व्यावसायिक क्षेत्रबाट राजनीतिक यात्रामा
बुढाथोकी राजनीतिसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा पनि सक्रिय छन्। उनले निजगढ उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी दुई कार्यकाल (२०७४ देखि २०७८) सम्म सम्हालिसकेका छन्।
०००
नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि शम्भु बुढाथोकीलाई उम्मेदवार बनाएको छ। पार्टी संगठन, उद्योग–व्यवसाय र सामाजिक सेवामा लामो समयदेखि सक्रिय बुढाथोकीलाई कांग्रेसले भरोसायोग्य उम्मेलपाका रूपमा अघि सारेको हो।
२०३४ साल चैत २४ गते बाराको निजगढ नगरपालिकामा जन्मिएका बुढाथोकी भक्तबहादुर बुढाथोकी र भगवती बुढाथोकीका सुपुत्र हुन्।
आधारभूत तह (कक्षा ८) सम्मको औपचारिक शिक्षा हासिल गरेका उनी पेसाले ठेक्का–पट्टासँग आबद्ध व्यवसायी हुन्। व्यावसायिक अनुभवसँगै उनले राजनीति र सामाजिक क्षेत्रलाई पनि सँगसँगै अघि बढाउँदै आएका छन्।
बुढाथोकीको राजनीतिक यात्रा नेपाली कांग्रेसको संगठन निर्माणसँग नजिकबाट जोडिएको छ। उनी नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
१४औँ महाधिवेशनमा बारा जिल्ला सभापति पदका उम्मेदवार बनेका उनी पराजित भए पनि संगठन भित्र सक्रिय भूमिकामा रहे।
१३औँ महाधिवेशनपछि उनी बारा जिल्लाको संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहे भने ११औँ र १२औँ महाधिवेशनबाट जिल्ला समिति सदस्यसमेत निर्वाचित भएका थिए।
२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा जिल्लाको तत्कालीन क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका बुढाथोकी उक्त निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलसँग पराजित भएका थिए।
बुढाथोकी राजनीतिसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा पनि सक्रिय छन्। उनले निजगढ उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी दुई कार्यकाल (२०७४ देखि २०७८) सम्म सम्हालिसकेका छन्। साथै रेडक्रस, सहकारीलगायत विभिन्न स्थानीय संघ–संस्थामार्फत निजगढ क्षेत्रमा लामो समयदेखि सामाजिक सेवामा संलग्न रहँदै आएका छन्।
अनुकूलता
- निजगढ केन्द्रित उद्योग, व्यापार र सामाजिक क्षेत्रमा लामो संलग्नता
- केन्द्रीय सदस्यदेखि जिल्ला तहसम्म संगठन सञ्चालनको अनुभव
- व्यावसायिक पृष्ठभूमि
प्रतिकूलता
- संसदीय अनुभवको अभाव
- अघिल्लो निर्वाचनमा पराजय
- प्रतिस्पर्धी क्षेत्र
शम्भु बहादुर बुढाथोकी को उम्मेदवारि कस्तो लागयो ?

