Home Candidate अशोककुमार अग्रवाल

उद्योग–व्यापारबाट संसदीय राजनीतिमा

पर्सा - २ उम्मेदवार

अशोककुमार अग्रवाल

जनता समाजवादी पार्टी, नेपाल
पुरुष , ६० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेपाल उद्योग बाणिज्य महासंघमा लामो समय योगदान गरेका अशोक कुमार अग्रवाल (टेमानी) यसपटक पर्सा क्षेत्र–२ बाट जनता समाजवादी पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छन्। ६० वर्षिय अग्रवाल वीरगन्ज महानगरपालिका लोहारपटीका स्थानीय हुन्।

टेमानी भारतको बिहार विश्वविद्यालयबाट बी.कम. उत्तीर्ण छन्। साथै, उनले हार्वर्ड केनेडी स्कुल र एओटीएस जापानबाट कार्यकारी कर्पोरेट म्यानेजमेन्ट कोर्स पूरा गरेका छन्।

३० वर्षभन्दा लामो समयदेखि व्यापार, उद्योग संगठन, कृषि र सीमा–व्यवस्थापनमा सक्रिय रहेकाले उनी अन्तर्राष्ट्रिय शिक्षा र व्यावहारिक अनुभव दुवैको फाइदा बोकेका छन्।

पूर्व कराते खेलाडी र खेलकुद नेतृत्वमा समेत अनुभव भएका अग्रवालले वीरगन्ज उद्योग बाणिज्य संघ, मधेश प्रदेश उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघमा नेतृत्व गरेका छन्। नेपाल–भारत व्यापार र पारवहनको क्षेत्रमा पनि उनी विशेष रूपमा सक्रिय छन्।

पर्सा–२ मा विगतको निर्वाचनमा जसपाको बलियो उपस्थिति रहेको थियो। २०७९ मा जसपाका सुरेन्द्रप्रसाद कुर्मीले २२,४४५ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका थिए, जसको आधारमा अग्रवालले यसपटक जसपा ब्रान्डको लाभ र स्थानीय प्रभाव मार्फत चुनौतीपूर्ण प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्।

 

अनुकूलता

  • व्यावसायिक र आर्थिक अनुभव
  • अन्तर्राष्ट्रिय शिक्षा र अनुभव
  • स्थानीय प्रभाव र नेटवर्क

 

प्रतिकूलता

  • प्रत्यक्ष निर्वाचनमा नयाँ खेलाडी
  • राजनीतिक र चुनावी अनुभव सीमित
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

अशोककुमार अग्रवाल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित