Home Candidate टेक बहादुर सिंह ठकुरी

रास्वपाका टेकबहादुरलाई कांग्रेसको भर

सुर्खेत - १ उम्मेदवार

टेक बहादुर सिंह ठकुरी

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ५४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

५४ वर्षीय टेकबहादुर सिंह २०४८ सालदेखि राजनीतिमा छन् । २०२८ साल जेठ ११ गते सुर्खेतको सिम्ता गाउँपालिका रोटीडेरामा जन्मिएका टेकबहादुरले कांग्रेसबाट राजनीतिक जीवन सुरु गरे । विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा जोडिएर २०४८ को चुनावी प्रचारमा हिँडे ।

त्यसबेला सुर्खेतमा कांग्रेसबाट उम्मेदवार थिए– पूर्णबहादुर खड्का । पूर्णबहादुरले चुनाव जिते । त्यसपछाडिका आम निर्वाचन २०५१, २०५६, २०७०, २०७९ मा पनि पूर्णबहादुर नै उम्मेददवार भए र चुनाज जिते । पूर्णबहादुर सबै चुनावी प्रचारमा खटिएका नेता हुन्– टेकबहादुर ।
यसपटकको चुनावमा टेकबहादुर आफैँ उम्मेदवार छन् । २६ मंसिर २०८२ मा कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका थिए । उनैलाई रास्वपाले उम्मेदवार बनायो ।

‘पार्टीमा लागेपछि कुनै न कुनै बेला अवसर पाइएला भन्ने जो कोही कार्यकर्तालाई हुन्छ । म मा नहुने कुरै भएन’ पार्टी छाड्नुको कारणबारे उनी भन्छन्, ‘तर, सोचे जस्तो हुँदो रहेनछ ।’

कांग्रेसमै बसिरहेको भए आफू उम्मेदवार हुने पालै नआउने उनको दाबी छ । उनकाअनुसार कांग्रेसको नेतृत्व नबदलिएको भए फेरि पनि सुर्खेत १ मा कांग्रेसबाट पूर्णबहादुर नै उम्मेदवार हुने थिए । केन्द्रीय सभापतिमा गगन थापा आएपछि पूर्णबहादुरका भाई विष्णुबहादुर उम्मेदवार भएका छन् ।

‘हिजो कांग्रेसले जहाँनिया राणा शासनविरुद्धमा आन्दोलन गर्यो । राजाको छोरा राजा हुने व्यवस्था भएन भनेर राजतन्त्र फालियो । तर, नेताहरूमा भुरे टाउके राजा हुने रहर बाँकी छ । सकुन्जेल दाजु, नभएपछि भाइ, भाइपछि पनि परिवारकै अर्को होला । जनताले खोजेको यस्तै व्यवस्था हो त ?’ कांग्रेसप्रति टेकबहादुरको आक्रोश छ ।

तर, टेकबहादुरको चुनाव जित्ने आधार भने विगतमा सँगै रहेका कांग्रेसकै समर्थकहरू हुन् ।
विद्याथीकालमा उनी सुर्खेतकै जीवन ज्योती विद्यालयको इकाइ अध्यक्ष भए । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति भएर काम गरे ।

२०५५ पछाडि कांग्रेस पार्टीको गाउँ इकाइ समिति सभापति हुँदै राजनीतिमा अगाडि बढे । कांग्रेसको १३ औं महाधिवेशनबाट जिल्ला उपसभापति भए । १४ औं महाधिवेशनदेखि भने पार्टीमा जिम्मेवारीविहिन जस्तै थिए । उनी भन्छन्, ‘१४ औं महाधिवेशनमा केही जिम्मेवारी पाइएन । त्यसपछि कांग्रेसमा ठोस जिम्मेवारीमा थिइनँ ।’

टेकबहादुर आफ्नै आगुवाइ विभिन्न तीन वटा सामुदायिक विद्यालय स्थापना गरेका छन् । बीपी कोइरालाको नाममा पनि विद्यालय स्थापना भएको छ । जीवन ज्योती उच्च माविको विद्यालय व्यवस्थपान समितिको आफैँ अध्यक्ष छन् ।

औपचारिक अध्ययन एसएसलीसम्म गरेका टेकबहादुरले स्थानीय स्कुलमा शिक्षकको अनुपस्थिति वा दरबन्दी खाली रहेका बेला पढाउने लगायतका काम पनि गरे ।

‘म राजनीति समाज सेवा हो भनेर लागिरहेँ । तर, पार्टीका ठूला नेताहरूको ध्यान कता कता हुने रहेछ’ उनी भन्छन्, ‘उहाँहरुजस्तै बेइमानी लुकाउन लागिरहने होइन आफैँ अगाडि बढेर भ्रष्टाचारविरुद्ध आवाज उठाउने र किसानको मुद्दा स्थापित गर्ने अभियानमा छु । यसकै लागि नयाँ पार्टीमा पुगेको थिएँ । पार्टीले सांसद बन भनेको छ, जनताले पत्याउने आधार पनि छन् ।’

चुनाव जितेपछि स्थानीय स्तरमा किसानले भोगिरहेको समस्यालाई राष्ट्रिय स्तरमा उठाउने र त्यसअनुकुलको नीति बनाउने उनको लक्ष्य छ ।

‘किसानका कुरा धेरै छन् । किसानले सर्वुलभ सेवा सुविधा लिन पाउनुपर्यो । सिंचाइ सुविधा र मल बिउ समयमा उपलब्ध हुनुपर्‍यो, ‘उनी थप्छन्, ‘फलफूुलको पकेट क्षेत्र बनाउन योजना अघि सारेको छु । धेरै जग्गा जमिन खाली छन् । चिया बगान बनाउन सकिन्छ । उत्पादित उपजको बजार सुनिश्चित गर्नुपर्छ ।’

अनुकूलता
स्थानीय स्तरमै रहेर सामाजिक काम र राजनीति गर्दै आएको ।
किसानको समस्याको पहिचान गरेका नेता ।

प्रतिकूलता
पहिलो पटक चुनाव लड्दै ।
राजनीतिक पहुँचको कमी

व्यक्तिगत विवरण
नामः टेकबहादुर सिंह
जन्मः २०२८ साल जेठ ११ गते
स्थायी ठेगानाः सुर्खेतको सिम्ता गाउँपालिका रोटीडेरा
शिक्षाः एसएसली
कांग्रेस पार्टीको गाउँ इकाइ समिति सभापति
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति
कांग्रेसको १३ औं महाधिवेशनबाट जिल्ला उपसभापति
यसपटकको चुनावमा टेकबहादुर आफैँ उम्मेदवार छन् ।
२६ मंसिर २०८२ मा रास्वपा प्रवेश
६ माघ २०८२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

टेक बहादुर सिंह ठकुरी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित