Home Candidate श्‍यामबाबु गुप्ता

सामाजिक अभियानबाट राजनीतिमा

बारा - ४ उम्मेदवार

श्‍यामबाबु गुप्ता

नेपाली कांग्रेस
पुरुष , ४१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका गुप्ता बारा जिल्लामा सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय छन् ।

०००

नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा श्यामबाबु गुप्तालाई अघि सारेको छ।

गुप्ताको जन्म २०५१ असार १ गते बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–२, सिमरामा भएको हो। उनी बाबु विनोदप्रसाद गुप्ता र आमा मञ्जुदेवी गुप्ताका सुपुत्र हुन्। प्लस–टु तहसम्म अध्ययन गरेका गुप्ता विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन्।

विद्यार्थी राजनीतिबाट नेविसंघमा आबद्ध भएका गुप्ता तत्कालीन सिमरा गाउँ विकास समितिको तरुण दल सभापति तथा सिमरा गाविस पार्टी उपसभापतिसमेत रहेका थिए ।

जीतपुर–सिमरा उपमहानगरपालिका बन्नुअघि गढीमाई नगरपालिकाको नेपाली कांग्रेस सभापतिमा निर्वाचित भएका उनी पार्टी संगठन निर्माणमा अग्रसर रहँदै आएका छन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा निर्वाचित गुप्ता मधेशमा पहिलोपटक विशेष महाधिवेशन अभियान सञ्चालन गर्ने अभियन्ताका रूपमा पनि परिचित छन्। विशेष महाधिवेशन सफल बनाउन उनको नेतृत्वदायी भूमिका रहेको थियो।

जीवनमा पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका गुप्ता बारा जिल्लामा सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय छन् ।

उनले क्लिन सोसाइटी बारामार्फत वातावरण संरक्षण तथा औद्योगिक प्रदूषणविरुद्धका अभियानको नेतृत्व गरेका छन्।

साथै, उनले धार्मिक तथा सामाजिक कार्यका लागि जग्गादान, विभिन्न संघ–संस्था र परोपकारी गतिविधिको सुरुआत, स्थापना र सञ्चालनमा समेत सहयोग पुर्‍याउँदै आएका छन्।

‘बारा-४ लाई परिवर्तन चाहिन्छ, अबको पालो युवाको हो’ भन्ने सन्देशसहित अघि बढिरहेका गुप्ता स्थानीय स्तरमा समाजसेवा र युवा केन्द्रित अभियानमा सक्रिय रहँदै आएका छन्। यही आधारमा नेपाली कांग्रेसले उनलाई युवा तथा स्थानीय तहमा आधारित उम्मेदवारका रूपमा अघि सारेको हो।

अनुकूलता

  • युवा र स्थानीय तहमा बलियो पकड
  • पार्टी संगठनमा सक्रिय भूमिका
  • सामाजिक र वातावरणीय अभियानमा संलग्नता

प्रतिकूलता

  • संसदीय अनुभवको अभाव
  • राष्ट्रिय स्तरको सीमित पहिचान
  • अनुभवी प्रतिस्पर्धीसँग टक्कर
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

श्‍यामबाबु गुप्ता को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित