Home Candidate शालिकराम अधिकारी

स्थानीय सरकारको अनुभव, प्रतिनिधिसभामा उम्मेदवारी

बर्दिया - १ उम्मेदवार

शालिकराम अधिकारी

नेकपा एमाले
पुरुष , ५६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेकपा (एमाले)बाट बर्दिया–१ मा उठेका शालिकराम अधिकारी २०२६ सालमा चितवनमा जन्मिएका हुन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ६ निवासी उनले बिकम गरेका छन् ।

अधिकारीले राजनीतिक यात्रा २०३९ सालमा अंशुवर्मा माध्यमिक विद्यालय, जयनगरबाट गरेका हुन् । २०४१ सालमा शारदा माध्यमिक विद्यालय, मैनापोखरामा अनेरास्ववियूको प्रारम्भिक कमिटीमा आबद्ध भए । २०४२ सालमा स्थानीय निर्वाचनमा जनपक्षीय उम्मेदवार जिताउन भूमिका खेले ।

२०४४ सालमा अनेरास्ववियु बर्दियाको जिल्ला सदस्यमा निर्वाचित अधिकारी २०४६ सालमा महेन्द्र बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटीको सचिव भए । जागिरको सिलसिलामा सुर्खेत गएपछि २०४९ सालमा अनेरास्ववियु सुर्खेतको सचिव र २०५० सालमा अध्यक्ष भएका थिए  । 

२०४८/४९ सालमा बर्दियामा भएको मुक्त कमैया सुकुम्बासी आन्दोलनमा सहभागी भएका थिए । २०५१ सालमा एमाले सुर्खेतबाट पार्टी सदस्यता प्राप्त गरे । २०५६ सालमा एमाले बर्दियाको जिल्ला कमिटी सदस्य बनेका उनले बर्दिया एमालेको सातौं र आठौं अधिवेशनबाट जिल्ला सचिवको जिम्मेवारी पाए । नवौं अधिवेशनबाट जिल्ला उपाध्यक्ष र दशौं अधिवेशनबाट अध्यक्ष निर्वाचित भए ।

२०५४ सालको स्थानीय तहको निर्वाचनमा साविक मोतिपुर गाविस वडा नं ७ को वडा सदस्यमा निर्वाचित भए । त्यसको दुई दशकपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बाँसगढी नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भए ।

२०७९ सालको प्रदेश सभा निर्वाचनमा अधिकारी बर्दिया निर्वाचन क्षेत्र नं १ (१) बाट उम्मेदवार भएका थिए । सत्ता गठबन्धनबाट उठेका कांग्रेसका भुवनेश्वर चौधरीले उनलाई ११९ मतको झिनो अन्तरले पराजित गरेका थिए ।

गत निर्वाचनमा एमालेका उम्मेदवार दोस्रो स्थानमा आउँदा प्रत्यक्षतर्फ कांग्रेसका सञ्जय गौतम निर्वाचित भएका थिए । कांग्रेसबाट गौतमले पुनः उम्मेदवारी दिएका छन् । तेस्रो स्थानमा आएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ठाकुरसिंह थारू पार्टी परिवर्तन गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उठेका छन् ।

२०७९ को समानुपातिक मत हेर्दा एमाले सबैभन्दा ठूलो पार्टी हो । एमालेले २२ हजार ९०४, नाउपाले २२ हजार ८७१, कांग्रेसले १८ हजार २३०, माओवादी केन्द्रले ११ हजार ९३९, रास्वपाले ११ हजार ९ र राप्रपाले ४ हजार ७ मत पाएको थियो ।

प्रस्तुतीः यज्ञ सापकोटा

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

शालिकराम अधिकारी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित