Home Candidate तिलबहादुर महत क्षेत्री

जित–हारको अनुभवसहित पुनः संसद्‌ यात्रामा महत

नवलपुर - २ उम्मेदवार

तिलबहादुर महत क्षेत्री

नेकपा एमाले
पुरुष , ६१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नदी तटबन्धन, मध्यवर्ती क्षेत्रका समस्या र पर्यटन विकासलाई जोड्दै समृद्ध नवलपुर बनाउने योजनाका साथ आफू तेस्रो पटक चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।

०००

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं नवलपुर जिल्ला इन्चार्ज तिलबहादुर महत क्षेत्री क्षेत्र नम्बर-२ का उम्मेदवार हुन् । २०२४ जेठ १२ गते गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर-२ मा जन्मिएका महत कावासोती नगरपालिका-३ का बासिन्दा हुन् ।

२०४२ सालमा बसाइ सरेर नवलपुरको कावासोती झरेका महतले कुमारवर्ती बहुमुखी क्यापस, कावासोतीबाट स्नातकसम्म अध्ययन गरेका छन् ।

अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी अनेरास्ववियु नवलपरासीको दुई पटक अध्यक्ष र केन्द्रीय कमिटी सदस्य भए । उनी दुई पटकसम्म जिल्ला कमिटी अध्यक्ष समेत भए ।

२०७० सालदेखि भने उनको केन्द्रीय तहको राजनीति सुरु भएको हो । २०७१ सालमा काठमाडौंमा भएको ९औं महाधिवेशनबाट उनी लुम्बिनी अञ्चल भूगोल तर्फबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भए ।

२०७४ सालमा नेकपा एमाले र नेकपा माओवाली केन्द्र बीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि उनी केन्द्रीय कमिटी सदस्य नै बने । चितवनमा भएको १०औं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय कमिटी सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज भए । ११औं महाधिवेशनबाट उनी पुनः केन्द्रीय कमिटी सदस्यका साथै नवलपुर जिल्ला इन्चार्ज भए ।

महत प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेस्रो पटक उम्मेदवार बनेका हुन् । २०७४ सालमा उनले नेपाली कांग्रेसका विष्णुकुमार कार्कीलाई पराजित गरे । ३९ हजार ५३ मत ल्याएर विजयी हुँदा महतका निकटतम प्रतिद्वन्दी कांग्रेसका कार्कीले ३७ हजार ७ सय २० मत ल्याएका थिए ।

त्यस्तै २०७९ सालमा भएको निर्वाचनमा उनी कार्कीसँग पराजित भए । कार्कीले ३६ हजार १ सय ३२ मत ल्याएर विजयी हुँदा उनले ३४ हजार १ सय १० मत ल्याएर दोस्रो भए ।

आफूले सुरु गरेका अधुरा कामहरू पूरा गर्न उम्मेदवारी दिएको उनी बताउँछन् । नदी तटबन्धन, मध्यवर्ती क्षेत्रका समस्या र पर्यटन विकासलाई जोड्दै समृद्ध नवलपुर बनाउने योजनाका साथ आफू तेस्रो पटक चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।

अनुकूलता

  • संगठनात्मक अनुभव र केन्द्रीय नेतृत्व
  • निर्वाचन जित–हार दुवैको अनुभव
  • विकासकेन्द्रित स्पष्ट एजेन्डा

प्रतिकूलता

  • अघिल्लो निर्वाचनको पराजयको प्रभाव
  • कांग्रेससँग कडा प्रतिस्पर्धा
  • तीस्रो पटकको अपेक्षा दबाब

 

 

 

 

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

तिलबहादुर महत क्षेत्री को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित