Home Candidate अजय कुमार गुप्‍ता

ह्याट्रिक हारबाट जोगिन संघर्षरत

रौतहट - १ उम्मेदवार

अजय कुमार गुप्‍ता

नेकपा एमाले
पुरुष , ५१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

दुई पटक माधव नेपालसँग पराजित भइसकेका नेकपा एमालेका उम्मेदवार गुप्ता तेस्रो प्रयासमा जित निकाल्ने दाउमा छन् ।

०००

नेकपा एमालेले आफ्ना पुराना नेता माधवकुमार नेपाल उठेको निर्वाचन क्षेत्र रौतहट-१ मा युवा नेता अजयकुमार गुप्तालाई मैदान उतारेको छ । ६ साउन २०३१ सालमा गौर नगरपालिका दोस्तियामा जन्मिएका गुप्ता र नेपालबीचको यो दोस्रो प्रतिस्पर्धा हो ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा समेत यी दुई नेताबीच प्रतिस्पर्धा भएको थियो । यस पटक एमालले गुप्ताको नाम एकल रूपमा सिफारिस गरिएको थियो ।

स्थानीय रूपमा सक्रिय उनी अनुभवी, संगठन निर्माण सक्रिय र जनसम्पर्क स्थापित गर्न सफल मानिन्छन् । सोही कारण उनले यस पटक नेकपाका सहसंयोजक र काङ्ग्रेसका अनिलकुमार झासहितका प्रतिस्पर्धीलाई कडा टक्कर दिन सक्छन् ।

गुप्ता नेकपा एमालेको ११औं महाधिवेशनबाट मधेशी खुला (पुरुष)तर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

गुप्ता पटकपटक पार्टी परिवर्तन गर्दै स्थानीय राजनीतिमा सक्रिय देखिन्छन् । २०७४ सालमा गौर नगरपालिकाको मेयर जित्दा उनी लोकतान्त्रिक समाजवादी पार्टीमा सामेल थिए ।

गुप्ताले २०५४ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका थिए । उनले तत्कालीन नेपाल सदभावना पार्टीको भ्रातृ संगठनबाट राजनीतिमा पाइला टेकेका थिए । उनले राष्ट्रिय जनता पार्टीको महासचिवको जिम्मेवारीमा समेत रहेर काम गरेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट-१ मा उनले २६ हजार ९२२ मत पाएका थिए । उनलाई हराएका नेपालले ३३ हजार ५०० मत ल्याएका थिए ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत गुप्ता नेपालसँगै पराजित भएका भएका थिए ।

गुप्ता २०७९ सालको चुनाव अगाडि नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यसअघि उनी लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय थिए ।

अघिल्लो निर्वाचनमा भोगेको पराजयबाट पाठ सिक्दै यस पटक बलियो जनमत बनाएको एमालले सो क्षेत्रमा बलियो दावेदारी पेस गर्ने स्थानीय नेताहरूले बताएका छन् । 

 

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • रौतहटमा संगठन निर्माण र जनसम्पर्कका अनुभवी
  • एमालेको बलियो संरचना 
  • पछिल्लो चुनावको अनुभव र मताधार

प्रतिकूलता

  • बलिया प्रतिस्पर्धी
  • बारम्बार पार्टी परिवर्तन गरेको छवि
  • मत विभाजनको सम्भावना
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

अजय कुमार गुप्‍ता को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित