सामाजिक अभियानबाट राजनीतिमा
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रौतहट क्षेत्र नं ३ मा पुनम देवीले उम्मेदवारी पाएकी छन्। नेकपाले तत्कालीन माओवादीका पूर्व नेता प्रभु साहसँग प्रतिस्पर्धा गर्न युवा नेतृ पुनमलाई मैदानमा उतारेको हो।
३९ वर्षीया पुनम देवी रौतहटको फतुवा विजयपुर नगरपालिकाकी स्थानीय हुन् । ‘प्लस टु’सम्म अध्ययन गरेकी उनी यसपटक तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहितका दल मिलेर बनेको नेकपाको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएकी छन् ।
२०७९ सालको निर्वाचनमा यसै क्षेत्रमा प्रभु साह ३२ हजार ४३७ मतसहित विजयी भएका थिए भने स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार २०० मत ल्याएका थिए ।
त्यस्तै, माओवादी केन्द्रका रविन्द्र पटेलले ८ हजार ५५८ मत प्राप्त गरेका थिए । यही राजनीतिक पृष्ठभूमिमा पुनम देवीले आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्दै चुनौती दिएकी छन् ।
स्थानीय स्तरमा पुनमको पहिचान धर्म, संस्कृति र सामाजिक गतिविधिसँग जोडिएको छ । मधेशमा छोरीहरूलाई अगाडि बढ्न दिइँदैन भन्ने स्थापित भाष्य तोड्न आफैं अघि बढेको उनी बताउँछिन् । विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएकी पुनमले समाज परिवर्तनका लागि राजनीतिलाई माध्यम बनाएको दाबी गर्छिन्।
अनुकूलता
- सामाजिक अभियान्ताको पहिचान
- महिला तथा युवा प्रतिनिधित्व
- पार्टी संगठनको साथ
प्रतिकूलता
- पहिलो पटक प्रत्यक्ष संसदीय निर्वाचनमा प्रतिस्पर्धा
- बलियो प्रतिस्पर्धी
- सीमित पहुँच
पुनम देवी को उम्मेदवारि कस्तो लागयो ?




