Home Candidate रमेश प्रसाद यादव

मधेस आन्दोलनदेखि संसदीय अभ्याससम्मको अनुभव बोकेर प्रतिस्पर्धामा

बारा - २ उम्मेदवार

रमेश प्रसाद यादव

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ५९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि रमेशप्रसाद यादवलाई उम्मेदवार बनाएको छ। विभिन्न चरणका राजनीतिक आन्दोलन, मधेस केन्द्रित दल र संसदीय अभ्यासको अनुभव बोकेका यादवलाई पार्टीले अनुभवी नेताका रूपमा चुनावी मैदानमा उतारेको हो।

बारा जिल्लाको महागढीमाई नगरपालिका–६ मा स्थायी बसोबास गर्दै आएका यादवको जन्म वि.सं. २०२३ साल पुस १२ गते भएको हो। विष्णु यादव र पार्वती देवीका सुपुत्र यादवले आईएसम्मको अध्ययन गरेका छन् ।

यादवको राजनीतिक यात्रा वि.सं. २०५९ सालमा सद्भावना परिषद्मा आबद्ध भएसँगै सुरु भएको हो। २०६१ सालमा राजकाज मुद्दा लागेपछि उनी भारत पलायन हुन बाध्य भए । सोही अवधिमा उनले भारतमै आईए अध्ययन पूरा गरेका थिए।

२०६६ सालपछि उनी सद्भावना पार्टीको केन्द्रीय सदस्य बनेर सक्रिय भए। २०७४ सालको स्थानीय तह निर्वाचनमा बारा जिल्लाको पथरहटी गाविस अध्यक्ष पदका उम्मेद्वार बनेका यादव पराजित भए ।

२०७६ सालमा माओवादी केन्द्र निकट मधेसी मुक्ति मोर्चामा आबद्ध भएका उनी २०७७ सालमा करिब ६ महिना भूमिगतसमेत भएका थिए।

२०६६ सालपछि उनी सद्भावना पार्टीको केन्द्रीय सदस्य बनेर सक्रिय भए। २०७४ सालको स्थानीय तह निर्वाचनमा बारा जिल्लाको पथरहटी गाविस अध्यक्ष पदका उम्मेदवार बनेका यादव पराजित भए ।

२०७९ सालमा डा. बाबुराम भट्टराईलाई भारतमै भेटेर माओवादीसँगको आबद्धता अन्त्य गर्दै स्वदेश फर्किएका यादव २०७९/८० को जनआन्दोलनपछि पुनः सद्भावना पार्टीमार्फत राजनीतिमा सक्रिय भए । २०७५ सालमा महेन्द्र राय यादवको अध्यक्षतामा गठित तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) नेपालमा आबद्ध भएका उनी २०७६ सालमा पार्टी महासचिव बने।

२०७७ सालमा मधेस केन्द्रित दलहरूको एकीकरणबाट बनेको राष्ट्रिय जनता पार्टीको केन्द्रीय उपाध्यक्ष बनेका यादव २०७८ सालमा नेपाल समाजवादी पार्टीको केन्द्रीय महासचिवको जिम्मेवारी सम्हाले ।

२०८० सालमा नेपाल कम्युनिस्ट पार्टीमा समाहित भई हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका छन्।

संसदीय यात्रामा यादव २०७४ सालमा मधेस प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए। लामो राजनीतिक संघर्ष, संगठनात्मक अनुभव र संसदीय अभ्यासका आधारमा उनलाई नेकपाले बारा–२ का प्रभावशाली उम्मेद्वारका रूपमा अघि सारेको छ।

अनुकूलता

  • आन्दोलन, मधेस राजनीति र संसदीय अभ्यासको संयोजन
  • राष्ट्रिय सभा सदस्यको अनुभव
  • पहिचान, अधिकार र प्रतिनिधित्वका सवालमा निरन्तर सक्रिय

प्रतिकूलता

  • बारम्बार दल परिवर्तनका कारण राजनीतिक स्थिरतामाथि प्रश्न उठ्न सक्ने
  • स्थानीय निर्वाचनमा पराजयको इतिहास
  • ठूला दल र स्थापित उम्मेद्वारसँग प्रत्यक्ष भिडन्त
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रमेश प्रसाद यादव को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित