पञ्चायतदेखि गणतन्त्रसम्मको अनुभव बोकेर चुनावी मैदानमा
Battleground Analysis
अनुकूलता
- लामो राजनीतिक अनुभव र चुनावी सफलता
- संगठनात्मक र कार्यकारी नेतृत्व क्षमता
- स्थायी छवि र क्षेत्रीय पकड
प्रतिकूलता
- उमेर र राजनीतिक लामो यात्रा
- कडा प्रतिस्पर्धा
- उच्च अपेक्षा र परिणामको दबाब
राजनीतिक स्वभाव र शैली
पञ्चायतका 'जनपक्षीय' नेता
पञ्चायती व्यवस्थाको कठिन समयमा पनि 'जनपक्षीय' उम्मेदवार बनेर जिल्ला पञ्चायत सभापति जित्नुले उनको जनआधार र रणनीतिक कौशल पुष्टि गर्छ।
विकास र नतिजामुखी:
विकास निर्माणका योजनामा बढी केन्द्रित हुने नेताको छवि । बागमती प्रदेशको मुख्यमन्त्री हुँदा प्रशासनिक सुधार र विकासमा खेलेको भूमिकाले उनलाई 'काम गर्ने नेता' को छवि दिएको छ।
अथक योद्धा
२०३१ सालको विद्यार्थी आन्दोलनदेखि जेल, नेल र भूमिगत जीवन बिताउँदै गणतन्त्रसम्म आइपुग्दा उनी कहिल्यै विचलित नभई राजनीतिमा सक्रिय छन् । यद्यपि, उनको पुस्तान्तरणमा रुचि नभएको नेताको छवि पनि बनेको छ ।
संयोजक र संगठक
माले विभाजन गरेर एकीकृत समाजवादी बनाउन होस् वा अहिलेको नयाँ ध्रुवीकरण (नेपाली कम्युनिष्ट पार्टी) निर्माणमा, उनी सधैं निर्णायक भूमिकामा देखिन्छन्।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०४८ | धादिङ-३ |
|
||||
| २०५१ | धादिङ-३ |
|
||||
| २०५६ | धादिङ-३ |
|
||||
| २०६४ | धादिङ-३ | शालिकराम जम्कट्टेल | २५०७५ | १४५८० | १०४५८ | पराजित |
| २०७० | धादिङ-३ | शालिकराम जमरकट्टेल | १५६९८ | २२१९६ | ६४९८ |
|
| २०७४ | धादिङ १ (क) | प्रदेशसभा | २७३३२ |
|
||
| २०७९ | धादिङ-१ | भूमिप्रसाद त्रिपाठी | २७९९७ | ३६०१८ | ८०२१ |
|
राजनीतिक टाइमलाइन
राजनीतिक यात्रा श्रीगणेश
विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश।
भूमिगत राजनीति, जेल जीवन
पञ्चायत विरोधी गतिविधिमा संलग्न, जेल र भूमिगत जीवन।
जनपक्षीय सभापति
पञ्चायतकालमै धादिङ जिल्ला पञ्चायत सभापति निर्वाचित (जनपक्षीय उम्मेदवारका रूपमा देशकै एक्लो उदाहरण)।
प्रत्यक्षमा ह्याट्रिक
लगातार तीन पटक धादिङ–३ (साविक) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित।
राजकाजको अनुभव
अन्तरिम सरकारका स्थानीय विकास मन्त्री (१० महिना)।
संविधानसभामा जय-पराजय
२०६४: पहिलो संविधानसभा निर्वाचनमा पराजित (एकमात्र संसदीय हार)। २०७०: दोस्रो संविधानसभामा विजयसहित पुनरागमन।
मुख्यमन्त्री
२०७४: प्रदेश सभा सदस्य निर्वाचित (धादिङ १ 'क' बाट)। २०७८ (कात्तिक) - २०७९ (पुस): बागमती प्रदेशको मुख्यमन्त्री।
नेकपा गठन
२०७९ (मंसिर): प्रतिनिधिसभा सदस्य निर्वाचित (एकीकृत समाजवादी/गठबन्धन)। २०८१: नेकपाका वरिष्ठ नेता
राजेन्द्रप्रसाद पाण्डेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?






