पार्टी राजनीतिका अनुभवी बराल संसद् छिर्ने अवसर खोज्दै
सिन्धुलीमा कांग्रेसको पुराना तथा प्रभावशाली नेताका रूपमा चिनिने बरालले पार्टी भित्र नीति परिवर्तन तथा संगठन सुदृढीकरणको पक्षमा निरन्तर सक्रिय हुने प्रतिबद्धता मतदातासामु गरेका छन् ।
०००
नेपाली कांग्रेसको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ मा उज्वलप्रसाद बरालले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
नेपाल विद्यार्थी संघबाट कांग्रेस राजनीतिमा होमिएका बरालले सिन्धुलीमा पार्टीलाई सांगठनिक रूपमा मजबुत बनाउन भूमिका खेलेका छन् ।
२०२३ पुस २५ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका-६, छेत्पामा जन्मिएका बरालले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । बरालले आफ्नो राजनीतिक यात्रा २०४० को दशकबाट सुरु गरेका थिए ।
२०४३ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) सिन्धुली जिल्लाको अध्यक्ष बनेपछि उनले नेपाली कांग्रेसको विभिन्न तहमा निरन्तर जिम्मेवारी सम्हाले ।
२०४५ सालमा जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा स्ववियु सचिव (कार्यवाहक अध्यक्ष) भएका उनी २०५० मा नेपाली कांग्रेस सिन्धुलीको सहसचिव बने । २०५३ मा आइपुग्दा सचिव र पटकपटक जिल्ला सचिव तथा सभापति बने ।
बरालले २०७२ सालमा नेपाली कांग्रेस सिन्धुली जिल्ला सभापति भएर पार्टी संगठनलाई सुदृढ बनाएका थिए ।
बरालले सिन्धुली क्षेत्र नम्बर २ (पहिले) र हाल क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । उनी संविधानसभा सदस्यको समेत उम्मेदवार थिए । २०५६, २०६४ को चुनावमा भाग लिए पनि जित हासिल गर्न सकेनन् ।
२०७० मा शान्ति समिति संयोजक र २०७८ मा महासमिति सदस्य बनेका बराल २०८२ को दोस्रो विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भए ।
सिन्धुलीमा कांग्रेसको पुरानो तथा प्रभावशाली नेताका रूपमा चिनिने बरालले पार्टी भित्र नीति परिवर्तन तथा संगठन सुदृढीकरणको पक्षमा निरन्तर सक्रिय हुने प्रतिबद्धता मतदातासामु गरेका छन् ।
अनुकूलता
- दीर्घ राजनीतिक अनुभव र संगठनात्मक पकड
- स्थानीय स्तरमा लामो सक्रियता
- नीति परिवर्तन र संगठन सुदृढीकरणप्रति स्पष्ट प्रतिबद्धता
प्रतिकूलता
- अघिल्ला चुनावी पराजयको इतिहास
- संसदीय अनुभवको अभाव
- युवा मतदातालाई आकर्षित गर्ने चुनौती
उज्ज्वल प्रसाद बराल को उम्मेदवारि कस्तो लागयो ?


