Home Party नेपाली कांग्रेस
नेपाली कांग्रेस
नेपाली कांग्रेसको घोषणा पत्र
घोषणा पत्र

नेपाली कांग्रेसको घोषणा पत्र

प्रतिनिधिसभा २०८२
Download PDF
Political Economic Social Technology

राजनीतिक, प्रशासनिक तथा वैदेशिक मामिला

शासन, सुशासन र परराष्ट्र नीति

१.

शासकीय स्वरूप र संविधान संशोधन

समस्याको पहिचान (Diagnosis)

  • पहुँच र शक्तिका आधारमा समाजमा विशेषाधिकारको संस्कृति मौलाएको।
  • समावेशिता र सामाजिक न्यायको मुद्दा अझै पनि पूर्ण रूपमा सम्बोधन हुन नसकेको।

समाधानका उपाय (Prescription)

  • राष्ट्रिय संवाद: राजनीतिक दल र सरोकारवालाहरूसँगको 'राष्ट्रिय संवाद' मार्फत संविधान संशोधनको प्रक्रिया अघि बढाउने।
  • विधिको शासन: पहुँचका आधारमा हुने विशेषाधिकार अन्त्य गरी सबैलाई कानुनको समान नजरमा राख्ने।
२.

सुशासन, सार्वजनिक प्रशासन र भ्रष्टाचार नियन्त्रण

समस्याको पहिचान (Diagnosis)

  • सरकारी सेवा लिन नागरिकले अनावश्यक झन्झट र ढिलासुस्ती खेप्नुपर्ने बाध्यता रहेको।
  • राज्यका संस्थाहरूमा चरम दलीयकरण (Institutional Partisanship) भएको।
  • भ्रष्टाचार र अवैध सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले सुशासनमा चुनौती थपेको।

समाधानका उपाय (Prescription)

  • डिजिटल सेवा: सरकारी सेवा प्रवाहलाई पूर्ण रूपमा 'डिजिटलाइज' गर्ने ताकि नागरिकले घरबाटै सेवा पाउन सकून्।
  • संस्थागत सुधार: राज्यका निकायहरूबाट दलीयकरण र पक्षपात अन्त्य गर्ने।
  • भ्रष्टाचार नियन्त्रण: अवैध सम्पत्ति आर्जनमा कडा अंकुश लगाउने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने।
  • राजनीतिक वित्तीय सुधार: लोकप्रिय मत (Popular Vote) का आधारमा राज्यले नै दलहरूलाई वित्तीय सहयोग गर्ने गरी कानुनी प्रबन्ध मिलाउने।
३.

३. विदेश/परराष्ट्र नीति र कूटनीति

समस्याको पहिचान (Diagnosis)

  • बदलिँदो वैश्विक परिवेशमा राष्ट्रिय हितको रक्षा र सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने चुनौती रहेको।

समाधानका उपाय (Prescription)

  • सन्तुलित कूटनीति: समान र पारस्परिक सम्मानमा आधारित सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने।
  • अन्तर्राष्ट्रिय गरिमा: विश्व मञ्चमा नेपालको स्वाभिमान र राष्ट्रिय गरिमालाई थप उँचो बनाउने।

आर्थिक तथा पूर्वाधार विकास

अर्थतन्त्र, पूर्वाधार, उद्योग, कृषि, ऊर्जा र पर्यटन

१.

आर्थिक नीति, वृद्धिदर र राष्ट्रिय लक्ष्य

समस्याको पहिचान (Diagnosis)

  • विगतको राजनैतिक अस्थिरता र द्वन्द्वका कारण अपेक्षित आर्थिक विकास हुन नसकेको ।
  • प्रतिव्यक्ति आयको वृद्धि सुस्त रहेको ।
  • मुद्रास्फीति र महँगीको मारमा आम नागरिक रहेको ।

समाधानका उपाय (Prescription)

  • आर्थिक पुनरुत्थान: आगामी ५ वर्षलाई 'आर्थिक पुनरुत्थानको अर्धदशक' घोषणा गरी अर्थतन्त्रलाई ११५ खर्ब पुर्‍याउने ।
  • आय र लगानी: प्रतिव्यक्ति आय २५०० डलर पुर्‍याउने र निजी क्षेत्रको लगानी ८० प्रतिशत कायम गर्ने ।
  • कर राहत: वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने व्यवस्था गर्ने ।
२.

पूर्वाधार विकास (यातायात, सहरीकरण र निर्माण)

समस्याको पहिचान (Diagnosis)

  • पर्याप्त अध्ययन नभएका र आवश्यकता नभएका टुक्रे आयोजनाहरू बजेटमा समावेश हुने गरेको ।
  • आयोजनाहरू समयमै सम्पन्न नहुने, लागत बढ्ने र समन्वयको अभाव हुने गरेको ।
  • सडकहरू असुरक्षित रहेको र सामान्य वर्षामा पनि आवागमन अवरुद्ध हुने अवस्था रहेको ।
  • सहरी क्षेत्रमा वायु प्रदूषण र फोहोर व्यवस्थापनको गम्भीर समस्या रहेको ।

समाधानका उपाय (Prescription)

  • आयोजना बैंक: राष्ट्रिय आयोजना बैंकमार्फत प्राथमिकताका आधारमा मात्र आयोजना छनोट गर्ने र २ वर्षभित्र अलपत्र आयोजना सम्पन्न गर्ने ।
  • सडक सञ्जाल: पूर्व-पश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने र काठमाडौं-तराई द्रुतमार्ग समयमै सक्ने ।
  • सहरी विकास: 'Livable Cities' को अवधारणामा सहरको विकास गर्ने र फोहोरलाई ऊर्जामा बदल्ने ।
३.

उद्योगधन्दा, व्यापार र लगानी

समस्याको पहिचान (Diagnosis)

  • नीतिगत अस्पष्टता, कानुनी झन्झट र संस्थागत जटिलताका कारण लगानीको वातावरण कमजोर रहेको ।
  • 'पहिले थुन्ने अनि सुन्ने' परम्पराले व्यावसायिक क्षेत्र आतंकित रहेको ।
  • अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो रहेको ।

समाधानका उपाय (Prescription)

  • नीतिगत स्थिरता: सरकार फेरिँदा नीति नफेरिने गरी 'न्यूनतम साझा आर्थिक एजेन्डा' (Economic Charter) बनाउने ।
  • लगानी बोर्ड: लगानी बोर्ड र उद्योग विभागलाई गाभेर शक्तिशाली 'लगानी प्रवर्द्धन एवं संरक्षण बोर्ड' बनाउने ।
  • सहुलियत ऋण: युवा र महिला उद्यमीका लागि परियोजना धितोमा ५ देखि ५० लाखसम्मको कर्जा दिने ।
४.

कृषि, पशुपालन र भू-उपयोग

समस्याको पहिचान (Diagnosis)

  • कृषि उत्पादनको संरचना परम्परागत र निर्वाहमुखी रहेको ।
  • मल, बीउ र सिँचाइको सधैं हाहाकार हुने गरेको ।
  • भूमिखण्डीकरण र बाँझो जमिनको समस्या बढ्दो रहेको ।

समाधानका उपाय (Prescription)

  • मल र सिँचाइ: मल खरिदको क्यालेन्डर बनाएर आपूर्ति सुनिश्चित गर्ने र सिँचाइमा ५० प्रतिशत विद्युत् महसुल छुट दिने ।
  • भूमि बैंक: बाँझो जमिन उपयोगका लागि 'भूमि बैंक' स्थापना गर्ने ।
  • मूल्य ग्यारेन्टी: प्रमुख कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकी १५ दिनभित्रै भुक्तानी हुने सुनिश्चित गर्ने ।
५.

ऊर्जा (जलविद्युत उत्पादन, खपत र निर्यात)

समस्याको पहिचान (Diagnosis)

  • प्रतिव्यक्ति विद्युत् खपत अझै पनि न्यून रहेको ।
  • ठूला आयोजनाहरूको निर्माणमा ढिलाइ र लगानीको समस्या रहेको ।

समाधानका उपाय (Prescription)

  • उत्पादन लक्ष्य: ५ वर्षमा hl8t Ifdtf १४,००० मेगावाट र प्रतिव्यक्ति खपत ७५० युनिट पुर्‍याउने ।
  • ठूला आयोजना: बूढीगण्डकी र दूधकोशी जस्ता हनलाzoo'St आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने ।
६.

पर्यटन प्रवर्द्धन

समस्याको पहिचान (Diagnosis)

  • हवाई सुरक्षाको प्रश्नले नेपाल कालोसूचीमा रहेको ।
  • पर्यटन पूर्वाधारको व्यवस्थापन कमजोर रहेको र हवाई भाडा महँगो भएको ।

समाधानका उपाय (Prescription)

  • पर्यटक लक्ष्य: आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्ने ।
  • हवाई सुधार: नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायमा टुक्र्याएर हवाई सुरक्षा सुधार्ने ।
  • ब्रान्डिङ: नेपाललाई 'आध्यात्मिक राजधानी' र साहसिक पर्यटनको हबका रूपमा विश्व बजारमा ब्रान्डिङ गर्ने ।

सामाजिक क्षेत्र (शिक्षा, स्वास्थ्य, रोजगार र न्याय)

शिक्षा, स्वास्थ्य, रोजगार र न्याय

१.

शिक्षा प्रणाली, प्राविधिक शिक्षा र अनुसन्धान

समस्याको पहिचान (Diagnosis)

  • शिक्षा प्रणाली र श्रम बजारबीच तालमेल नहुँदा शिक्षित बेरोजगारको सङ्ख्या बढ्दै गएको।
  • विद्यालय छाड्ने दर (Drop-out rate) अझै पनि एउटा चुनौतीका रूपमा रहेको।

समाधानका उपाय (Prescription)

  • सिकाइसँगै कमाइ: विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षा लागू गरी 'सिकाइसँगै कमाइ' (Learn and Earn) मोडेल अघि बढाउने।
२.

जनस्वास्थ्य सेवा र स्वास्थ्य बीमा

समस्याको पहिचान (Diagnosis)

  • आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच अझै पनि सर्वसुलभ हुन नसकेको।
  • स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता र सेवाको गुणस्तरमा प्रश्नहरू उठिरहेका।

समाधानका उपाय (Prescription)

  • बीमा सुदृढीकरण: स्वास्थ्य बीमालाई ७ लाख रुपैयाँसम्म पुर्‍याउने र स्वास्थ्य सेवालाई पूर्णतः प्रविधिमैत्री बनाउने।
  • आधारभूत स्वास्थ्य: प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र र औषधि आपूर्ति सुनिश्चित गर्ने।
३.

रोजगारी सिर्जना र श्रम/वैदेशिक रोजगार नीति

समस्याको पहिचान (Diagnosis)

  • स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवा जनशक्ति बाहिरिन बाध्य भएको।
  • वैदेशिक रोजगारीमा जानेहरू ठगी, शोषण र असुरक्षाको जोखिममा रहेका।

समाधानका उपाय (Prescription)

  • युवा उद्यमशीलता: ५ वर्षमा १० लाख नयाँ रोजगारी सिर्जना गर्ने र युवाहरूलाई विना धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने।
  • सुरक्षित वैदेशिक रोजगार: वैदेशिक रोजगारीमा जानेहरूका लागि 'श्रम सम्झौता' अनिवार्य गर्ने र फर्केकाहरूलाई पुनःएकीकरण कार्यक्रम ल्याउने।
४.

सामाजिक सुरक्षा र कल्याण

समस्याको पहिचान (Diagnosis)

  • सामाजिक सुरक्षा कार्यक्रमहरू छरिएका र दोहोरोपन भएका कारण लक्षित वर्गले पूर्ण लाभ पाउन नसकेको।

समाधानका उपाय (Prescription)

  • एकीकृत प्रणाली: सबै सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत 'लाइफ-साइकल' आधारित प्रणालीमा लैजाने।
५.

सामाजिक न्याय, समावेशिता र सङ्क्रमणकालीन न्याय

समस्याको पहिचान (Diagnosis)

  • जात, धर्म, लिङ्ग र भूगोलका आधारमा हुने विभेदहरू समाजमा अझै विद्यमान रहेका।
  • द्वन्द्वपीडितहरूले लामो समयदेखि न्याय र परिपूरणको प्रतीक्षा गरिरहेका।

समाधानका उपाय (Prescription)

  • न्याय निरुपण: सङ्क्रमणकालीन न्यायका बाँकी कामहरू पीडितमैत्री हुने गरी राष्ट्रिय सहमतिमा टुङ्ग्याउने।
  • विभेद अन्त्य: जातीय तथा सामाजिक विभेद गर्नेलाई कडा कानुनी सजाय र सामाजिक सचेतना अभियान चलाउने।
६.

खेलकूद विकास र खेलाडी प्रोत्साहन

समस्याको पहिचान (Diagnosis)

  • खेलकुद पूर्वाधारको अभाव र खेलाडीहरूको वृत्तिविकासका लागि राज्यको लगानी न्यून रहेको।

समाधानका उपाय (Prescription)

  • पूर्वाधार विकास: प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने र खेलाडीहरूका लागि स्वास्थ्य र जीवन बीमा सुनिश्चित गर्ने।
७.

कला, संस्कृति र सम्पदा संरक्षण

समस्याको पहिचान (Diagnosis)

  • ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धनमा आधुनिक प्रविधिको प्रयोग र ब्रान्डिङ कमी रहेको।

समाधानका उपाय (Prescription)

  • सम्पदा प्रवर्द्धन: नेपाललाई 'सांस्कृतिक पर्यटनको हब' बनाउन ऐतिहासिक सम्पदाहरूको डिजिटल ब्रान्डिङ गर्ने र मौलिक कलाको संरक्षण गर्ने।

प्रविधि, नवप्रवर्तन तथा वातावरण

प्रविधि, नवप्रवर्तन तथा वातावरण

१.

सञ्चार, सूचना प्रविधि र डिजिटल रूपान्तरण

समस्याको पहिचान (Diagnosis)

  • नेपालको डिजिटल पूर्वाधार कमजोर रहेको र सूचना प्रविधि क्षेत्रले अपेक्षित रोजगारी सिर्जना गर्न नसकेको ।
  • साइबर सुरक्षा र डेटा गोपनियताका क्षेत्रमा कानुनी र प्राविधिक चुनौतीहरू रहेका ।

समाधानका उपाय (Prescription)

  • डिजिटल नेपाल: 'डिजिटल नेपाल फ्रेमवर्क' लाई पूर्ण रूपमा कार्यान्वयन गरी सबै सरकारी सेवालाई कागजविहीन बनाउने ।
  • आईटी हब र स्टार्टअप: युवाहरूलाई लक्षित गरी सातै प्रदेशमा आईटी पार्क र स्टार्टअप इन्क्युबेसन सेन्टर स्थापना गर्ने ।
  • साइबर सुरक्षा: राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरी नागरिकको डेटा सुरक्षित गर्ने ।
२.

जलवायु परिवर्तन र वातावरण संरक्षण

समस्याको पहिचान (Diagnosis)

  • जलवायु परिवर्तनका कारण कृषि, जलस्रोत र जैविक विविधतामा गम्भीर असर परेको ।
  • विपद् व्यवस्थापनका संयन्त्रहरू अझै पनि 'प्रतिक्रियामुखी' बढी र 'पूर्वतयारी' मा कम केन्द्रित रहेका ।
  • डढेलो, बाढी र पहिरोका कारण बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको ।

समाधानका उपाय (Prescription)

  • जलवायु न्याय: अन्तर्राष्ट्रिय मञ्चहरूमा 'जलवायु न्याय' को मुद्दा उठाउने र कार्बन व्यापारबाट लाभ लिने नीति लिने ।
  • विपद् पूर्वतयारी: स्याटेलाइट र अत्याधुनिक प्रविधिमार्फत विपद्को पूर्वसूचना दिने प्रणाली देशभर विस्तार गर्ने ।
  • हरित अर्थतन्त्र: नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै 'हरित विकास' को मोडल अवलम्बन गर्ने ।
३.

चुरे र प्राकृतिक स्रोतको दोहन

समस्याको पहिचान (Diagnosis)

  • चुरे क्षेत्रको अनियन्त्रित दोहनले तराई-मधेसको मरुभूमीकरण र डुबानको जोखिम बढाएको ।

समाधानका उपाय (Prescription)

  • चुरे संरक्षण: चुरे क्षेत्रलाई 'विशेष संरक्षित क्षेत्र' घोषणा गरी ढुङ्गा, गिट्टी र बालुवाको अवैध निकासी पूर्णतः बन्द गर्ने ।