दामोदर पौडेल वैरागी नेकपा एमाले, कास्की - ३ पुरुष , ५६ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

गत पुुसमा भएको नेकपा (एमाले)को दशौं जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित दामोदर पौडेल बैरागीले प्रतिनिधिसभाको टिकट ल्याउँछन् भन्ने कमैले सोचेका थिए । तर, उनी स्वाभाविक आकांक्षीहरूलाई समेत चकित बनाउँदै कास्की–३ बाट सांसदको उम्मेदवार बनेका छन् ।

कतिपयले कास्कीमा ‘अभागी एमाले’ भन्ने गरेका बैरागी २०३६ सालको विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट राजनीतिमा लागेका हुन् । २०२३ सालमा कास्कीको सल्यान गाउँमा जन्मिएका उनी २०३७ मा प्रगतिशील माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य र २०३८ मा अध्यक्ष चुनिएका थिए ।

२०३९ वैशाखबाट तत्कालीन नेकपा (माले)को सदस्यता पाएका बैरागी २०५३ वैशाखमा नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य र मजदुर फाँटको इलाका इन्चार्ज भएका थिए । त्यसपछि पार्टी स्कुल विभाग सदस्य, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख, संगठन विभाग प्रमुखहुँदै २०७० सालमा उनी पार्टी सचिव बने ।

सक्रिय राजनीतिमा लागेको चार दशकपछि पहिलो पटक संसदको टिकट पाएका बैरागी २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्यमै पराजित भएका थिए । उनी जिल्ला समन्वय समितिमा जाने योजना अनुरुप वडामा उठेका थिए ।

हालसम्म बैरागीले पाएको पद भनेको भूूमि समस्या समाधान आयोगको कास्की जिल्ला अध्यक्ष हो, त्यो पनि जम्मा ५ महिनाको लागि ।

लामो समय राजनीतिमा लागेर जनसेवा गरे पनि अवसर नपाएका नेताले यसपटक सांसदको टिकट पाएको र सहानुभूतिकै हिसाबले पनि बैरागीले जित्ने कास्की एमालेका एक नेता बताउँछन् ।

चुनावी अंकगणित

२०७४ को प्रतिनिधिसभा चुनावमा कास्की–३ मा एमालेकै जगत विश्वकर्मा ३२ हजार ६९० मतका साथ विजयी बनेका थिए । नेपाली कांग्रेसका शुक्रराज शर्मा निकटतम प्रतिद्वन्द्वी बनेका थिए । उनले २४ हजार ३०४ भोट पाएका थिए ।

त्यसबेला जगत विश्वकर्मा एमाले–नेकपा (माओवादी केन्द्र) गठबन्धनका उम्मेदवार थिए । यसपटक चुुनावी समीकरण बदलिएको छ । एमाले टुुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा आवद्ध छ । पाँचदलीय सत्ता गठबन्धनबाट माओवादी केन्द्रका रामजीप्रसाद बराल कास्की–३ को चुनावी मैदानमा छन् ।

कास्की–३ मा अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकासहित पोखरा महानगरपालिकाका १, २, ३, ५, ६, १८, १९, २३, २४, २५ र २६ वडा पर्छन् ।

गत वैशाखको स्थानीय चुुनावमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा एमाले थोरै अगाडि छ । एमालेले २९ हजार ८०५, नेपाली कांग्रेसले २८ हजार ८४६, माओवादी केन्द्रले २ हजार ४०० र एकीकृत समाजवादीले ५०१ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारले २ हजार ३३२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ६५ प्राप्त गरेका छन् ।

चुनावी अंकगणित हेर्दा सत्ता गठबन्धन झण्डै २ हजार मतले अगाडि देखिन्छ । यस हिसाबले हेर्दा कास्की–३ मा एमालेको विजय कायम राख्दै पहिलो पटक संसद पुग्न बैरागीले बढी नै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

Full Read

कास्की - ३ का उम्मेदवारहरु

२०७९ २०७४
दामोदर पौडेल वैरागी
कास्की, कास्की - ३
बर्ष: ५६, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी २२९८०
रामजी प्रसाद बराल जीवन
कास्की, कास्की - ३
बर्ष: ५६, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
१७५३५
योग राज पौडेल
कास्की, कास्की - ३
बर्ष: ४१, पुरुष
गठबन्धन:
१२१८०
जगत प्रसाद सुवेदी
कास्की, कास्की - ३
बर्ष: ६७, पुरुष
गठबन्धन:
२४४२
हितकाजी गुरुङ्ग
कास्की, कास्की - ३
बर्ष: ५८, पुरुष
गठबन्धन:
५३५
बल राम सिबन्जार
कास्की, कास्की - ३
बर्ष: ४५, पुरुष
गठबन्धन:
१९
विवेक कुमार पौडयल
कास्की, कास्की - ३
बर्ष: ३३, पुरुष
गठबन्धन:
४५१
गंगा कुमारी खपाङगी तामाङ
कास्की, कास्की - ३
बर्ष: ३७, महिला
गठबन्धन:
३६६
दुर्गा प्रसाद कोइराला
कास्की, कास्की - ३
बर्ष: ६१, पुरुष
गठबन्धन:
२१०
पशुपती नाथ तिमिल्सिना
कास्की, कास्की - ३
बर्ष: ८४, पुरुष
गठबन्धन:
१६
कमल जङ्ग कुँवर
कास्की, कास्की - ३
बर्ष: ५०, पुरुष
गठबन्धन:
८६५
ढक बहादुर कार्की
कास्की, कास्की - ३
बर्ष: ५२, पुरुष
गठबन्धन:
२४
अनिता भुर्त्याल
कास्की, कास्की - ३
बर्ष: ३६, महिला
गठबन्धन:
२३८
यादव प्रसाद तिमिल्सेना
कास्की, कास्की - ३
बर्ष: ३८, पुरुष
गठबन्धन:
१०
टंक प्रसाद अधिकारी
कास्की, कास्की - ३
बर्ष: ५०, पुरुष
गठबन्धन:
१८०
बर्ष: ४३ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३२६९० मत
शुक्रराज शर्मा
कास्की , कास्की - ३
बर्ष: ७० , पुरुष
गठबन्धन:
मिलन अधिकारी
कास्की , कास्की - ३
बर्ष: २५ , पुरुष
गठबन्धन:
नारायण प्रसाद भण्डारी
कास्की , कास्की - ३
बर्ष: ३९ , पुरुष
गठबन्धन:
डिल बहादुर नेपाली
कास्की , कास्की - ३
बर्ष: ४३ , पुरुष
गठबन्धन:
दुर्गा दत्त तिमिल्सिना
कास्की , कास्की - ३
बर्ष: ६२ , पुरुष
गठबन्धन:

चुनावी समाचार