पञ्चायतदेखि गणतन्त्रसम्मको अनुभव बोकेर चुनावी मैदानमा
पञ्चायतदेखि गणतन्त्रसम्मको यात्रामा उनले देखाएको नेतृत्व क्षमताले उनलाई साँच्चै नै संसदीय राजनीतिका चतुर खेलाडीको रूपमा लिइन्छ ।
०००
पञ्चायती व्यवस्थादेखि संघीय गणतन्त्रसम्मको राजनीतिक यात्रालाई नजिकबाट मात्र नभई नेतृत्वदायी रूपमा अगाडि बढाएका नेता हुन् राजेन्द्रप्रसाद पाण्डे । हाल नेपाली कम्युनिस्ट पार्टीमा वरिष्ठ नेता रहेका पाण्डे २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट सातौं पटक उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।
धादिङको गजुरी गाउँपालिका–२, छेवाङमा जन्मिएका पाण्डेले ग्रामीण विकासमा स्नातकोत्तर (एमए) अध्ययन पूरा गरेका छन् । उनी बौद्धिक, विचारशील र अनुभवले खारिएका नेताका रूपमा परिचित छन् ।
पाण्डेको राजनीतिक यात्रा २०३१ सालको विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । पञ्चायत विरोधी आन्दोलनका क्रममा उनले जेल जीवन, भूमिगत संघर्ष र राजनीतिक दमनको सामना गरे । यही संघर्षले उनलाई जनआधार भएको नेताको रूपमा स्थापित गर्यो ।
२०४४ सालमा सम्पन्न जिल्ला पञ्चायत निर्वाचनमा पाण्डे धादिङ जिल्ला पञ्चायतको सभापतिमा निर्वाचित भए । सो निर्वाचनमा उनी देशभर ‘जनपक्षीय’ उम्मेदवारका रूपमा निर्वाचित हुने एकमात्र सभापति बनेका थिए । यो विजयलाई पञ्चायती व्यवस्थाभित्रै लोकतान्त्रिक चेतनाको बलियो संकेतका रूपमा लिइन्छ ।
पाण्डेको चुनावी इतिहास नेपाली राजनीतिमा विरलै देखिने खालको छ । उनी धादिङको साविक क्षेत्र नम्बर ३ (हालको क्षेत्र नम्बर १) बाट पटक–पटक निर्वाचित हुँदै आएका छन् ।
२०४८, २०५१ र २०५६ मा संसदीय निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पाण्डे २०६४ सालको पहिलो संविधान सभामा पराजित भएका थिए भने २०७० सालको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा भने विजयी भएका थिए ।
देश संघीय संरचनामा गएपछि २०७४ सालमा भएको पहिलो आम निर्वाचनमा धादिङ–१ को प्रदेश सभा १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका पाण्डे २०७९ सालको निर्वाचनमा फेरि क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए ।
२०७९ सालको निर्वाचनमा पाण्डे तत्कालीन नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार रही नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थन लिएर विजयी भएका थिए । उनले ३६ हजार १८ मत प्राप्त गरी एमालेका उम्मेद्वार भूमिप्रसाद त्रिपाठीलाई ८ हजार २१ मतको अन्तरले पराजित गर्दै विजयी भएका थिए ।
पाण्डेसँग संघीय र प्रदेश दुवै तहमा कार्यकारी जिम्मेवारी सम्हालिसकेको अनुभव छ । २०६२/६३ सालको आन्दोलनबाट संसद् पुनर्स्थापना भएपछि १० महिना केन्द्रीय सरकारको स्थानीय विकासमन्त्री भएका पाण्डे २०७८ साल कात्तिकदेखि २०७९ साल पुससम्म बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीका रूपमा उनले प्रदेश सरकार सञ्चालन, नीति निर्माण, विकास योजना र प्रशासनिक सुधारमा महत्त्वपूर्ण भूमिका खेले ।
तत्कालीन नेकपा एमालेमा अञ्चल सचिव र पोलिटब्युरो सदस्यको जिम्मेवारी सम्हालेका पाण्डे एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी निर्माणमा निर्णायक भूमिका खेलेका थिए । हाल उनी नेपाली कम्युनिस्ट पार्टीको वरिष्ठ नेता छन् ।
पाण्डेले यसपालीको निर्वाचनमा “अनुभव, विकास र सुशासन” लाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । छ दशक लामो राजनीतिक अनुभव, पटक–पटकको चुनावी सफलता र सरकार सञ्चालनको दक्षताका कारण उनलाई धादिङ–१ मा बलियो र अनुभवी प्रतिस्पर्धी का रूपमा हेरिएको छ । पञ्चायतदेखि गणतन्त्रसम्मको यात्रामा उनले देखाएको नेतृत्व क्षमताले उनलाई साँच्चै नै संसदीय राजनीतिका चतुर खेलाडीको रूपमा लिइन्छ ।
Battleground Analysis
अनुकूलता
- लामो राजनीतिक अनुभव र चुनावी सफलता
- संगठनात्मक र कार्यकारी नेतृत्व क्षमता
- स्थायी छवि र क्षेत्रीय पकड
प्रतिकूलता
- उमेर र राजनीतिक लामो यात्रा
- कडा प्रतिस्पर्धा
- उच्च अपेक्षा र परिणामको दबाब
राजनीतिक स्वभाव र शैली
पञ्चायतका 'जनपक्षीय' नेता
पञ्चायती व्यवस्थाको कठिन समयमा पनि 'जनपक्षीय' उम्मेदवार बनेर जिल्ला पञ्चायत सभापति जित्नुले उनको जनआधार र रणनीतिक कौशल पुष्टि गर्छ।
विकास र नतिजामुखी:
विकास निर्माणका योजनामा बढी केन्द्रित हुने नेताको छवि । बागमती प्रदेशको मुख्यमन्त्री हुँदा प्रशासनिक सुधार र विकासमा खेलेको भूमिकाले उनलाई 'काम गर्ने नेता' को छवि दिएको छ।
अथक योद्धा
२०३१ सालको विद्यार्थी आन्दोलनदेखि जेल, नेल र भूमिगत जीवन बिताउँदै गणतन्त्रसम्म आइपुग्दा उनी कहिल्यै विचलित नभई राजनीतिमा सक्रिय छन् । यद्यपि, उनको पुस्तान्तरणमा रुचि नभएको नेताको छवि पनि बनेको छ ।
संयोजक र संगठक
माले विभाजन गरेर एकीकृत समाजवादी बनाउन होस् वा अहिलेको नयाँ ध्रुवीकरण (नेपाली कम्युनिष्ट पार्टी) निर्माणमा, उनी सधैं निर्णायक भूमिकामा देखिन्छन्।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०४८ सालसाल | धादिङ-३ |
|
||||
| २०५१ | धादिङ-३ |
|
||||
| २०५६ साल | धादिङ-३ |
|
||||
| २०६४ | धादिङ-३ | शालिकराम जम्कट्टेल | २५०७५ | १४५८० | १०४५८ | पराजित |
| २०७० साल | धादिङ-३ | शालिकराम जमरकट्टेल | १५६९८ | २२१९६ | ६४९८ |
|
| २०७४ साल | धादिङ १ (क) | प्रदेशसभा | २७३३२ |
|
||
| २०७९ साल | धादिङ-१ | भूमिप्रसाद त्रिपाठी | २७९९७ | ३६०१८ | ८०२१ |
|
राजनीतिक टाइमलाइन
राजनीतिक यात्रा श्रीगणेश
विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश।
भूमिगत राजनीति, जेल जीवन
पञ्चायत विरोधी गतिविधिमा संलग्न, जेल र भूमिगत जीवन।
जनपक्षीय सभापति
पञ्चायतकालमै धादिङ जिल्ला पञ्चायत सभापति निर्वाचित (जनपक्षीय उम्मेदवारका रूपमा देशकै एक्लो उदाहरण)।
प्रत्यक्षमा ह्याट्रिक
लगातार तीन पटक धादिङ–३ (साविक) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित।
राजकाजको अनुभव
अन्तरिम सरकारका स्थानीय विकास मन्त्री (१० महिना)।
संविधानसभामा जय-पराजय
२०६४: पहिलो संविधानसभा निर्वाचनमा पराजित (एकमात्र संसदीय हार)। २०७०: दोस्रो संविधानसभामा विजयसहित पुनरागमन।
मुख्यमन्त्री
२०७४: प्रदेश सभा सदस्य निर्वाचित (धादिङ १ 'क' बाट)। २०७८ (कात्तिक) - २०७९ (पुस): बागमती प्रदेशको मुख्यमन्त्री।
नेकपा गठन
२०७९ (मंसिर): प्रतिनिधिसभा सदस्य निर्वाचित (एकीकृत समाजवादी/गठबन्धन)। २०८१: नेकपाका वरिष्ठ नेता
राजेन्द्र प्रसाद पाण्डेको उम्मेदवारि कस्तो लागयो ?
