Home Candidate सुरेश रिजाल

विरासत र संगठनको बल

धादिङ - २ उम्मेदवार

सुरेश रिजाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , ४९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

राप्रपाको विरासत र संगठनात्मक अनुभव बोकेका सुरेश रिजाल धादिङ-२ मा पहिलो पटक प्रतिनिधिसभा यात्राको चुनौतीमा छन् ।

०००

सुरेश नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार छन् । २०३६ सालमा जन्मिएका रिजाल नीलकण्ठ नगरपालिका-८ का स्थायी बासिन्दा हुन् ।

राप्रपाको राजनीतिक यात्रामा उनी पारिवारिक विरासतबाट प्रेरित छन् । पार्टी स्थापनामा महत्वपूर्ण भूमिका खेलेका तत्कालीन प्रधानपञ्च तथा शिक्षासेवी पिता स्व. गोपीनाथ रिजालको प्रेरणाबाट उनले राप्रपाको राजनीतिमा पाइला टेकेका हुन् । हाल उनी राजनीति र व्यवसाय दुवैलाई सँगसँगै अघि बढाइरहेका छन् ।

२०७२ को भूकम्पपछि उद्धार कार्य र घाइतेको उपचारका लागि आफ्नो निजी सवारी साधन निःशुल्क उपलब्ध गराएर चर्चामा आएका रिजाल सामाजिक सेवामा पनि सक्रिय देखिन्छन् । राजनीति र समाजसेवासँगै उनी अटो व्यवसायमा समेत संलग्न छन् ।

२०४७ सालमा राप्रपाको सक्रिय सदस्यता लिएका रिजाल २०४८ मा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन धादिङका सचिव बने । त्यसपछि २०५२ मा जिल्ला अध्यक्ष र २०६१ मा तत्कालीन धादिङ क्षेत्र नम्बर २ मा क्षेत्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरे ।

२०७० देखि २०७८ सम्म राप्रपाको कार्यालय सचिवको भूमिकामा रहेका रिजाल २०८० यता जिल्ला कार्यसमिति सदस्यका रूपमा सक्रिय छन् ।

पञ्चायतकालदेखि नै धादिङको राजनीतिमा राप्रपाको उल्लेखनीय पहुँच रहँदै आएको छ । राप्रपाबाट निर्वाचित नेता बुद्धिमान तामाङ पटक-पटक मन्त्रीसमेत बनेका थिए । उनै तामाङको राजनीतिक विरासतलाई पछ्याउँदै रिजाल यस पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।

यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पनि बुद्धिमान तामाङ नै राप्रपाबाट उम्मेदवार बन्ने चर्चा र सिफारिसबीच मनोनयनको दिन नजिकिँदा तामाङ पछि हटेपछि रिजाललाई अवसर प्राप्त भएको हो ।

२०७९ को प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘२’ बाट राप्रपाका उम्मेदवार डम्बरबहादुर तामाङ विजयी भएका थिए, यद्यपि उक्त निर्वाचनमा नेकपा एमालेको समर्थन रहेको थियो ।

प्रतिनिधिसभातर्फ भने यसअघि बुद्धिमान तामाङ र २०७४ मा गाउँपालिका उपाध्यक्ष रहेकी तथा समानुपातिक सांसद विना तामाङ निर्वाचित भएका थिए । यस पटक रिजालका लागि ठूला दलका उम्मेदवारलाई पराजित गर्नु मुख्य चुनौतीका रूपमा देखिन्छ ।

अनुकूलता

  • लामो समयदेखिको पार्टी संगठन अनुभव र निरन्तर सक्रियता
  • सामाजिक सेवा र भूकम्पपछिको योगदानले बनाएको सकारात्मक छवि
  • धादिङमा राप्रपाको ऐतिहासिक राजनीतिक आधार

प्रतिकूलता

  • ठूला दलका उम्मेदवारसँग कडा प्रतिस्पर्धा
  • प्रतिनिधिसभा निर्वाचनको पहिलो प्रत्यक्ष अनुभव
  • स्थापित नेताको छायाबाट बाहिर निस्कनुपर्ने दबाब
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

सुरेश रिजाल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित