एनपी साउद नेपाली कांग्रेस, कञ्चनपुर - २ पुरुष , ६० बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

पञ्चायती शासन व्यवस्था उत्कर्षतिर पुग्दै गर्दा एनपी साउद कञ्चनपुरको महेन्द्रनगर माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्थे । त्यही समयमा उनले नेपाली कांग्रेसको नेविसंघमा लागेर विद्यार्थी आन्दोलनको नेतृत्व गरे । त्यसरी सानै उमेरमा विद्यार्थी नेता बनेका साउद प्रहरी प्रशासनको निशाना बन्ने नै भए । कञ्चनपुरमा दैनिकजसो पञ्चायती शासनविरुद्ध नाराजुलूस हुन्थ्यो । उनी लुक्दै, छलिंदै आन्दोलनमा लागिरहे । त्यसक्रममा पटक–पटक पक्राउ परे, छुटे ।

यो २०३५–३६ सालको प्रसंग हो । पञ्चायतले २०३० सालमै क्याम्पस र विद्यालयमा स्ववियुलाई प्रतिबन्धित गरेको थियो । कुनै पनि किसिमको राजनीतिक गतिविधिमा संलग्न नहुन विद्यार्थीलाई आदेश थियो । त्यस विरुद्ध आन्दोलन गर्दा गर्दै २०३६ सालमा साउद महेन्द्रनगर माविको नेविसंघ इकाइ सचिव भए ।

सिद्धनाथ विज्ञान क्याम्पसमा आईएस्सी पढ्दै गर्दा साउद स्ववियू सचिव चुनिए । उच्च शिक्षाका लागि काठमाडौं आएपछि उनी कृष्णप्रसाद भट्टराईको नजरमा परे अनि २०४१ सालमा नेविसंघको केन्द्रीय सदस्य चुनिए । सुदूरपश्चिमका शेरबहादुर देउवा राष्ट्रिय राजनीतिमा स्थापित भइनसकेको समय थियो, त्यो ।

त्यसपछि प्रजातन्त्र पुनर्स्थापनाका लागि सत्याग्रहको समय आयो । त्यसपछि २०४६ साल आयो । यसबीचमा साउद पटक–पटक पक्राउ परे अनि अनेक उपाय लगाएर छुटे ।  प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ असोजमा भएको महाधिवेशनबाट साउद नेविसंघको अध्यक्ष चुनिए । त्यसबेला उनी २६ वर्षका थिए । नेविसंघमा कार्यकाल सकिएपछि उनी पार्टी राजनीतिमा लागे ।

साउदले पार्टीको केन्द्रीय सदस्य बन्न चाहिं २०५९ सम्म कुर्नु प¥यो । शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित हुँदा उनले त्यो अवसर पाए । २०६४ मा कांग्रेस एकीकृत हुँदा पनि उनी केन्द्रीय सदस्य कायम रहे । त्यसपछि १२औं, १३औं र १४औं महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा विजयी बने ।

साउदले संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवसर भने २०५१ देखि नै पाएका थिए । २०५१, २०५६, २०६४, २०७० र २०७४ मा कञ्चनपुरबाट चुनाव लडेर २०५६ र २०७० मा दुई पटक जिते । २०७९ को आम चुनावमा कञ्चनपुर–२ बाट उठेका साउदको हिसाबमा यसपटक जित्ने पालो छ ।

उनी दुईपटक गरी तीन वर्ष मन्त्री बने– २०५६ मा शिक्षा राज्यमन्त्री र २०७० मा सिंचाइ मन्त्री । कर्णाली र सुदूरपश्चिममा देउवालाई मजबूत बनाउने भूमिका खेलेका उनले पार्टीभित्र आफूलाई पनि बलियो बनाएका छन् ।

चुनावी अंकगणित

गत स्थानीय तह निर्वाचनमा कञ्चनपुर–२ मा वडाध्यक्षहरूले दलगत रूपमा पाएको मतमा नेपाली कांग्रेस अगाडि छ । उक्त निर्वाचनमा कांग्रेसले २७ हजार ३७६, नेकपा (एमाले)ले २६ हजार २५, नेकपा (माओवादी केन्द्र)ले २२ हजार ७५७ र नेकपा (एकीकृत समाजवादी)ले ४ हजार ३३६ मत पाए । स्वतन्त्र उम्मेदवारहरूले पाएको मत संख्या ४ हजार ५२१ छ ।

२०७४ को संसदीय निर्वाचनमा एनपी साउद एमालेका नरबहादुर धामीबाट पराजित भएका थिए । यसपटक पनि प्रतिस्पर्धामा यिनै दुई नेता छन् । फरक के छ भने, अघिल्लो पटक धामी वाम गठबन्धनका उम्मेदवार थिए । यो निर्वाचनमा साउदलाई सत्ता गठबन्धनको साथ छ ।

साउदसँग स्थानीय चुनावमा सत्ता गठबन्धनले पाएको ५४ हजार ६५६ मतको आधार पनि छ । एमालेका धामीको त्यो जगमा २६ हजार २५ मत मात्र छ । यो गणितले साउदलाई अनुकूल अवस्थामा रहेको देखाउँछ । गठबन्धनको भोट जोगाउने चुनौती भने उनलाई छँदैछ ।

 

Full Read

कञ्चनपुर - २ का उम्मेदवारहरु

२०७९ २०७४
एनपी साउद
कञ्चनपुर, कञ्चनपुर - २
बर्ष: ६०, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २८१३६
नर बहादुर धामी
कञ्चनपुर, कञ्चनपुर - २
बर्ष: ४३, पुरुष
गठबन्धन: एमाले गठबन्धन
२१६८२
झंकर राज जोशी
कञ्चनपुर, कञ्चनपुर - २
बर्ष: ४०, पुरुष
गठबन्धन:
४९३७
अशोक बहादुर सिह
कञ्चनपुर, कञ्चनपुर - २
बर्ष: ३७, पुरुष
गठबन्धन:
३५१५
प्रेम सिह बडाल
कञ्चनपुर, कञ्चनपुर - २
बर्ष: ६०, पुरुष
गठबन्धन:
८७
लोक राज भट्ट
कञ्चनपुर, कञ्चनपुर - २
बर्ष: ३६, पुरुष
गठबन्धन:
२५४
सिता राम राना
कञ्चनपुर, कञ्चनपुर - २
बर्ष: ५७, पुरुष
गठबन्धन:
१८१
बीर वहादुर बोहरा
कञ्चनपुर, कञ्चनपुर - २
बर्ष: ५३, पुरुष
गठबन्धन:
४२३
जगदिश अवस्थि
कञ्चनपुर, कञ्चनपुर - २
बर्ष: ३७, पुरुष
गठबन्धन:
५९८
विद्या देव जोशी
कञ्चनपुर, कञ्चनपुर - २
बर्ष: ४८, पुरुष
गठबन्धन:
१०३
नर बहादुर धामी
कञ्चनपुर , कञ्चनपुर - २
बर्ष: ३८ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३३२२० मत
नारायण प्रकाश साउद
कञ्चनपुर , कञ्चनपुर - २
बर्ष: ५५ , पुरुष
गठबन्धन:
सुशील प्रसाद बडू
कञ्चनपुर , कञ्चनपुर - २
बर्ष: ३३ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >