शिक्षक आन्दोलनबाट संसदीय यात्राका लागि दौड
नेपाल कम्युनिष्ट पार्टीले बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा भरत प्रसाद साहलाई अघि सारेको छ।
साहको जन्म वि.सं. २०१८ असार ५ गते बाराको पचरौता क्षेत्रमा भएको हो । उनी बाबु ओमनारायण साह र आमा सुजना देवीका सुपुत्र हुन् । हाल उनी बाराको कलैया उपमहानगरपालिका–५ मा स्थायी रूपमा बसोबास गर्दै आएका छन्।
स्नातक तहसम्म अध्ययन गरेका साहको राजनीतिक यात्रा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सुरु भएको थियो । एमाले निकट शिक्षक संगठनमा आबद्ध रहँदै सक्रिय राजनीति गरेका उनी २०६६ सालमा एमालेको राष्ट्रिय सल्लाहकार परिषद् सदस्य बनेका थिए। २०७८ सालमा एमाले परित्याग गरी माओवादी धारमा प्रवेश गरेका साह हाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य छन्।
२०७८ सालमा एमाले परित्याग गरेपछि २०७९ को निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए। व्यावसायिक रूपमा साहले २०५१ सालमा निमावि शिक्षकका रूपमा सेवा सुरु गरेका थिए भने २०७८ मा माध्यमिक तहको शिक्षकबाट अवकाश प्राप्त गरेका हुन्।
शिक्षक आन्दोलन र संगठनमा पनि उनको लामो योगदान छ। २०७१ देखि २०७४ सम्म नेपाल शिक्षक युनियन बाराका अध्यक्ष रहेका साह २०७१ सालमै नेपाल शिक्षक युनियनको केन्द्रीय अध्यक्षसमेत बनेका थिए।
अनुकूलता
• शिक्षा क्षेत्रमा लामो अनुभव
• संगठन नेतृत्वको पृष्ठभूमि
• राजनीतिक परिपक्वता र अनुभव
प्रतिकूलता
• बारम्बार पार्टी परिवर्तनको छवि
• संसदीय अनुभवको अभाव
• शिक्षा आन्दोलनमा बलियो पहिचान भएपनि अन्य विकास र आर्थिक एजेन्डामा स्पष्ट सन्देश विस्तार गर्नुपर्ने चुनौती
भरतप्रसाद साह को उम्मेदवारि कस्तो लागयो ?

