Home Candidate राम नारायण अधिकारी

प्रदेशसभामा पराजित अधिकारी प्रतिनिधिसभाको दौडमा

सिन्धुली - १ उम्मेदवार

राम नारायण अधिकारी

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , ४१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

यसअघिको निर्वाचनमा राप्रपाबाट प्रदेशसभाका लागि सिन्धुली १ (क) बाट प्रतिस्पर्धा गरेर पराजित भएका अधिकारी यसपटक प्रतिनिधिसभाको दौडमा छन् ।

०००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् रामनारायण अधिकारी ।

४१ वर्षीय अधिकारीको जन्म सिन्धुलीमै भएको हो । उनको स्थायी ठेगाना सिन्धुलीको दुधौली नगरपालिका जितपुर हो ।

अधिकारीका पिता रामलखन अधिकारी हुन् भने बविता अधिकारी हुन् ।

सिन्धुलीमै जन्मे-हुर्केको हुनाले मतदातासँग उनले प्रत्यक्ष सम्बन्ध कायम राखेका छन् । उनी आफ्नो क्षेत्रको समस्या बुझ्ने र सामाजिक काममा समय लगाउने व्यक्तिका रूपमा परिचित छन् ।

उनी उम्मेदवार बनेको सिन्धुली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, एमाले, रास्वपा लगायत प्र्रतिस्पर्धामा छन् ।

कांग्रेसबाट उज्वल बराल, एमालेबाट प्रदीप कटुवाल, रास्वपाबाट धनेन्द्र कार्की, नेकपाबाट डेकेन्द्र सुवेदी उनका प्रमुख प्रतिस्पर्धी हुन् ।

कांग्रेस, एमाले, नेकपा जस्ता ठूला दलका साथै नयाँ भनिएको दल रास्वपासँगको प्रतिस्पर्धा अधिकारीका लागि चुनौती हो ।

यसअघिको निर्वाचनमा पनि उनी राप्रपाबाट प्रदेशसभाका लागि सिन्धुली १ (क) बाट प्रतिस्पर्धा गरेका थिए । त्यसबेला २०९२ मत पाएर पराजय बेहोरेका उनी यसपटक प्रतिनिधिसभाको दौडमा छन् ।

अनुकूलता

  • स्थानीय पहिचान र जन्मभूमि
  • संगठन र मतदाताको मनोविज्ञानबारे अनुभव।
  • असन्तुष्ट मतदातामा राप्रपाप्रतिको आकर्षण

प्रतिकूलता

  • अघिल्लो निर्वाचनमा पराजय
  • ठूला दलसँग कडा प्रतिस्पर्धा
  • राप्रपाको सीमित संगठनात्मक पहुँच

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

राम नारायण अधिकारी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित