राजनीतिक, प्रशासनिक तथा वैदेशिक मामिला
शासन, सुशासन र परराष्ट्र नीति
१.
शासकीय स्वरूप र संविधान संशोधन
समस्याको पहिचान (Diagnosis)
- पहुँच र शक्तिका आधारमा समाजमा विशेषाधिकार (Privilege) को संस्कृति मौलाएको ।
- समावेशिता र सामाजिक न्यायको मुद्दा अझै पनि पूर्ण रूपमा सम्बोधन हुन नसकेको ।
समाधानका उपाय (Prescription)
- राष्ट्रिय संवाद: राजनीतिक दल र सरोकारवालाहरूसँगको 'राष्ट्रिय संवाद' (National Dialogue) मार्फत संविधान संशोधनको प्रक्रिया अघि बढाउने ।
- विधिको शासन: पहुँचका आधारमा हुने विशेषाधिकार अन्त्य गरी सबैलाई कानुनको समान नजरमा राख्ने ।
२.
सुशासन, सार्वजनिक प्रशासन र भ्रष्टाचार नियन्त्रण
समस्याको पहिचान (Diagnosis)
- सरकारी सेवा लिन नागरिकले अनावश्यक झन्झट र ढिलासुस्ती खेप्नुपर्ने बाध्यता रहेको ।
- राज्यका संस्थाहरूमा चरम दलीयकरण (Institutional Partisanship) भएको ।
- भ्रष्टाचार र अवैध सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले सुशासनमा चुनौती थपेको ।
समाधानका उपाय (Prescription)
- डिजिटल सेवा: सरकारी सेवा प्रवाहलाई पूर्ण रूपमा 'डिजिटलाइज' गर्ने ताकि नागरिकले घरबाटै सेवा पाउन सकून् ।
- - संस्थागत सुधार: राज्यका निकायहरूबाट दलीयकरण र पक्षपात अन्त्य गर्ने ।
- - भ्रष्टाचार नियन्त्रण: अवैध सम्पत्ति आर्जनमा कडा अंकुश लगाउने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने ।
- - राजनीतिक वित्तीय सुधार: लोकप्रिय मत (Popular Vote) का आधारमा राज्यले नै दलहरूलाई वित्तीय सहयोग गर्ने गरी कानुनी प्रबन्ध मिलाउने ।
३.
विदेश/परराष्ट्र नीति र कूटनीति
समस्याको पहिचान (Diagnosis)
- - बदलिँदो वैश्विक परिवेशमा राष्ट्रिय हितको रक्षा र सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने चुनौती रहेको ।
समाधानका उपाय (Prescription)
- सन्तुलित कूटनीति: समान र पारस्परिक सम्मानमा आधारित सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने ।
- - अन्तर्राष्ट्रिय गरिमा: विश्व मञ्चमा नेपालको स्वाभिमान र राष्ट्रिय गरिमालाई थप उँचो बनाउने ।
आर्थिक तथा पूर्वाधार विकास
अर्थतन्त्र, पूर्वाधार, उद्योग, कृषि, ऊर्जा र पर्यटन
१.
आर्थिक नीति, वृद्धिदर र राष्ट्रिय लक्ष्य
समस्याको पहिचान (Diagnosis)
- विगतको राजनैतिक अस्थिरता र द्वन्द्वका कारण अपेक्षित आर्थिक विकास हुन नसकेको ।
- प्रतिव्यक्ति आयको वृद्धि सुस्त रहेको ।
- मुद्रास्फीति र महँगीको मारमा आम नागरिक रहेको ।
समाधानका उपाय (Prescription)
- आर्थिक पुनरुत्थान: आगामी ५ वर्षलाई 'आर्थिक पुनरुत्थानको अर्धदशक' घोषणा गरी अर्थतन्त्रलाई ११५ खर्ब पुर्याउने ।
- आय र लगानी: प्रतिव्यक्ति आय २५०० डलर पुर्याउने र निजी क्षेत्रको लगानी ८० प्रतिशत कायम गर्ने ।
- कर राहत: वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने व्यवस्था गर्ने ।
२.
पूर्वाधार विकास (यातायात, सहरीकरण र निर्माण)
समस्याको पहिचान (Diagnosis)
- पर्याप्त अध्ययन नभएका, आवश्यकता नभएका टुक्रे आयोजनाहरू बजेटमा।
- आयोजनाहरू समयमै सम्पन्न नहुने, लागत बढ्ने र समन्वयको अभाव हुने गरेको ।
- सडकहरू असुरक्षित रहेको र सामान्य वर्षामा पनि आवागमन अवरुद्ध हुने अवस्था रहेको ।
- सहरी क्षेत्रमा वायु प्रदूषण र फोहोर व्यवस्थापनको गम्भीर समस्या रहेको ।
समाधानका उपाय (Prescription)
- आयोजना बैंक: राष्ट्रिय आयोजना बैंकमार्फत प्राथमिकताका आधारमा मात्र आयोजना छनोट गर्ने र २ वर्षभित्र अलपत्र आयोजना सम्पन्न गर्ने ।
- सडक सञ्जाल: पूर्व-पश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने र काठमाडौं-तराई द्रुतमार्ग समयमै सक्ने ।
- सहरी विकास: 'Livable Cities' को अवधारणामा सहरको विकास गर्ने र फोहोरलाई ऊर्जामा बदल्ने ।
३.
उद्योगधन्दा, व्यापार र लगानी
समस्याको पहिचान (Diagnosis)
- नीतिगत अस्पष्टता, कानुनी झन्झट र संस्थागत जटिलताका कारण लगानीको वातावरण कमजोर रहेको ।
- 'पहिले थुन्ने अनि सुन्ने' परम्पराले व्यावसायिक क्षेत्र आतंकित रहेको ।
- अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो रहेको ।
समाधानका उपाय (Prescription)
- नीतिगत स्थिरता: सरकार फेरिँदा नीति नफेरिने गरी 'न्यूनतम साझा आर्थिक एजेन्डा' (Economic Charter) बनाउने ।
- लगानी बोर्ड: लगानी बोर्ड र उद्योग विभागलाई गाभेर शक्तिशाली 'लगानी प्रवर्द्धन एवं संरक्षण बोर्ड' बनाउने ।
- सहुलियत ऋण: युवा र महिला उद्यमीका लागि परियोजना धितोमा ५ देखि ५० लाखसम्मको कर्जा दिने ।
४.
कृषि, पशुपालन र भू-उपयोग
समस्याको पहिचान (Diagnosis)
- कृषि उत्पादनको संरचना परम्परागत र निर्वाहमुखी रहेको ।
- मल, बीउ र सिँचाइको सधैं हाहाकार हुने गरेको ।
- भूमिखण्डीकरण र बाँझो जमिनको समस्या बढ्दो रहेको ।
समाधानका उपाय (Prescription)
- मल र सिँचाइ: मल खरिदको क्यालेन्डर बनाएर आपूर्ति सुनिश्चित गर्ने र सिँचाइमा ५० प्रतिशत विद्युत् महसुल छुट दिने ।
- भूमि बैंक: बाँझो जमिन उपयोगका लागि 'भूमि बैंक' स्थापना गर्ने ।
- मूल्य ग्यारेन्टी: प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकी १५ दिनभित्रै भुक्तानी हुने सुनिश्चित गर्ने ।
५.
ऊर्जा (जलविद्युत उत्पादन, खपत र निर्यात)
समस्याको पहिचान (Diagnosis)
- प्रतिव्यक्ति विद्युत् खपत अझै पनि न्यून रहेको ।
- ठूला आयोजनाहरूको निर्माणमा ढिलाइ र लगानीको समस्या रहेको ।
समाधानका उपाय (Prescription)
- उत्पादन लक्ष्य: ५ वर्षमा जडित क्षमता १४,००० मेगावाट र प्रतिव्यक्ति खपत ७५० युनिट पुर्याउने ।
- ठूला आयोजना: बूढीगण्डकी र दूधकोशी जस्ता हनलाzoo'St आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने ।
६.
पर्यटन प्रवर्द्धन
समस्याको पहिचान (Diagnosis)
- हवाइ सुरक्षाको प्रश्नले नेपाल कालोसूचीमा रहेको ।
- पर्यटन पूर्वाधारको व्यवस्थापन कमजोर रहेको र हवाई भाडा महँगो भएको ।
समाधानका उपाय (Prescription)
- पर्यटक लक्ष्य: आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्ने ।
- हवाइ सुधार: नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायमा टुक्र्याएर हवाई सुरक्षा सुधार्ने ।
- ब्रान्डिङ: नेपाललाई 'आध्यात्मिक राजधानी' र साहसिक पर्यटनको हबका रूपमा विश्व बजारमा ब्रान्डिङ गर्ने ।
सामाजिक क्षेत्र
शिक्षा, स्वास्थ्य, रोजगार र न्याय
१.
शिक्षा प्रणाली, प्राविधिक शिक्षा र अनुसन्धान
समस्याको पहिचान (Diagnosis)
- शिक्षा प्रणाली र श्रम बजारबीच तालमेल नहुँदा शिक्षित बेरोजगारको सङ्ख्या बढ्दै गएको।
- विद्यालय छाड्ने दर (Drop-out rate) अझै पनि एउटा चुनौतीका रूपमा रहेको।
समाधानका उपाय (Prescription)
- सिकाइसँगै कमाइ: विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षा लागू गरी 'सिकाइसँगै कमाइ' (Learn and Earn) मोडेल अघि बढाउने।
- अनुसन्धान कोष: कुल बजेटको निश्चित हिस्सा अनुसन्धान र विकास (R&D) मा खर्च गर्ने।
२.
जनस्वास्थ्य सेवा र स्वास्थ्य बीमा
समस्याको पहिचान (Diagnosis)
- आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच अझै पनि सर्वसुलभ हुन नसकेको।
- स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता र सेवाको गुणस्तरमा प्रश्नहरू उठिरहेका।
समाधानका उपाय (Prescription)
- बीमा सुदृढीकरण: स्वास्थ्य बीमालाई ७ लाख रुपैयाँसम्म पुर्याउने र स्वास्थ्य सेवालाई पूर्णतः प्रविधिमैत्री बनाउने।
- आधारभूत स्वास्थ्य: प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र र औषधि आपूर्ति सुनिश्चित गर्ने।
३.
रोजगारी सिर्जना र श्रम/वैदेशिक रोजगार नीति
समस्याको पहिचान (Diagnosis)
- स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवा जनशक्ति बाहिरिन बाध्य भएको।
- वैदेशिक रोजगारीमा जानेहरू ठगी, शोषण र असुरक्षाको जोखिममा रहेका।
समाधानका उपाय (Prescription)
- युवा उद्यमशीलता: ५ वर्षमा १० लाख नयाँ रोजगारी सिर्जना गर्ने र युवाहरूलाई विना धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने।
- सुरक्षित वैदेशिक रोजगार: वैदेशिक रोजगारीमा जानेहरूका लागि 'श्रम सम्झौता' अनिवार्य गर्ने र फर्केकाहरूलाई पुनःएकीकरण कार्यक्रम ल्याउने।
४.
सामाजिक सुरक्षा र कल्याण
समस्याको पहिचान (Diagnosis)
- सामाजिक सुरक्षा कार्यक्रमहरू छरिएका र दोहोरोपन भएका कारण लक्षित वर्गले पूर्ण लाभ पाउन नसकेको।
समाधानका उपाय (Prescription)
- एकीकृत प्रणाली: सबै सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत 'लाइफ-साइकल' आधारित प्रणालीमा लैजाने।
५.
सामाजिक न्याय, समावेशिता र सङ्क्रमणकालीन न्याय
समस्याको पहिचान (Diagnosis)
- जात, धर्म, लिङ्ग र भूगोलका आधारमा हुने विभेदहरू समाजमा अझै विद्यमान रहेका।
- द्वन्द्वपीडितहरूले लामो समयदेखि न्याय र परिपूरणको प्रतीक्षा गरिरहेका।
समाधानका उपाय (Prescription)
- न्याय निरुपण: सङ्क्रमणकालीन न्यायका बाँकी कामहरू पीडितमैत्री हुने गरी राष्ट्रिय सहमतिमा टुङ्ग्याउने।
- विभेद अन्त्य: जातीय तथा सामाजिक विभेद गर्नेलाई कडा कानुनी सजाय र सामाजिक सचेतना अभियान चलाउने।
६.
खेलकूद विकास र खेलाडी प्रोत्साहन
समस्याको पहिचान (Diagnosis)
- खेलकुद पूर्वाधारको अभाव र खेलाडीहरूको वृत्तिविकासका लागि राज्यको लगानी न्यून रहेको।
समाधानका उपाय (Prescription)
- पूर्वाधार विकास: प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने र खेलाडीहरूका लागि स्वास्थ्य र जीवन बीमा सुनिश्चित गर्ने।
७.
कला, संस्कृति र सम्पदा संरक्षण
समस्याको पहिचान (Diagnosis)
- ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धनमा आधुनिक प्रविधिको प्रयोग र ब्रान्डिङ कमी रहेको।
समाधानका उपाय (Prescription)
- सम्पदा प्रवर्द्धन: नेपाललाई 'सांस्कृतिक पर्यटनको हब' बनाउन ऐतिहासिक सम्पदाहरूको डिजिटल ब्रान्डिङ गर्ने र मौलिक कलाको संरक्षण गर्ने।
प्रविधि, नवप्रवर्तन तथा वातावरण
डिजिटल रूपान्तरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहन
१.
सञ्चार, सूचना प्रविधि र डिजिटल रूपान्तरण
समस्याको पहिचान (Diagnosis)
- नेपालको डिजिटल पूर्वाधार कमजोर रहेको र सूचना प्रविधि क्षेत्रले अपेक्षित रोजगारी सिर्जना गर्न नसकेको ।
- साइबर सुरक्षा र डेटा गोपनियताका क्षेत्रमा कानुनी र प्राविधिक चुनौतीहरू रहेका ।
समाधानका उपाय (Prescription)
- डिजिटल नेपाल: 'डिजिटल नेपाल फ्रेमवर्क' लाई पूर्ण रूपमा कार्यान्वयन गरी सबै सरकारी सेवालाई कागजविहीन बनाउने ।
- आईटी हब र स्टार्टअप: युवाहरूलाई लक्षित गरी सातै प्रदेशमा आईटी पार्क र स्टार्टअप इन्क्युबेसन सेन्टर स्थापना गर्ने ।
- साइबर सुरक्षा: राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरी नागरिकको डेटा सुरक्षित गर्ने ।
२.
जलवायु परिवर्तन र वातावरण संरक्षण
समस्याको पहिचान (Diagnosis)
- जलवायु परिवर्तनका कारण कृषि, जलस्रोत र जैविक विविधतामा गम्भीर असर परेको ।
- विपद् व्यवस्थापनका संयन्त्रहरू अझै पनि 'प्रतिक्रियामुखी' बढी र 'पूर्वतयारी' मा कम केन्द्रित रहेका ।
- डढेलो, बाढी र पहिरोका कारण बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको ।
समाधानका उपाय (Prescription)
- जलवायु न्याय: अन्तर्राष्ट्रिय मञ्चहरूमा 'जलवायु न्याय' को मुद्दा उठाउने र कार्बन व्यापारबाट लाभ लिने नीति लिने ।
- विपद् पूर्वतयारी: स्याटेलाइट र अत्याधुनिक प्रविधिमार्फत विपद्को पूर्वसूचना दिने प्रणाली (Early Warning System) देशभर विस्तार गर्ने ।
- हरित अर्थतन्त्र: नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै 'हरित विकास' को मोडल अवलम्बन गर्ने ।




