Home Candidate अनिल कुमार रुगंटा
पर्सा - १ उम्मेदवार

अनिल कुमार रुगंटा

नेपाली कांग्रेस
पुरुष , ५७ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

पर्सा–१

२५ वर्षे औद्योगिक अनुभवसहित राजनीतिमा

अनिलकुमार रुंगटा

 उम्मेदवार, कांग्रेस

स्टील तथा फलाम उद्योगमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका रुंगटा वाणिज्यमा स्नातक हुन्। वीरगन्जका स्थानीय बासिन्दा उनी प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्।\

 

000

अनिलकुमार रुंगटा स्टील, फलाम तथा सिमेन्ट उद्योगमा लामो समयदेखि संलग्न एक अनुभवी उद्योगपति हुन् । उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्, जुन उद्योग मुख्यतः स्टिल र पाइप उत्पादनमा सक्रिय छ । साथै, उनी सम्राट सिमेन्ट कम्पनीका अध्यक्ष समेत हुन्।

स्टील तथा फलाम उद्योगमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका रुंगटा वाणिज्यमा स्नातक हुन्। वीरगन्जका स्थानीय बासिन्दा उनी प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्।

यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनले पर्सा–१ बाटै नेपाली कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरेका थिए। सो निर्वाचनमा संघीय समाजवादीका प्रदीप यादवसँग ४ हजार ६५१ मतको अन्तरले पराजित भएका थिए। उक्त चुनावमा प्रदीप यादवले २१ हजार १३२ मत ल्याउँदा रुंगटाले १६ हजार ४८१ मत प्राप्त गरेका थिए।

रुंगटा सन् २००५ देखि जगदम्बा इन्टरप्राइजेज प्रालिमा निर्देशकको रूपमा कार्यरत छन्। उनी मुख्यतः बिक्री तथा मार्केटिङ, कच्चा पदार्थको खरिद तथा उद्योग सञ्चालन सम्बन्धी कार्यमा निपुण मानिन्छन्। उनको व्यवस्थापकीय अनुभवकै कारण जगदम्बा इन्टरप्राइजेजले स्टील क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन्छ।

सामाजिक क्षेत्रमा पनि उनी सक्रिय छन्। हाल उनी रोटरी क्लबका सदस्य हुन्। वीरगन्ज चेम्बर अफ कमर्सका पूर्व सदस्य रहिसकेका उनी सीएनआईका सदस्य पनि हुन्। साथै, एमएस वायर नेट उत्पादन तथा आपूर्ति गर्ने जगदम्बा मेटल क्राफ्ट्सका मालिक समेत उनी नै हुन्।

व्यवसायिक रूपमा उनको परिवार विशाल हार्डवेयर, विशाल सप्लायर्स र स्टील वुड इन्टरप्राइजेजसँग आबद्ध छ। स्टील वुड नेपालभर आइरन र स्टील आपूर्तिमा संलग्न रहेको छ।

स्टील उत्पादन तथा देशव्यापी आपूर्तिमा उनको सक्रियताले मुलुकको निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान पुग्दै आएको छ। प्रतिनिधि सभामा निर्वाचित भएमा निर्माण क्षेत्रको प्रवर्द्धनसँगै आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिने रुंगटाको भनाइ छ।

अनुकूलता

  • व्यावसायीको रूपमा चिनिएका व्यक्तित्व
  • उद्योग व्यवस्थापनमा दक्षता
  • स्थानीय र राष्ट्रिय नेटवर्क

प्रतिकूलता

  • राजनीतिमा अपेक्षाकृत सीमित अनुभव
  • बलियो प्रतिस्पर्धा र विगतमा हराउने नै यसपटक पनि प्रतिस्पर्धी
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

अनिल कुमार रुगंटा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित