, नेकपाका मेटमणि चौधरी, रास्वपाका देवराज पाठक लगायत प्रतिस्पर्धी पाएका छन् । 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

प्रकाश शाही को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित