Home Candidate रामबहादुर चौहान

एमालेबाट उदाएका चौहान, नेकपाको उम्मेदवार

अर्घाखाँची - १ उम्मेदवार

रामबहादुर चौहान

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ५६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रामबहादुर चौहानको राजनीतिक यात्रा नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुबाट शुरु भएको हो । चौहान पहिलो पटक संसदीय चुनाव लड्दैछन् ।

सन्धिखर्कस्थित पाणिनि बहुमुखी क्याम्पसको स्ववियू सभापति, अखिल जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुँदै युवा संघको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बनेका थिए । अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्रको पनि लामो समय अध्यक्ष भएर काम गरेका थिए । उनी नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्व उपाध्यक्ष हुन् ।

एमालेको जिल्ला सचिव रहिसकेका चौहान नेकपा (एकीकृत समाजवादी) को जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बने । माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत मिलेर बनेको नेकपामा केन्द्रीय सदस्य छन् ।

२०७९ मा समानुपातिकमा माओवादी केन्द्रले ७ हजार ३४२ र एकीकृत समाजवादीले १ हजार ६७ मत पाएको थियो ।

त्यस्तै, एमालेको समानुपातिक मत ३७ हजार ४५०, कांग्रेसको २६ हजार ८६५, राष्ट्रिय स्वतन्त्र पार्टीको ८ हजार ९५१ र जनमोर्चाको ५ हजार ३२७ थियो । जित निकाल्न चौहानले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रामबहादुर चौहान को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित